युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 04:20am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन
Thursday, 04.04.2019, 01:41pm (GMT+5.5)

काठमाडौं । ३० खर्बभन्दा बढी वैदेशिक लगानी भित्य्राउने महत्वाकांक्षा राखेर आयोजना गरिएको तेस्रो “अन्तर्राष्ट्रिय लगानी सम्मेलन” १७ खर्बको उधारो प्रतिबद्धताका साथ गत शनिवार समाप्त भएपछि यसको सम्भाव्य परिणामवारे सकारात्मक र नकारात्मक दुबै प्रकृतिका बहसको शृङ्खला सुरू भएको छ । लगानी सम्मेलनको अवसरमा प्रस्तुत गरिएका ७७ आयोजनामध्ये हस्ताक्षर भएका १५ आयोजनाहरू पनि अधिकांश पहिले नै अगाडि बढाइएका आयोजना रहेका र बढी अपेक्षा गरिएका आयोजनाहरूका लागि लगानी प्रतिबद्धता आउन नसकेको  पनि खुलाशा भैरहेको छ । लगानी सम्मेलनमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायतका आर्थिक समृद्ध मुलुकको प्रतिनिधित्व नरहेको र २०७३ को लगानी सम्मेलनमा १४ खर्ब लगानीको प्रतिबद्धता जाहेर गरेका तर लगानी प्रवाह भने नगरेका मुलुकहरूकै सहभागिता अधिक रहेकाले लगानी प्रतिबद्धता जाहेर भएका आयोजनाहरूलाई अगाडि बढाउन र प्रतिबद्धता नै नआएका आयोजनाहरूका लागि लगानी जुटाउन सरकारलाई ठूलो सकस पर्ने अहिले नै टिप्पणी हुनथालेको छ । जुटिसकेको स्रोत उपयोग गर्नसक्ने क्षमताको विकास नै ठूलो चुनौती बनिरहेको बेलामा केवल राजनीतिक खपतका लागि मात्र उपलब्धि नै उपलब्धिको प्रचारको कति सार्थकता छ भन्ने प्रश्न पनि उठ्न थालेको छ । तर पनि वित्तीय आवश्यकता पूरा गर्न गरिएको प्रयासलाई भने सकारात्मक रूपमा नै लिनुपर्ने पर्यवेक्षकहरूको धारणा छ । 
जानकार सूत्रहरू भन्दछन्– वैदेशिक लगानीमा भारतले बनाउने भनी सन् २०१४ मा विकास सम्झौता गरिएको ९ सय मेघावाटको अरूण तेस्रो जलविद्युत आयोजनामा नेपालका दुई बैंक एभरेष्ट र नेबिलले १२ अर्ब ७० करोड १९ लाख लगानी गर्ने सम्झौता हुनुलाई पनि सकारात्मक रूपमा लिइएको छैन । एसियाली विकास बैंकको लगानीमा निर्माण गर्न तयार भएको अरूण तेस्रो आयोजनालाई षडयन्त्रात्मक रुपले समाप्त पारेर २२ वर्षपछि भारतको सतलज कम्पनीको हातमा सुम्पिइएको सो आयोजना निर्माणका लागि नेपाली पूँजी नै लगानी गर्नुपर्ने अवस्थाको सिर्जना हुनु एकातिर ठूलो बिडम्बना हो भने अर्कातिर नेपालका बैंकहरूमा तरलताको अभाव भैरहेको अवस्थामा वैदेशिक लगानीमा बनाइने भनिएकै आयोजनामा नेपालको लगानी तानिनु असङ्गत स्थितिबोध हुनु नै हो । नेपालमा लगानी योग्य पूँजीको अभाव रहेकै कारण वैदेशिक लगानीका लागि हारगुहार गर्नुपरेको अहिलेको वास्तविकता हो । यस्तो सम्झौताले बैंकिङ् क्षेत्रमा गलत अभ्यासको सूत्रपात गराएको छ । आर्थिक विश्लेषक तथा उद्योगी व्यावशायीहरूले पनि यो प्रकरणलाई अप्रीतिकर र अरूचिकर नै ठहर गरेका छन् ।
आर्थिक विश्लेषकहरूका अनुसार– नेपालको अहिलेको वित्तीय आवश्यकता पूरा गर्न र भौतिकवस्तुमा सेवा उत्पादन अभिवृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नु आवश्यक नै छ तर हाम्रो आन्तरिक व्यवस्थापन यति कमजोर छ कि भित्रिन खोजेको वैदेशिक लगानी पनि विकर्षित हुनपुगेका उदाहरण पनि छन् । सरकारले निकट भविष्यमै एकद्वार सेवा केन्द्र खोल्ने र लगानी कर्ताले झेल्नुपर्ने झन्झट हटाउने भनेको छ तर राज्यका निकायहरूबीच समन्वयको अभावमा लगानीकर्ताहरूले अनावश्यक हैरानी झेल्नुपरेका गुनासाहरू बढिनैरहेका छन् । जुटिसकेको लगानी खर्च गर्ने क्षमता विकास नभएकै कारण अहिले पनि सरकारी ढुकुटीमा १ खर्ब ७७ अर्बभन्दा बढी रकम थन्किएर बसेको छ । एकातिर बैंकहरूमा तरलताको अभाव बढ्दो छ भने अर्कातिर सरकारी ढुकुटीको रकम बजारमा आउनसकेको छैन । एकातिर खर्च गर्न नसक्ने अर्का्तिर भएको खर्च पनि नियमित नहुने गरेको विवरण महालेखा परीक्षकको प्रतिवेदनबाटै छर्लङ्गिने गरेको छ । प्रतिबद्ता जाहेर गरेर पनि वैदेशिक लगानी भित्रिन नसक्नुका मूलभूत कारण के हुन् ? तिनको लेखाजोखा हुननसकेको र हाम्रो आन्तरिक अव्यवस्थापन, नीतिगत निरन्तरताको अभाव र प्रतिबद्धता अनुरूपको लगानी भित्य्राउन पहलकदमीको अभाव कति हो भनी सर्वप्रथम निक्र्योल गर्नुपर्ने अवस्था अहिले छ । 
वैदेशिक लगानी आकर्षणका लागि विगतमा भन्दा यतिखेर अनकूल वातावरण बनेको र आन्तरिक लगानी वृद्धि पनि सकारात्मक दिशातिर उन्मुख नै रहेको भएपनि लगानी सम्मेलनमा उद्योग मन्त्री मातृका यादनले मात्र नभै वैदेशिक लगानीमा उत्सुकता देखाएर आएका  कतिपय आमन्त्रित अतिथिहरूले समेत बस्ने ठाउँ नपाएर तडपिनुपरेको स्थितिले हाम्रो व्यवस्थापकीय क्षमताको खिल्ली उडाएको र लिखित क्षमासमेत माग्नुपरेको घटना पनि सहत चर्चामा त्यसै आइरहेको छैन । सौर्य उर्जा र जल विद्युतमा लगानी गर्ने भनी आएको फिलिपिनोले झोक्किएर पहिलो दिनको सम्मेलन नै बहिष्कार गरेर बाहिरिएको र लिखित क्षमता मागेर भोलिपल्ट सहभागी गराइएको पनि खवर सूत्रले बताएको छ । यस्ता घटनाले पनि हाम्रो क्षमता र जिम्मेवारी बहन गर्ने प्रवृत्ति कस्तो छ भन्ने देखाउँछ । हल्ला बढी काम कम हाम्रो नियमित नियति बन्ने गरेको छ । अबका दिन यस्ता नहुनm मुलुकमा लगानी मैत्री वातावरण बनोस् र विकास र समृद्धिको चाहना सकारात्मक भ्रम छर्ने बहानामात्र नबनोस् भन्ने आम चाहना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)



 
::| Latest News

 
[Page Top]