युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 03:28am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक
Wednesday, 04.10.2019, 10:56am (GMT+5.5)

काठमाडौं । गत आइतबार बारा र पर्सामा आएको हावाहुरीले क्षति पुगेको र पीडितहरुलाई राहत दिनेको घुइँचो लागेका दृश्यहरु सामाजिक सञ्जालमा छरपस्ट भए । एक पोका चाउचाउ, दुई कोसा केरा, एकदाना स्याउ दिएर फोटो खिचाउनेहरु प्रशस्तै देखिए । प्रधानमन्त्रीदेखि शीर्ष तहका नेताहरुलाई राहत दिएको, आश्वासन दिएको फोटो खिचाउने रहर जाग्यो तर पीडितको अवस्थामा भने कसैको वस्ता रहेन ।
हावाहुरी पीडित पचहत्तर वर्षीया तसलिमा खातुनका ४० वर्षीया छोरी मुस्कीमा खातुन र छोरीकी २० वर्षीया गुलाबसा खातुनको एउटै चिहान भए पनि उहाँलाई अहिलेसम्म कतैबाट भरपर्दो राहत र क्षतिपूर्ति उपलब्ध नहँुदा पीडा झन बल्झिएको छ । 
बाराको फेटा गाउँपालिका वडा नं १, ३, ६ र ७ को भलुही, पुरैनिया र भरवलीयामा सबैभन्दा बढी धनजनको क्षति भएको छ । तीन महीनाको दूधेबालकलाई काखमा च्यापेर चर्को घाममा आफ्नो भत्केको घर नियाल्दै ३५ वर्षीया नुरजाहा खातुनले बिलौना गर्दै भन्नुभयो, “काखे बालक पटकपटक दूध खान रोइरहेका छन् तर राहत नपाउँदा दूधेबालकसहित पाँच वर्षको छोरालाई बचाउन गाह्रो परेको छ ।”
हावाहुरीले खातुनको घर उडाउँदा घाइते भएका ६० वर्षीय ससुरा कमरुल अन्सारी, ४० वर्षीय पति हदिस अन्सारी र नौ वर्षका छोरा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेकाले बालकलाई लिएर राहत लिन कहाँ जाने भन्ने चिन्ताले सताइरहेको छ । हावाहुरीबाट पीडित फेटा गाउँमा अहिले राहत वितरण गर्ने सङ्घसंस्थाको सङ्ख्या बढ्दै गए पनि वास्तविक पीडित भने राहत पाउनबाट वञ्चित देखिन्छन् । 
“नत ओत लाग्ने ठाउँ छ नत खानेपानी र शौचालयको व्यवस्था छ, पीडित त महामारीको चपेटामा पर्ने सम्भावना बढेर गएको छ”, जमियत उल्माए नेपालका महासचिव मोहम्द खालिद सिद्धिकीले भन्नुभयो, “हावाहुरीले पीडित भएकाको घरमा नत झुल नै छ नत खानेपानीको भरपर्दो व्यवस्था छ, पीडित समुदायको जीवन झन कष्टकर बन्दै गएको छ ।”
एकद्वार प्रणालीअनुसार राहत वितरण नहुँदा पीडित बढी आहत भएका छन् । पीडित बस्तीको निरीक्षणपश्चात् कुरा गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले भन्नुभयो, “राहत वितरण प्रक्रिया गलत भएको छ, नेताले राहत भन्दा आहत दिने गरेको तथा नेता हुल बाँधेर गाउँमा पस्दा धुलो उडेर पीडितको स्वास्थ्यमा असर पर्ने गरेको छ ।” 
भिषण हावाहुरीबाट प्रभावित पीडितलाई राहत र पुनःस्थापनामा गम्भीर समस्या देखिएको छ । “गाउँभरि पालैपालो भीड लिएर नेता आउँछन् राहतका ठूलठूला घोषणा गर्छन्, राहत वितरण क्याम्प खडा गर्छन् तर राहत नदिएर हामीलाई गिज्याउने काम मात्र गर्छन्”, फेटा गाउँपालिका–६ पुरैनियाका लैस मियाले भन्नुभयो, “मान्छे नै मान्छे गाउँभरि छन् तर राहतको नाउँमा पाए पनि चिउराबाहेक केही छैन ।” 
राहत वितरणमा देखिएको समस्याबारे बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण प्रक्रिया अव्यवस्थित भएपछि वास्तविक पीडितको लगत खडा गरी फेटा गाउँपालिकामार्फत् राहत वितरण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । 
विनाशकारी हावाहुरीले सबभन्दा बढी फेटा गाउँपालिका वडा नं १, ३, ६ मा सबभन्दा बढी धनजनको क्षति भएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मापदण्ड पु¥याएर निर्माण नगरेका पक्की भनिएका घरमा इँटाले थिचिएर अधिकांशको मृत्यु भएकाले अब निर्माण हुने संरचना मापदण्ड पु¥याएर निर्माण गरिने छन् ।” 
दुई वर्ष वैदेशिक रोजगारको क्रममा कतारमा रही कमाएको रकमबाट गाउँमा पक्की घर निर्माण गरेका पुरैनियाका सहाबुद्धिन अन्सारीले भन्नुभयो, “हावाहुरीले त्यही पक्की घरमा थिचिएर आमा, श्रीमती र दुई छोरीले ज्यान गुमाउँदा मैले सबैथोक गुमाउनु परेको छ, कसैको घर छैन, कसैको परिवार छैन, कसैको खाने बस्ने, ओढ्ने, ओछ्याउने व्यवस्था नहँुदा ओतलाग्न समस्या छ ।” 

मल्हम लगाउँदै पहाडिया ठिटो
हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ ।
विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्बन्धित ठाउँमा नै पुगेर उद्धारकार्यमा जुट्ने गर्नुभएको छ ।
स्वयंसेवीका रूपमा स्वतःस्फूर्त विपत्ति परेको ठाउँमा पुग्ने २५ वर्षीय पौडेल आफ्नो व्यक्तिगत सुखसयललाई समेत छाडेर अरुको पीडामा मल्हम लगाउने कार्यमा निरन्तर जुटिरहनुभएको छ । भूकम्प गएको पर्सिपल्ट गोरखाको आरुघाट पुगेर उद्धार र राहत वितरणमा जुट्नुभएका पौडेल त्यसपछि निरन्तररूपमा ३० भन्दा बढी ठाउँमा पुगेर स्वयंसेवी कार्य गर्दै आउनुभएको छ ।
पछिल्लो समय हावाहुरीबाट आक्रान्त भएको भलुहिभर्वोलियमा पौडेलको नेतृत्वमा १५ विद्यार्थी सम्मिलित एक समूहले छ दिनसम्म लगातार पीडितको उद्धार, राहत र अन्य व्यस्थापकीय काम गरेर फर्किएको छ । 
“पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ 
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र 
माटोलाई चोट लाग्दा मुटुहरू दुख्नुपर्छ ।”
गीतकार दिनेश अधिकारीको शब्द र गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भने जस्तै तराईमा आएको हावाहुरीबाट प्रताडित भएका पीडितहरूको उद्धार र राहतका लागि पहाडबाट गएका एक युवाको नेतृत्वमा प्रशस्तै मानवीय, व्यवस्थापकीय र आर्थिक सहयोगका काम भएका फेटा–१ वडाध्यक्ष जयप्रकाश दासले बताउनुभयो ।
हावाहुरी प्रभावित बालबालिकालाई राहत सामग्री बाँड्नुका साथै थोरै मात्रामा भए पनि प्रभावित क्षेत्रका बालबालिकामा परेको त्रास कम गर्न र उनीहरूलाई पुरानै अवस्थामा फर्काउन शैक्षिकलगायत खेलकूद सामग्री वितरण गरेको पौडेलले जानकारी दिनुभयो । पीडितका लागि शौचालय, टेन्ट निर्माण गर्नुका साथै खाली खुट्टा भएका बालबालिकालाई चप्पल र नाङ्गो आङ भएकालाई आफूले सक्दो पैसा खर्च गरेरै भए पनि कपडा किनिदिएको उहाँले बताउनुभयो ।
पौडेलले म्याग्दीमा जुटाएको करीब रु १ लाखको राहत सामग्रीसमेत वितरण गर्नुभएको छ । छ दिनसम्म श्रमदान गरेर शौचालय र टहरा निर्माण गरिदिएपछि पौडेलको टोली शनिबार फेटाबाट फर्किएको हो । नेपाली सेनासँग सहकार्य गरेर पौडेल नेतृत्वको टोलीले फोहर व्यवस्थापन, महामारी फैलिन नदिने उपायलगायतका अन्य धेरै जनचेतनामूलक काम पनि गरेको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)



 
::| Latest News

 
[Page Top]