युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.22.2019, 09:29am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्रमुख दल गुटबन्दीको शिकार बन्दा
Wednesday, 04.10.2019, 11:00am (GMT+5.5)

काठमाडौं । मुलुकको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल चरम गुटबन्दीको शिकार हुँदा मुलुकको राजनीतिक स्थिरता नै खलबलिएको छ । दुई तिहाई बहुमतको सरकारले सोचेजस्तो काम नगर्नुमा सत्तारुढ दलभित्रको गुटबन्दी प्रमुख कारण हो भने विपक्षी दल नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्नु पनि गुटबन्दी नै प्रमुख कारण हो ।
संसदीय व्यवस्थामा राजनीतिक दलहरु प्रमुख हुन्छन् र उनीहरुको गतिविधि तथा सक्रियताले मुलुकले गति लिन्छ । राजनीतिक दलहरुमा स्पष्ट सोच र प्रतिबद्धता भयो भने मुलुकले समृद्धिको बाटो पनि तय गर्छ । राजनीतिक दलहरुमा आन्तरिक किचलो र नेताहरुबीच अस्वस्थ प्रतिस्पर्धा भयो भने त्यो देशको राजनीतिले कहिल्यै स्थिरता पाउँदैन । सरकार नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न आन्तरिक किचलोले सरकारलाई नै अप्ठ्यारो पारेको आम विश्लेषण छ ।
सरकारका गलत क्रियाकलाप रोकेर संसदीय म¥यादा अनुरुप सही मार्गमा हिंडाउन प्रमुख प्रतिपक्षी दलको महत्वपूर्ण भूमिका हुन्छ तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सत्तारुढ नेकपाको जस्तै चरम गुटबन्दीको शिकार भएको छ । संसदमा कांग्रेसको उपस्थिति नै छैन भन्दा फरक पर्दैन । कांग्रेसका नेताहरु करी पार्टी नेतृत्व हत्याउने भन्ने खेलमै लागिरहेका छन् ।
सत्तारुढ दलभित्र पनि कसरी आफ्नो पक्षलाई बढीभन्दा बढी हैसियत दिलाउने भन्ने चलखेल जारी छ । यसैका कारण दुई पार्टीका सबै तहको एकता टुंगिनै सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन भएको एक वर्ष हुनलाग्ला समेत तल्लो तहको एकता टुंगिएको छैन । 
पार्टीमा दुईजना अध्यक्ष रहेकाले तल्लो तहका कमिटिमा दुबैले आफ्नो प्रभाव देखाउन खोजेपछि प्रक्रियाले पूर्णता पाउन नसकेको नेकपाकै नेताहरु बताउछन् । गत पुषमा बसेको स्थायी समिति बैठकले तल्लो तहको एकताको खाका र मापदण्ड तय गर्न सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वमा ९ सदस्य कार्यदल बनाएको थियो । नेतृत्व हावी हुँदा कार्यदलले तोकिएको समयमा काम सकेन र मौजुदा प्रतिवेदन नै सचिवालयलाई बुझाएको थियो । त्यसपछि सचिवालयले नै सो काम गर्ने भनिए पनि अहिलेसम्म ठोस खाका तयार हुन सकेको छैन । 
यस्तै नेपाली कांग्रेसले पनि आन्तरिक गुट व्यवस्थापन गर्न नसक्दा १३औं महाधिवेशन भएको तीन वर्ष वितिसक्दा समेत विभाग र समितिलाई पूर्णता दिन सकेको छैन् । जसको प्रत्यक्ष मारमा भ्रातृ तथा शुभेच्छुक संगठनहरु परेका छन् । विद्यार्थी संगठन नेविसंघको कार्यसमितिले तोकिएको समयमा महाधिवेशन गराउन नसकेपछि अहिले नेतृत्वविहीन अवस्थामा छ । 
सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर लैजाने बताइरहदा कतिपय निर्णयमा भने एकलौटी देखिन्छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्ष पनि हरेक बिषयमा भाग खोज्न थालेपछि तीन धार देखिएको कांग्रेस राष्ट्रिय राजनीतिका बिषयमा भने ओझेलमा पर्दै आएको छ ।
मुलुकको सबभन्खदा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा देखापरेको अहिलेको गुटबन्दीले मुलुकको सिंगो राजनीतिलाई प्रभावित पारिरहेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न नसक्दा सरकारलाई मनोमानी गर्ने छुट मिलेको कतिपयको टिप्पणी छ ।
हुन पनि सरकारका कतिपय निर्णयहरुमा व्यापक आलोचना हुँदा प्रमुख प्रतिपक्षले त्यसलाई विषय नै बनाउन सकेको छैन । 
सत्तारुढ नेकपाभित्र दुई अध्यक्षबीच गर्धन जोडिएको देखिए पनि भित्रभित्रै दुई पार्टीका अलगअलग अध्यक्षको जस्तो गतिविधि हुँदैआएको छ । दुबै पक्ष आआफ्ना पक्षधरलाई बढीभन्दा बढी हैसियत दिलाउने चक्करमा लागेका छन् भने नेकपाभित्र माधव नेपाल समूह अर्को तयारीमा लागेको छ ।
मुलुकका प्रमुख दुई राजनीतिक दलभित्र दलीय संस्कार विपरीत व्यक्तिगत चाहना पूरा गर्ने होडबाजी चलिरहँदा यसले मुलुकको समग्र क्षेत्र प्रभावित बनेको छ । गुटबन्दीकै कारण सरकारले पार्टीबाट प¥याप्त सहयोग नपाएको र सरकारको बचाउमा पार्टी नेताहरु नलागेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक भन्नु यसैको द्योतक हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)



 
::| Latest News

 
[Page Top]