युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 01:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु
Tuesday, 04.16.2019, 01:23pm (GMT+5.5)

काठमाडौं । विश्वकै सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको विमान रोकिराखिएको हेलिकप्टरमा विमान ठोक्किएको थियो । 
जहाजमा चालकदल बाहेक यात्रु भने थिएनन् । दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर होस्टेज घाइते छन् । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएकेको थियो । घाइते अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ । दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभएको छ ।
धावनमार्गसँगै रहेको हेलिप्याडमा ती हेलिकप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका थिए । विमान आएर मनाङ एअरको हेलिकप्टरमा ठोकिँदा दुवैमा क्षति पुगेको छ भने नजिकै रहेको श्री एअरलाइन्सको अर्को हेलिकप्टरमा पनि केही क्षति पुगेको छ । विमान पहिले मनाङ र त्यसपछि श्री एअरलाइन्सको हेलिकप्टरमा ठोक्किएको थियो ।
लुक्ला धेरै दुर्घटना हुने विमानस्थलमध्येमा पर्दछ । लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । पछि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीप्रति सम्मान व्यक्त गर्न यसको नामकरण तेन्जिङ–हिलारी विमानस्थल गरियो । यो समुद्र सतहभन्दा २८ सय मिटरको उचाइमा छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ जुन अरू विमानस्थलभन्दा छोटो हो ।
छोटो धावनमार्ग भएकाले त्यहाँ ’ओभरशूट’ सम्भव हुँदैन । त्यसै उडान गर्नु त्यहाँ अवतरण गर्नु कठिन हुने विज्ञहरू बताउँछन् । अन्तिम अवस्थामा अवतरण सुरक्षित नमानिए विमानस्थलमा विमानलाई सीधा अगाडि वा दायाँबायाँ उडाउन सकिन मिल्ने ठाउँ हुनुपर्ने विज्ञहरू बताउँछन् ।
छोटो धावनमार्ग भएको हुनाले उड्दा छिटो गति लिन र अवतरणका बेला छिटै रोकिनका लागि विमानस्थलको निर्माण बेग्लै ढङ्गले गरिएको छ । यसको तल्लो भाग र माथिल्लो भाग झण्डै १२ डिग्री कोणमा छ। त्यसले धावनमार्गको दुई पुछारबीच १५० फिटको उचाइ फरक पार्छ । त्यो भनेको झन्डै १० तले घर बराबरको उचाइ हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)



 
::| Latest News

 
[Page Top]