युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 05:36am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ?
Tuesday, 04.16.2019, 01:36pm (GMT+5.5)

काठमाडौं । दुई तिहाई सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालको पहिलो दिन कर्णाली प्रदेशको राराबाट देशबासीका नाममा सम्बोधन गर्दै “अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ” भन्ने प्रश्न आफूले पटक पटक सुन्दै आएको बताउँदै ‘‘नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’’ भन्नुभएको थियो । उहाँको त्यो सम्बोधनताकासम्म सरकारप्रति अथाह विश्वास भरोसा थियो । 
यसपटक पनि उहाँले त्यस्तै शैलीको सम्बोधन गर्नुभयो र यसपटक सरकारले एक वर्षमाा हाँसिल गरेका उपलब्धिहरु भन्दै तथ्यांक नै पेश गर्नुभयो– (हेर्नुहोस् सम्बोधनको पूर्णपाठ पृष्ठ ३ मा) । अघिल्लो वर्षको सम्बोधन र यसपटकको सम्बोधनमा केही तात्विक अन्तर त छन् नै । यसपटकको सम्बोधनमा एक वर्षमा सरकारले गरेका कामहरुको फेहरिस्त बढी छ । तर अघिल्लो वर्षको प्रतिबद्धता र ऊर्जा यसपटक छैन । प्रधानमन्त्री ओलीले सरकारले जेजति ग¥यो भनेर सम्बोधनमा उठाउनुभएको छ ती काम एक वर्षमा सुरु भएका हुँदै होइनन् । 
रारा सम्बोधनमा प्रधानमन्त्री ओलीले भन्नुभएको थियो– “दुई तिहाइ जनताको जीवन जिउने आधारका रुपमा रहेको कृषि अझै पनि निर्वाहमुखी, अव्यवसायिक, परम्परागत तथा अनुत्पादक रहनुलाई मैले ठूलो चुनौतीका रुपमा लिएको छु । यसै त टुक्रिएको जमिन, आधुनिकीकरण एवं उत्पादन र उत्पादकत्वको वृद्धिमा समस्याका रुपमा छँदैछ, त्यसमाथि बजार प्रबन्धमा समस्या, उर्बर जमिनको अतिक्रमण र जलवायु परिवर्तन आदिका प्रभावले कृषि क्षेत्रको संकट बढाइदिएको छ ।”
एक वर्षमा कृषिमा आत्मनिर्भर बनाउने दिशातिर के प्रगति भयो ? मनसुन राम्रो भए खाद्यान्न उत्पादन बढ्ने नत्र घटेने नियतिबाट देश कति मुक्त भयो ? खाद्यान्न आयातको मात्रा किन बढ्यो ? यसको उत्तर सम्बोधनमा छैन । सरकारसंग पनि छैन । चालु आर्थिक वर्षको यो अवधिमा व्यापारघाटा उच्च छ भने खाद्यान्न आयात अघिल्लो वर्षको तुलनामा बढेको छ । तीब्र आर्थिक विकास गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्ने लक्ष्यमा सरकार दृढ रहेको प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका नेताहरुले बताइरहँदा देशको अर्थतन्त्र चौपट हुने आशंका व्यक्त भैरहेको छ । 
अघिल्लो वर्षको सम्बोधनमा “कृषि प्रधान देशबाट, कृषि सवल देशमा परिवर्तन गर्ने, कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच बर्षभित्र २५ प्रतिशतमा सीमित गर्ने, कृषि उत्पादकत्व पाँच वर्षभित्र चार गुण वृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रमा रहेको कृषिको हालको योगदान एक तिहाइबाट झारेर २० देखि २५ प्रतिशतमा सीमित गर्ने गरी हाम्रा कामहरु अघि बढाइनेछ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेशा र किसानहरुलाई सम्मानित नागरिकका रुपमा अगाडि बढाउने कार्यक्रमहरु सरकारको नीति तथा कार्यक्रममा विस्तृतरुपमा चर्चा गरिनेछ । यस्तै, आगामी नीति कार्यक्रममा जलस्रोत तथा ऊर्जाको विकास, रेल तथा जलमार्ग सहितको आधुनिक यातायात र पूर्वाधारको विकासको विस्तृत खाका प्रस्तुत गरिनेछ ।” भनिएको थियो ।
तर ती खाका कता गए र योजनाबाट कस्तो उपलब्ध हाँसिल भयो ? त्यो आम जनताले देखेकै विषय हो । यसपटकको सम्बोधनमा पूर्व पश्चिम रेलको डिपिआर बन्दै गरेकोदेखि माथि उल्लेखित आयोजनाहरुमा सफलता पाएको उल्लेख छ । यसका अतिरक्त सुशासन र तीब्र विकासका लागि आवश्यक पक्षहरुमा प्रधानमन्त्री ओलीको लाचारी भने सम्बोधनमा देखिएको छ । उहाँले भ्रष्टाचार निवारण रातारात गर्न नसकिने तथ्य औंल्याउनुभयो नयाँ वर्ष २०७६ को सम्बोधनमा । 
नयाँ वर्ष २०७६ को पहिलो दिन प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यस निम्ति प्रतिबद्ध रहेको दोहो¥याउँदै सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लडिरहने सङ्कल्प गर्नुभयो । 
समृद्धि सुखको आधार भएको, उच्च र दिगो उत्पादन÷उत्पादकत्व वृद्धिप्रति वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउँदै प्रधानमन्त्रीले सामजिक न्याय सहितको समुन्नति आफूले चाहेको उल्लेख गर्नुभयो । सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई शीघ्र मुक्त गराइने, लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने दोहो¥याउँदै उहाँले शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको यथार्थ सुनाउनुभयो । उहाँले भन्नुभयो, “अवाञ्छित प्रतिगामी प्रयासहरू र संविधान विरोधी गतिविधिहरू कडाइका साथ नियन्त्रण गरिनेछ ।”
प्रधानमन्त्री ओलीले समयलाई हेक्का राख्न सबै नेपालीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले यसै कार्यकालमा देशलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्ने, सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । 
सुशासन कायम गर्न वर्तमान सरकार गम्भीर भएर लागेको तथा गत साल आफूले बेथिति र भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गरेको जानकारी दिँदै यो वर्ष पनि सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आफू दृढ रहेको बताउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो, “सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्धति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रमहरू समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)



 
::| Latest News

 
[Page Top]