युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 06:43am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै !
Tuesday, 04.16.2019, 01:36pm (GMT+5.5)

काठमाडौं । सरकारले एक वर्षमा गरेका काम र भावी योजनाहरुका बारेमा उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशबासीका नाममा गरेको सम्बोधनलाई विपक्षी दलका नेताहरुले आत्मप्रशंसा र शब्दजालको संज्ञा दिएका छन् । हुन पनि विपक्षी दलहरुलाई समेत चर्को आलोचना गरिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले एक वर्षमा आफूले गरेका कामहरूको विस्तृत विवरण दिनुभएको थियो ।
प्रधानमन्त्रीको सम्बोधनप्रति टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्रीले सबैलाई सम्बोधन गर्ने खालको सन्देश दिन नसकेको भन्दै आफ्नो एक वर्षभन्दा लामो कार्यकालको गल्तीलाई ढाकछोप गर्ने र नभएको कामलाई प्रचारित गर्ने उहाँको पुरानै वक्तव्यहरूको निरन्तरता देखिएको टिप्पणी गर्नुभयो ।
खाँणले ओलीले कतिपय तथ्यगत कुराहरूलाई समेत ढाकछोप गरेको दाबी गर्दै गत एक वर्षमा शान्तिसुरक्षा कामय हुन नसकेको र महँगी बढेको विषयलाई प्रधानमन्त्रीले सम्बोधन नगरेको, भ्रष्टाचारलाई निर्मूल गर्छु भनेका ओलीकै निकट बस्नेहरू नै भ्रष्टाचारमा मुछिएको भन्दै खाँडले “भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नुभएको छ तर उहाँको आसपासमा नै बस्नेहरू विवाद र भ्रष्टाचारमा मुछिएको देखिएको छ । त्यसलाई नियन्त्रण गर्नुको साटो संरक्षण गरेको जस्तो देखिएको” बताउनुभयो ।
त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक सदस्य अनिलकुमार झाले प्रधानमन्त्रीको सम्बोधनलाई पहिलैका सम्बोधनहरूको निरन्तरताको रूपमा अथ्र्याउँदै प्रधानमन्त्रीले भनेका कुराहरू केही प्रतिशत पनि पूरा हुन नसकेका बेला नयाँनयाँ सपनाहरू देखाउनु भनेको शब्दजाल बाहेक केही पनि भन्नुभयो । 
सम्बोधनमा उल्लिखित ‘पृथक्तावादीलाई मूल धारमा ल्याएको’ भनी गरिएको दाबीलाई अनर्गल प्रलापको संज्ञा दिनुभएका झाले भन्नुभयो– “यो सरकार जंगबहादुरपछिको सबैभन्दा शक्तिशाली हो तर पनि केही डेलिभरी गर्न सकेन, आफ्नै मान्छेहरू भ्रष्टाचारमा मुछिइरहेका छन्, तर उहाँले केही गर्न सक्नु भएको छैन ।”
उता नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (माओवादी)का नेता सीपी गजुरेलले चाहिँ यो सम्बोधनले ओलीले देशलाई उल्टो दिशामा लिएर जाँदैछन् भन्ने पुष्टि गरेको दाबी गरेका गर्नुभएको छ । गजुरेलको टिप्पणी छ– “मुलुक उल्टो दिशातिर जाँदैछ भन्ने सबैभन्दा ठूलो उदाहरण भनेको उहाँले सम्बोधनमा सबैभन्दा धेरै महत्त्व दिएर प्रचार गर्नुभएको पृथक्तावादीलाई मूल धारमा ल्याएँ भनेको कुरा हो । जसलाई उहाँले मूलधारमा ल्याएँ भन्नुभयो उनले चाहिँ आफ्ना मुद्दा छाडेको छैन भनिरहेका छन् । त्यसले ओलीजी कतै पृथक्तावादीसँग मिल्नु भएको हो कि जस्तो देखिएको छ ।”
गजुरेलले नेपाल वायुसेवा निगमको विमान खरिदको भ्रष्टाचार छानबिनका लागि संसदीय समितिको निर्णयलाई अस्वीकार गरेर अर्को छानबिन समिति बनाउनुले ओली भ्रष्टाचारप्रति सम्बोधनमा भनिएजस्तो संवेदनशील नदेखिएको आरोप पनि लगाउनुभयो । 
त्यसो त आफ्नो सम्बोधनमा सीके राउतसँगको सम्झौताको प्रशंसा गरेका ओलीले नेपाल कम्युनिस्ट पार्टीकै नाममा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्दको पार्टीदेखि राजतन्त्र र हिन्दू राज्यको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मका गतिविधिको आलोचना गरेका छन् । नाम नलिईकनै भए पनि प्रधानमन्त्री ओलीले ती दलका गतिविधिलाई नियन्त्रण गर्ने छनक भने दिएका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)



 
::| Latest News

 
[Page Top]