युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 05:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम
Thursday, 04.25.2019, 02:24pm (GMT+5.5)

काठमाडौं । मुलुकमा गणतन्त्र स्थापना भएपछि चीनले पहिलोपटक राष्ट्रप्रमुखलाई राजकीय स्वागत गर्ने भएको छ । यसअघि राष्ट्रपतिबाट पटकपटक चीनको भ्रमण भए पनि त्यो औपचारिक मात्रै थियो । यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई चीनले राजकीय बनाउने भएको छ । राष्ट्रपति भण्डारीबाट आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने भएको छ  । 
उहाँ चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा त्यहाँ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले चीनको भ्रमण गर्नुभएको थियो ।  
राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण सम्बन्धमा परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म हुने चीनको  भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुने जानकारी दिनुभयो ।  
यसै अवधिमा राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।  उक्त प्रदर्शनीमा नेपाल मण्डपको पनि व्यवस्था हुने बताइएको छ । 
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुने छ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 
राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र  बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ ।  
बेइजिङ प्रस्थान गर्ने क्रममा  राष्ट्रपति भण्डारीले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने र स्वदेश फर्कँदा चीनको स्वशशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ । 
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीले पनि भ्रमण कार्यक्रमका विविध पक्षबारे जानकारी दिनुभयो ।  राष्ट्रपति भण्डारीका साथ  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, उद्योगी–व्यवसायी  र सञ्चारकर्मी रहनुहुनेछ । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते  स्वदेश फर्कने कार्यक्रम छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)



 
::| Latest News

 
[Page Top]