युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 11.18.2019, 11:34am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य !
Thursday, 04.25.2019, 02:25pm (GMT+5.5)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पर्सी बैशाख ११ गते सुरु हुने उत्तरी छिमेकी मित्रराष्ट्र चीनको ९ दिवसीय भ्रमण अहिले आम चासो र चर्चाको विषय भएको छ । नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध समयसापेक्ष विस्तारित गतिलिने क्रममा रहेको बेला शीर्ष तहबाट हुनलागेको राजकीय भ्रमणको उपादेयता एवं जागृत आकांक्षा र अपेक्षाबारेका धारणा पनि उत्तिकै कौतुहलपूर्ण छन् । चमत्कारी ढंगले आर्थिक विकासको तीब्रगति लिएको चीनलाई नेपालीहरूले विकास र समृद्धिका लागि पर्याप्त सहयोग र सहकार्य गर्नसक्ने भरपर्दो र विश्वासिलो मित्रदेशका मान्दछन् । राष्ट्रपति भण्डारीको सान्दर्भिक चीन भ्रमणका अवसरमा त्यहाँका राष्ट्रपति सी चीनफिङ्संग हुने प्रतिनिधिमण्डलस्तरीय उच्च वार्ताले द्विपक्षीय सहयोगको नयाँ बाटो खोल्ने प्रचूर सम्भावना छ । 
राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’ भाग लिनुहुने र राष्ट्रपति सीसंगको वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भैसकेको छ । यही मौकामा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा पनि हस्ताक्षर हुने विश्वास गरिएको छ भने नेपाल वायुसेवाले गञ्जाउ र बेइजिङमा उडान गर्न गरिरहेको पहलले पनि सार्थक गतिलिने अपेक्षा गरिएको छ । हालै सम्पन्न लगानी सम्मेलनमा चिनीया लगानीका लागि जारी भएको प्रतिबद्धता अनुरूपका आयोजनाहरूलाई गति दिन पनि यो भ्रमणले प्रेरित गर्ने मानिएको छ । नेपालमा चीनविरोधी र पृथकतावादी तिब्बतीहरूको गतिविधि बढाउन पश्चिमा शक्तिले लगानी र सक्रियता बढाइरहेको एवं चीनकै विरोधमा खडागरिएको मानिने ’इण्डो(प्यासिफिक रणनीति’मा नेपालको संलग्नताको विषयलाई लिएर उब्जिइरहेको आशङ्का निवारण गर्न र एक चीनको अवधारणाअनुरूप नेपालभूमिबाट चीनविरोधी गतिविधि हुननदिन नेपालले चीनलाई कति आश्वस्त र विश्वस्त बनाउनसक्छ भ्रमणको उपादेयता र सफलता त्यसैमा निहित हुने विश्लेषकहरूको धारणा छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले ‘नेकपाको ७० औं स्थापना दिवस’को अवसरमा विशेष कार्यक्रम आयोजना गरी जिल्ला तहसम्मको पार्टी एकताको प्रक्रिया पूरा गरेको घोषणा गरको छ । पूर्व नेकपा एमाले र माओवादी केन्द्रबीचको पूर्ण एकता प्रक्रिया नटुङ्गिदा अन्योलपूर्ण अवस्थामा रहेका बेरोजगार कार्यकर्ताहरूले अब कुन रूपमा सक्रियता देखाउने अवसर पाउने हुन् भन्ने जिज्ञाशा उत्पन्न भैरहेको छ । अहिलेसम्म पनि एकताबद्ध दुई पार्टीबीच भागबण्डा नै चलिरहेको र पूर्व एमालेका शीर्षपंक्तिकै नेताहरू यसअघि गुटगत भागबण्डाकै कसरतमा लागिपरेकाले जिल्ला नेतृत्वको टुङ्गो लागेपछि कस्तो प्रतिक्रिया देखिने हो र गुटगत समायोजनको समस्याले कुन रूप लिने हो भन्नेबारे विशाल पार्टी पंक्तिभित्रै कुतुहलता जागृत छ । पार्टीका केन्द्रिय सदस्यहरूको कार्य विभाजन र पोलिटब्यूरोको चयन हुन बाँकी नै छ भने २२ वटा जनसङ्गठनहरूको एकीकरण प्रक्रिया पनि टुङ्गिएको छैन । विगतमा बेग्लै मान्यता र संस्कार बोकेका दुई कम्युनिष्ट पार्टीबीचको नाटकीय एकता हुनुका पछाडि सत्तास्वार्थले काम गरेको र गणितीय एकताको प्रक्रिया टुङ्गिएर मात्र पार्टीले गति लिननसक्ने आङ्कलन पार्टीकै नेता (कार्यकर्ताबाट भैरहेको बुझ्ननसकिने छैन । दह्रो जनमत पाएको दुई तिहाइ बहुमतको सरकार  परम्परागत शासकीय शैलीमा नै रमाइरहेको  र कार्यशैलीमा कुनै परिवर्तन नदेखिएको सर्वत्र बोध छ ।  काम कम कुरो बढी हुनेगरेको आम प्रतिक्रियालाई सरकारले नसुने पनि सत्तारूढ दलकै नेताहरूदेखि लिएर कार्यकर्ताको विशाल पङ्क्ति असन्तुष्ट र निराश बन्दैगएकोमा कुनै शङ्का छैन । सरकारलाई मातहतका कर्मचारीले समेत टेरेका छैनन् । राज्यको ढुकुटीमा भैरहेको अवाञ्छित दोहन नियन्त्रित हुनुको सट्टा अरू बढ्दो छ । परिणामदायी काम गर्न गराउन छोडेर ज्योतिषीहरूको कथित भविष्यवाणीप्रति उत्तेजित प्रतिक्रिया दिन प्रधानमन्त्रीले चासो देखाउनुले सरकारको ध्यान झिनामसिना कुरामा नै अल्झिइरहेको प्रष्ट पारेको छ । पार्टी एकता प्रक्रिया पूरा भएपछि पार्टीले गतिलेला र सरकारले पनि काम गर्ने बल पाउला भन्ने विश्वास जागृत हुनसकेको देखिएको छैन । तर पनि एकता प्रक्रिया टुङ्गिँदै गएपछि पार्टी जीवनले नयाँ गति पाउने अपेक्षा भने गरिइनैरहेको छ ।
अब बैशाख १६ गतेबाट संसदको बजेट अधिवेशन सुरू हुँदैछ । सरकारको नीति तथा कार्यक्रमदेखि लिएर नयाँ आर्थिक वर्षको बजेटको आन्तरिक तयारीमा सरकार लागिसकेको छ । अघिल्लो अधिवेशनदेखि नै थाती रहेका विवादास्पद नागरिकतासम्बन्धी विधेयकलगायत विधेयकहरू पनि पारित हुन बाँकी नै छन् । संसदको अधिवेशनमा राष्ट्रिय सरोकार र जनचासोका गहन विषयहरूमाथिको बहस र छलफल गौण रहने ह्वीपको भरमा सरकारले प्रस्तावहरू पारित गर्ने परम्परा नै बसेको छ । नुर नै गिरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवनमा देखापरिरहेका विसङ्गति र गुटगत खिचातानीबाट उत्पन्न समस्याको निराकरण विना नै जिल्ला जिल्लामा कार्यकर्ता तताउने अभिष्ट राखेर राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । विगत अधिवेशनमा शून्यप्रायः भूमिका देखाएको कांग्रेसले संसदको बजेट अधिवेशनमा प्रतिपक्षीको सचेत भूमिका निर्बाह गर्ने र गर्नसक्ने आशा र विश्वास कही कतै पलाएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले  हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्बहाली संघीयताको खारेजीलगायतका माग राखेर मेची–महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्राका नाममा सडक आन्दोलनको एक चरण पूरा गरेपछि सरकारले सो दललाई वार्तामा बोलाएकाले आजैदेखि वार्ता सुरू हुने भएको छ । नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाएर सो पार्टीका यौं कार्यकर्तालाई गिरफ्तार गरेर थुनामा राखेको छ । ३५ दिनभित्र हतियार बुझाउन सरकारले गरेको आव्हानको कुनै असर विप्लव समूहमा देखिएन । अर्कातिर सत्य निरूपण र मेलमिलापको सन्सर्भलाई लिएर पश्चिमा कुटनीतिक दवावको जवाफ सरकारका प्रवक्ताले दिए पनि त्यसबाट बाहिरी शक्तिका रणनीतिक खेलहरूले सरकारलाई सकसमा पारिरहेको जानकार सूत्रहरू बताउँछन् । देशको परिस्थिति नजाँनिदो ढंगले असामान्य बन्दैगएको निष्कर्षमा विश्लेषकहरू पुगेका छन् ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम (04.25.2019)
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)



 
::| Latest News

 
[Page Top]