युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 05:41am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु
Tuesday, 04.30.2019, 01:52pm (GMT+5.5)

काठमाडौं । गृह मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतले त्यसमा सदर गरिदिएपछि अहिले तराईका प्रमुख शहरहरुमा नागरिकता लिनेको यति भीड छ कि यस्तो दृश्य सायद कतै देखिएला । त्यो भीड जताबाट सिर्जित भएको छ त्यो अर्को आश्चर्यको विषय छ । नेपाल भारत सीमा गेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म नागरिकता लिनेहरुको लाइन देखिन्छ । यसबाट प्रष्ट हुन्छ कि नागरिकता नेपालीले हैन भारतीयले लिइरहेका छन् । 
नागरिकता वितरण कार्य निरन्तर प्रक्रियामा जाने भए पनि भारतीयलाई नागरिकता दिनकै लागि अभियान चलाइन्छ र अहिले तराईबासीहरु सरकारले नै नागरिकता खुकुलो पारेपछि हामी के गर्न सक्छौं र भन्दै अब २५ प्रतिशत जनसंख्या बढ्ने भो भन्दै सुस्केरा हाल्दैछन् । देशमा यति गम्भीर परिस्थितिको सिर्जना भैरहँदा पनि राष्ट्र र राष्ट्रियताका चर्का नारा घन्काउने राजनीतिक दलहरु चुपचाप छन् । प्रमुख विपक्षी दल यस विषयमा चुँसम्म गर्दैन भने क्रान्तिकारी राष्ट्रवादी भनिनेहरुको मौनता पनि आश्चर्यलाग्दो छ । अब जनता जाग्नुको विकल्प छैन । विदेशीलाई नागरिकता दिने र लिने अहिलेको गतिविधि रोक्न जनता नै अग्रसर नभए भोलि आफ्नै आँगन पराई हुने दिन टाढा छैन । 
भारतीयहरुलाई नागरिकता दिनकै लागि यो खेल भैरहेको हो भन्ने अरु प्रमाणित भएको छ । हुन त भारतीयलाई नेपाली नागरिकता दिने काम यो नै पहिलोपटक हैन । नेपालमा बनेका हरेक सरकारले नागरिकता दिने प्रपञ्च रचेकै छन् । नागरिकता समस्या नभएको हैन छ तर जसरी समस्या देखाइन्छ त्यो भने सत्य हैन । नागरिकता नपाउनेहरु तराईमाभन्दा पहाडमा बढी भएको तथ्यांक पटकपटक सार्वजनिक भए पनि तराईलाई केन्द्रित गरेर नागरिकता वितरण अभियान चलाइनुको कारण जनसंख्या वृद्धि मात्रै हो । भारतको दवाव र स्वार्थका कारण यस्तो काम हुँदैआएको छ । जति गरे पनि नेपालमा नागरिकता कहिल्यै पनि नटुङ्गिने जटिल समस्या बनाइएको छ ।
अहिले जसरी नागरिकता वितरण भैरहेको छ, प्रकारान्तरले नेपालको स्वतन्त्रता, स्वाधीनता, अखण्डता र एकतामाथि नै आघात पुग्ने निश्चित छ । क्षणिक सत्ता स्वार्थका लागि नागरिकता वितरणमा उदारता अपनाउँदै जाने नीति र व्यवहारले निरन्तरता पाइरहँदा नेपालमा भूमिपुत्र नेपालीहरू नै अल्पमतमा पर्ने र मुलुकको भविष्य नै समाप्त हुनसक्नेसम्मका चिन्ताजन्य प्रश्नहरू खडा हुँदै गएका छन् । २००९ मा बनेको नेपालको पहिलो नागरिकता ऐनदेखि नै सुनियोजित रूपमा जनसांख्यिक अतिक्रमणको गति तीब्रतर बन्दैगएको सन्दर्भमा वर्तमान समयमा त्यसले थप गति लिएको छ । त्यसको सवभन्दा ठूलो मार तराईका भूमिपुत्र आदिवासी देशभक्त नागरिकहरूले खेपिरहेका छन् । तराईमा उनीहरूको अवसर क्रमशः खोसिँदैगएको छ भने षडयन्त्रपूर्वक घुसेघुसाइएका आप्रवासीहरूले नागरिकता हत्याउँदै गएपछि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक क्षेत्रमा उनीहरूकै बोलबाला चल्ने क्रम बढिरहेको छ ।
पटक पटक विदेशी शक्तिको रणनीतिक स्वार्थअनुरूपको गोप्य निर्देशन र दवावमा नागरिकता उपलब्धताका आधारहरू बदल्दै खुकुलो पार्दैजाने शृङ्खलाको पछिल्लो कडीका रूपमा जन्मसिद्धका आधारमा अङ्गीकृत नागरिकता लिन सफल भएकाहरू र विदेशी बाबुका सन्तानलाई पनि वंशजको नागरिकता दिन थालिएपछि रातारात नेपाली नागरिक बन्ने भारतीयहरुको लाइन दैनिक जसो देख्न सकिन्छ । झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रमा अहिले नागरिकता किनबेच समेत भैरहेको छ । रकम लिएर नागरिकता बनाइदिने गिरोह नै सक्रिय भएका समाचारहरु सार्वजनिक भैरहेका छन् । 
कस्तो अचम्म छ भने नेपाली नागरिकता लिन आउनेहरु अधिकांश नेपाली बोल्न सक्दैनन् र लेख्न पनि सक्दैनन् । वीरगञ्ज जिल्ला प्रशासन अगाडिका फोटो खिचाउने र फारम भराउने व्यापार चम्केको छ । वीरगञ्जका एक व्यवसायी भारतीयहरुले नागरिकता लिइरहेको टुलुटुलु हेर्नुपरेको गुनासो गर्दै सरकारले नै नागरिकता खुला गरिदिएपछि हामीले के गर्ने भन्दै प्रश्न गर्दै भन्छन् अब एकाएक २५ प्रतिशत जनसंख्या बढ्ने भयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विकासमा राजनीतिक प्रतिबद्धताको अभाव (04.30.2019)
चिनीया राष्ट्रपतिलाई निम्तो (04.30.2019)
यत्रो राष्ट्रघात, सबै चुपचाप (04.25.2019)
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य ! (04.25.2019)
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम (04.25.2019)
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति (04.04.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)
सरकार यी नेपाली कहाँ छन् ? (04.04.2019)
राजनीतिक सुनिश्चितता अझै सन्देहको घेरामा ! (03.28.2019)
नेपालमा ‘रअ’को ब्यूहरचना (03.28.2019)
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज (03.28.2019)
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)



 
::| Latest News

 
[Page Top]