युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 07:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव
Wednesday, 06.05.2019, 12:40pm (GMT+5.5)

काठमाडौं । मुलुकले संविधान जारी गरेपछि माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केप ी ओलीको नेतृत्वमा सरकार बन्यो । त्यो सरकार इतिहासकै सबैभन्दा सबल सरकार सावित भयो । तर सरकार एक वर्ष नपुग्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमति अनुसार सत्ता हस्तान्तरण नगरेको भन्दै कांग्रेससंग मिलेर ओली सरकार ढाल्नुभो र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभयो । अहिले माओवादी र एमाले छैनन् । दुई दल एक भएर नेकपा बनेको छ र झण्डै दुई तिहाईको सरकार बनाएको छ । यद्यपि यो सरकार पनि अस्थिर रहेको संकेत प्रचण्डले दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नृपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बितेको केही दिनयता आफ्ना भनाइहरुलाई आफंैले खण्डन र मण्डन गर्न थाल्नुभएको छ । दुई पार्टी एक हुँदा भएको सहमतिअनुसार सरकारको नेतृत्व आधा–आधा गर्न भएको सहमति अनुसार वर्तमान प्रधानमन्त्री केपी ओलीले अबको १५ महिनापछि सहमति पालना नभए कोही पनि नटिक्के चेतावनी दिएपछि नेकपाभित्र मात्र आम जनतामा चीसो पसेको छ । 
ओली–प्रचण्ड अहिले जसरी हातेमालो गरिरहनुभएको छ त्यो धेरैका लागि आश्चर्यको विषय हो र पार्टी एकतामा दुबै नेता सहमत हुने मुलुकको आवश्यकता थियो भन्दै धेरैले सकारात्मक रुपमा लिएका थिए । तर केही दिनयता अध्यक्ष प्रचण्डबाट पार्टी एकतापूर्वको सहमतिका विषयलाई लिएर जसरी कुरा उठाउन थाल्नुभएको छ त्यसले भने चिसो पसेको छ ।
केही दिन अघि अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा नै दुई अध्यक्षले पालोपालो सत्ता संचालन गर्ने सहमति भएकाले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने बताउँदै यदि पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने बताउनुभयो ।
यसवीचमा सरकारले राम्रो काम ग¥यो र पार्टी सन्तुष्ट भयो भने ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिने तर, ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न दिनका लागि पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने प्रचण्डको माग थियो । यो विषय धेरै चर्चामा आएपछि आजभोलि उहाँ ओलीले नै पाँच वर्ष सरकार चलाउने घोषणा गर्न थाल्नुभएको छ । 
पत्रकार ऋषि धमलासंग प्राइम टाइमका लागि गरिएको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले चेतावनीको भाषामा “पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि टिक्दैनन् ।” समेत भन्नुभयो ।
अध्यक्ष प्रचण्डको १५ महिने अघोषित अल्टिमेटमको कुरामा व्यापक बहस हुन थालेपछि पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको गुनासो गर्दै सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउन थाल्नुभएको छ  । अध्यक्ष प्रचण्डले शनिबार बिराटनगरमा भन्नुभयो– “हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ । सरकार हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।” 
तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।
गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर छ भने साथीका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
विकासमा राजनीतिक प्रतिबद्धताको अभाव (04.30.2019)
चिनीया राष्ट्रपतिलाई निम्तो (04.30.2019)
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य ! (04.25.2019)
यत्रो राष्ट्रघात, सबै चुपचाप (04.25.2019)
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम (04.25.2019)
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)
हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक (04.10.2019)
न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन (04.04.2019)



 
::| Latest News

 
[Page Top]