युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 08:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध
Wednesday, 06.05.2019, 12:41pm (GMT+5.5)

काठमाडौं । सत्तारूढ नेकपाभित्र पार्टी एकीकरणको प्रक्रियासमेत पूरा नहुँदै सत्ता नेतृत्वको भागबण्डाबारे बेमौसममा बज्न थालेको बाजाले राजनीतिक स्थायित्वको भ्रमलाई चिर्दै अस्थिरताको नयाँ चरण सुरू हुने सन्देह जन्माएको छ । प्रधानमन्त्री  तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली लोकसभाको हालै सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत हाँसिल गरी दोस्रो पटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन नयाँदिल्ली जाँदैगरेको बेला पारी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भावी प्रधानमन्त्रीको छनक दिँदै पूर्व सहमतिको पोको खोलेर जुन दनक दिन खोजेको देखियो त्यसले सत्ता राजनीतिभित्र मात्रै कम्पन नल्याई नेपालको सिङ्गो राजनीतिलाई तरङ्गित बनाएको छ । यो प्रकरणले ल्याएको तरङ्ग र उब्जाएको आशङ्कालाई मत्थर बनाउन पार्टीका दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता चलेको भए पनि ‘सहमतिको दस्ताबेज’ सार्वजनिक गर्न ‘चुनिएको सन्दर्भ’ले वैदेशिक चलखेलको अन्तरप्रभावको समेत सङ्केत गरेकाले देशको भावी राजनीति अनिश्चितताको भूमरीमा पर्ने र राजनीतिक वातावरण अरू अविश्वसनीय बन्दैजाने अशुभ लक्षण देखापर्न थालेको कुरा राजनीतिक बहसमा आउन थालेको छ ।  
स्वतन्त्र विश्लेषकहरूका अनुसार प्रधानमन्त्री ओलीको एक वर्षअघि जुन राजनीतिक छवि थियो त्यो उहाँकै प्रत्युत्पादक शासकीय शैलीका कारण धुमिल हुँदैगएको छ र राजनीतिक स्थायित्वप्रतिको जागृत विश्वास खण्डित हुँदैगएको छ । होली वाइनको विवादास्पद प्रकरणपछि पुनः कोरियाली किश्चियन धर्मप्रचारक विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि ग्रहण गरेर प्रधानमन्त्री ओलीले जनप्रतिक्रियाको कुनै अर्थ नरहेको बोध गराउनुभएको छ भने अमेरिकाद्वारा अगाडि सारिएको ‘इण्डो प्यासिफिक रणनीति’मा नेपालको साझेदारिताको नयाँ बहसले पनि कुटनीतिक सम्बन्ध र सन्तुलनमा नयाँ समस्या र विश्वासको सङ्कट खडा गरेको प्रचूर आभास दिइरहेको छ । 
प्रधानमन्त्री ओलीको जेठ २५ गतेबाट हुने भनिएको स्वीजरल्याण्ड, फ्रान्स र बेलायतको नौ दिने भ्रमणको निहितार्थ के हो भन्नेबारे पनि राजनीतिक वृत्तमा कुतुहलतापूर्ण चर्चा परिचर्चाको क्रम सुरू भएको छ र नेपालमा पश्चिमा शक्तिको सक्रियता देखल रूपमा नै बढ्ने निश्चितता बोधले खास गरी नेपाल चीनसम्बन्धको अपेक्षित विस्तारलाई कुन रूपमा प्रभाव पार्ने हो भन्ने सवाल उठाइरहेको छ । परिवर्तीत सन्दर्भमा भारतसितको सम्बन्ध पनि पुनः परिभाषित हुनुपर्ने अवस्था सिर्जित छ । नेपालका विभिन्न राजनीतिक समूह र तिनका अनेक नेताहरू कुन बेला कुन शक्तिको प्रयोगमा आउँछन् र कसरी निर्दे्शित रूपमा काम गर्छन् भन्ने आशङ्का सधैं मडारिने गरेको छ । 
विश्लेषकहरू भन्दछन्– ओली सरकारको शासकीय शैली र पार्टी सञ्चालनमा देखिएको एकलौटीपनाले नेकपाको अग्रंक्तिभित्रै जुन छटपटी र कुण्ठा व्याप्त छ त्यसलाई कुन कुन शक्तिले कसरी भजाउने हुन् भन्ने सवाल एकातिर उठिरहेको छ भने अर्कातिर प्रतिपक्षी दल नेपाली कांग्रेसको लक्षेदार प्रहारको गति पनि त्यत्तिकै बढेको होइन भनिन्छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच कस्सिएको लगन गाँठो पनि रणनीतिविहीन छैन । उपेन्द्र यादव  उपप्रधानमन्त्रीको सुविधा पनि भोगिरहने र प्रधानमन्त्री ओलीलाई धम्काउँदै संविधान संशोधनको प्रोक्सी एजेण्डा उजागर गर्दै सरकारबाट बाहिरिने हाँक पनि दिइरहेका छन् । तर  प्रधानमन्त्री ओलीका निम्ति प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा वा सत्ता साझेदार समाजवादी दलतिरबाट भन्दा पनि आफ्नै नेतृत्वको नेकपा (नेकपा) भित्र चर्किदैगएको अन्तर्विरोध र बढ्दो आन्तरिक दवावको सामना गर्न कठिन हुनेगरी अनपेक्षित स्थितिको सिर्जना हुँदैगएको प्रष्टै देखिँदै छ । नेपालमा पुनः ठूलै राजनीतिक दुर्घटना गराउने गरी षडयन्त्रात्मक गतिविधि भित्रभित्रै चर्किइरहेको यथेष्ठ आभास छ । राजनीतिक  समझदारीको अभाव, परामर्श र संवादविहीन संस्कार  र अव्यवस्थापनको कुन कुन शक्तिले कसरी कसरी उठाउने हुन् भन्ने जोखिमपूर्ण प्रश्न खडा हुँदै जानथालेको पर्याप्त सङ्केत छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
विकासमा राजनीतिक प्रतिबद्धताको अभाव (04.30.2019)
चिनीया राष्ट्रपतिलाई निम्तो (04.30.2019)
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य ! (04.25.2019)
यत्रो राष्ट्रघात, सबै चुपचाप (04.25.2019)
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम (04.25.2019)
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)
प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि (04.10.2019)
प्रमुख दल गुटबन्दीको शिकार बन्दा (04.10.2019)



 
::| Latest News

 
[Page Top]