युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 09:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
युगसम्वाद ३२औं वर्षमा प्रवेश
Tuesday, 06.18.2019, 02:49pm (GMT+5.5)

युगसम्वाद साप्ताहिक यसै अंकदेखि ३२ औं वर्षमा प्रवेश गरेको छ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रलाई मूलमन्त्र मानेर राष्ट्रिय चिन्तनधार निर्माणमा प्रतिबद्ध रहँदैआएको यस प्रकाशनले विगत ३१ वर्षको अवधिमा निष्पक्ष र स्वतन्त्र ढंगले समाचार र विचार प्रस्तुत गर्दैआएको अभिलेखमा अङ्कित छ । समयको यो अन्तरालमा आमूल राजनीतिक परिवर्तनका शृङ्खलाबद्ध घटना सिर्जित भए पनि नेपाली समाजले उज्यालो दिशामा अगाडि बढ्ने गरी आधारभूत परिवर्तनको अनुभव गर्न बाँकी नै छ । 

राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षाका सवालहरू अहिले पनि उत्तिकै पेचिला बनिरहेका छन् । मुलुकले राष्ट्रिय चिन्तनधारको मूल बाटो समातेको आभास अहिले पनि छैन । आत्मनिर्भरताको बाटो साँघुरिँदैगएको छ । अनेकतामा एकताको विश्वास टुटाउने खालका प्रायोजित गतिविधिहरूप्रति सचेत रहेर राष्ट्रिय जागरण पैदा गर्नु झनझन् अपरिहार्य हुँदैगएको छ । बजारमुखी पत्रकारिताको लहर चलिरहेको बेलामा युगसंवाद जस्ता साना लगानीका पत्रपत्रिकाले अस्तित्व रक्षागर्दै गहन राष्टिय दायित्व पूरा गर्न जमर्को गरिरहनु कम सकसपूर्ण छैन तापनि उत्तरदायी पत्रकारिताप्रतिको प्रतिबद्धताले प्रकाशन निरन्तरतालाई प्रेरित गरिरहेको छ । राष्ट्रिय चिन्तनधार निर्माण र प्रवाहमा युगसंवादको प्रतिबद्धता नै निरन्तर प्रकाशनको प्रेरणास्रोत रहेको छ ।   

तीन दशकभन्दा पनि लामो यस अवधिमा नेपाली सञ्चार माध्यमले प्राविधिक क्षमताको विकासका साथै नवीनतम गतिविधिमा केन्द्रित रही सूचनाको र विचारको प्रवाहमा  उल्लेखनीय प्रगति गरेको निर्विवाद भए पनि प्रेस स्वतन्त्रताको रक्षाका निम्ति निरन्तर चनाखो भएर संघर्षरत रहनुपरेको अवस्था अझै विद्यमान छ । राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र सामाजिक सद्भावको पक्षमा दरोसंग उभिएर कुनै पनि शक्ति वा समूहको प्रभावमा नपरी निष्पक्ष ढंगले  समाचार र विचार प्रस्तुत गर्नुपर्ने अपरिहार्यता रहेको भए पनि त्यो निर्दिष्ट गन्तव्यतिर निर्देशित हुन नेपाली पत्रकारिताले अझै ठूलो चुनौतीको सामना गर्नुपरिरहेको छ । 

व्यापारिक–व्यावसायिक लगानीको प्रवेशपछि विस्तार भएको आयामले सिर्जना गरेका चुनौतीहरू एकातिर छन् भने सानो लगानीका स्वतन्त्र पत्रिकाहरूले आफ्नो अस्तित्व रक्षाकै लागि अनवरत सङ्घर्ष गरिरहनुपरेको छ । बजार सङ्कुचन र विज्ञापन उपलब्धतामा कमीबाट उब्जिएका समस्याहरूले पनि जीवनमरणको सवाल खडागरिरहेको छ । समानुपातिक विज्ञापनका कुरा सधैं कुरैमा सीमित छन् । तर पनि निष्ठा र समर्पणभावले साना लागानीका पत्रपत्रिकाहरूको अस्तित्व कायम नै छ । सचेत पाठक वर्ग र शुभेच्छुकहरूलाई युगसंवाद नियमित प्रकाशनको विश्वास दिलाउन चाहन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
विकासमा राजनीतिक प्रतिबद्धताको अभाव (04.30.2019)
चिनीया राष्ट्रपतिलाई निम्तो (04.30.2019)
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य ! (04.25.2019)
यत्रो राष्ट्रघात, सबै चुपचाप (04.25.2019)
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम (04.25.2019)
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)



 
::| Latest News

 
[Page Top]