युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 07.23.2019, 09:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो !
Tuesday, 06.18.2019, 02:49pm (GMT+5.5)

काठमाडौं । गुठीसम्बन्धी विधेयकले दुई तिहाई बहुमतको बलियो सरकारलाई नराम्रोसंग झस्काएको छ । सामन्ती प्रथाको उन्मुलन गर्ने नाममा १७ सय वर्षदेखि चलिआएको गुठी परम्परा तोड्न र रीतिरिवाज, जात्रा, पर्व, धर्म, संस्कृतिप्रतिको जनआस्थामाथि नै प्रहार हुने गरी राष्ट्रिय सभामा प्रस्तुत गरिएको विधेयकको विरोधमा राजधानी उपत्यकका तीनै शहरमा चर्को विरोधप्रदर्शन भैरहेकाले आन्दोलनको बेग रोक्न सरकार एक कदम पछाडि हट्न तयार भएको सन्देश प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले दिनुभएको छ । जेठ २५ गते युरोपको ‘प्लेजर ट्रिप’मा निस्कनुभएका प्रधानमन्त्री ओली बेलायत र फ्रान्स दुबै देशले उहाँले अगाडि सारेका प्रस्ताव स्वीकार नगरेपछि असार १ गते रित्तो हात स्वदेश फर्कनासाथ त्रिभुवन बिमानस्थलबाटै विवादास्पद गुठी विधेयकवारे गरिएको भूल सच्याउने बचन दिनुभएको छ । 

सत्तापक्षमा केही प्रभावहीन सांसदलाई सो विधेयकको पक्षमा बोल्न लगाए पनि नेकपाकै कतिपय प्रभावकारी सांसदहरूले समेत विवादास्पद विधेयक तत्काल फिर्ता गर्न आवाज उठाइरहेका छन् । विपक्षी दल नेपाली कांग्रेसले त गुठीसम्बन्धी विधेयक र मिडिया काउन्सिल सम्बन्धी विधेयक कुनै हालतमा पनि पारित हुन नदिने हुँकार गर्दैआएको छ । बेग्लाबेग्लै प्रकृतिका विभिन्न गुठीलाई एउटै टोकरीमा हालेर सरकारले चाहेअनुसार गर्नपाउने प्रावधान सहितको विधेयक आएपछि सांस्कृतिक विचलनमुखी सो विधेयकको विरोधमा नेकपाकै मतदाता रहेका बहुसङ्ख्यक उपत्यकावासीहरू नै सडक आन्दोलनमा उत्रिएकाले विवादास्पद विधेयक सच्याउनै पर्ने अवस्थामा सरकार पुगेको छ । सधैं आक्रामक शैलीमा उत्रने सरकारलाई गुठीसम्बन्धी विधेयकले प्रतिरक्षात्मक पंक्तितिर धकेलेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार सत्तारूढ दलभित्र ‘आलोपालोको नेतृत्व’को गोप्य सहमति असमयमा नै उदाङ्ग हुनुका अन्तर्निहित कारण जे जे भए पनि यसले ल्याएको तरङ्गले पार्टी्भित्र एक अर्काप्रति  शङ्का  र अविश्वासको लहर फैलाएको छ । नेपालको आन्तरिक राजनीति र व्यवस्थापनलाई खलबल्याएर यहाँका राजनीतिक शक्ति समूहहरूलाई आआफ्नो रणनीतिक स्वार्थअनुरूप उपयोग गर्न पटकपटक सफल रहेका बाह्यशक्तिहरू अहिले पुनः जुर्मुराउन थालेका र नेपालमा विदेशी सेना ल्याएर छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने ब्यूहरचना भैरहेको सम्मका कुरा सदनभित्रै उठ्न थालेको छ । सत्तारूढ नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङ्ले गत आइतवार विनियोजन विधेयकको छलफलका क्रममा ‘नेपालमा जसरी पनि द्वन्द्व मच्चाउने र विदेशी सेना प्रवेश गराई छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने खेल चलिरहेको’ खुलाशा गर्नुभएको छ । पश्चिमा शक्तिहरू नेपालमा शान्ति प्रक्रिया टुङ्गिन नदिन चलखेल गरिरहेको सङ्गीन आरोप उहाँले लगाउनु भएको र यही मुद्दालाई लिएर सरकार आदलबदल गर्ने प्रयास भैरहेको उहाँको दावी छ भने नेपालको राजनीतिक कोर्ष नै बदलिनसक्ने उहाँको कथनले वर्तमान सरकार र नेपालको राजनीतिक भविष्य नै सन्दिग्ध रहेको यथेष्ठ सङ्केत गरिरहेको छ । सरकार अहिले एकपछि अर्को विधेयकको विवादमा फस्दैगएको छ । प्रधानमन्त्री अथवा मन्त्रीहरूले जति नै हुँकार गरे पनि जनस्तरमा सरकारको छवि धमिलिँदै गएको छ र विश्वसनीयता दिन प्रतिदिन स्खलित भैरहेको छ ।

अहिले बौद्धिक जगतको प्रतिक्रिया के छ भने सरकारले आफ्नो प्रथमिकताको काम के हो भनी तोक्न सकेको देखिँदैन । आगामी साउन १ गतेदेखि लागू हुने बजेट प्रस्तुत हुनासाथ दैनिक उपभोग्य वस्तुको बजारभाउले आकाश छोएको छ । उत्पादकले पाउने र उपभोक्ताले तिर्ने वस्तुको मूल्यमा आकाश जमिनको फरक छ र राजनीतिक संरक्षण प्राप्त बिचौलियाहरू अनियन्त्रित रूपमा मौलाइरहेका छन् तर जनसरोकारको यस्तो सवालमा सरकार मौन र क्रियाहीन छ । उखु किसानहरू फसल बेच्न र बेचेको रकम पाउन नसकेर बिचल्लीमा परेका छन्, सरकारलाई मतलब नै छैन । मेडिकल माफियाको जगजगी कायम नै छ । सरकार नै भित्रभित्रै संरक्षक बनेको आरोप छ । सत्तापक्षकै सांसदले सरकार दलाल र बिचौलियाको प्रभावमा परेको खुलाशा गरेका छन् । अहिलेको सरकारलाई जनताको सरकार भनिन्छ तर जनताका समस्याहरूको कुनै सुनुवाइ छैन । सार्वजनिक यातायातमा  जनतामारा भाडावृद्धिको निर्णय भलै पाँच घण्टा पनि नटिकेको किन नहोस् त्यसको तयारी भैरहेको प्रष्टै सङ्केत छ । अहिलेसम्म निष्पक्षताको शाख जोगाउँदैआएको लोकसेवा आयोगको शेखी झार्ने प्रायोजित खेल उदाङ्गै भएको छ । 

देशको विकास गतिविधि र भावी दिशातिर दृष्टिपात गर्दा के देखिन्छ भने प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरू सिङ्गो देश हेरेर होइन आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेर बजेट विनियोजन गर्न कृतसंकल्प रहेको यथेष्ट प्रमाण बजेटकै बाँडफाँटले दिएको छ । संघ सरकारको अनपेक्षित वितरणमुखी बजेटको सिको प्रदेश सरकारहरूले पनि गरेको प्रदेशका बजेटहरूले देखाइदिएका छन् । समग्र देश र जनता विकासको केन्द्रमा नै छैनन् । जनताको मतमाथि भैरहेको नाङ्गो खेलबाड उदाङ्गिँदै गएकाले जनमानसमा व्यापक निराशा छाउन थालेको छ । सरकारको प्रत्युत्पादक कार्यशैलीप्रति विपक्षी दलको औपचारिक विमतिभन्दा सत्तापक्षकै बढ्दो असन्तुष्टि र पार्टी संरचनाभित्र झ्याङ्गिँदैगएका समस्याहरूले कुन रूप लिने हुन् र पार्टीका प्रमुख सचेतक देव गुरूङ्ले प्रष्ट शब्दमा सङ्केत गरेझै  सरकारको फेरबदल र राजनीतिक कोर्स परिवर्तनका खेल कुन रूपमा देखिने हुन् भन्नेतिर कुतुहलतापूर्ण चासो बढिरहेको छ मुलुक पुनः अनपेक्षित द्वन्द्व र अस्थितरताको फन्दामा पर्ने भय सिर्जना भएको छ ।

संवाद सूत्रहरू भन्दछन् डा. बाबुराम भट्टराई नयाँशक्ति चलाउन नसकेर उपेन्द्र यादवसंग टाँसिन पुगेपछि डा. भट्टराईकै जोडबलमा उपप्रधानमन्त्री यादवमा सत्ता बहिर्गमन र संविधान संशोधनको सदाबहार मागका कुरा त्यसै जुर्मुराउन थालेका होइनन् । विश्वमा कहीँ पनि कम्युनिष्ट सरकार देख्न नचाहने पश्चिमा शक्तिहरू नेपालको कम्युनिष्ट सरकारलाई नै यथेष्ट प्रभावमा  पारेर गैर कम्युनिष्ट नीति र कार्यदिशातिर उन्मुख गराउन सफल देखिएको मान्नेहरू एकातिर देखिइरहेका छन् भने अर्कातिर सरकारका कतिपय कदमले बाह्यशक्तिको प्रभाव झल्किने काम भैरहेको आभास पनि हुनथालेको छ । अन्तर प्रवाहमा रहेका अनेक घटनाले मुलुक कुन नियतिको दिशातिर घचेटिने हो भन्ने अहं प्रश्न खडा भैरहेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
विकासमा राजनीतिक प्रतिबद्धताको अभाव (04.30.2019)
चिनीया राष्ट्रपतिलाई निम्तो (04.30.2019)
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य ! (04.25.2019)
यत्रो राष्ट्रघात, सबै चुपचाप (04.25.2019)
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम (04.25.2019)
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु (04.16.2019)
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली (04.10.2019)



 
::| Latest News

 
[Page Top]