युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.23.2019, 11:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन
Monday, 07.22.2019, 05:41pm (GMT+5.5)

काठमाडौं । नेपालको धार्मिक सम्पदाहरुमा एकपछि अर्को आक्रमण हुन थालेको छ । नेपालको प्रमुख दुई धर्म हिन्दु र बौद्धप्रति अनास्था पैदा गर्ने खेल बारम्बार हुँदैआएको छ । विश्वभरका हिन्दुको आराध्यदेव पशुपतिनाथ परिसर र बौद्ध धर्मावलम्बीहरुको पवित्र भूमि लुम्बिनी क्षेत्र आक्रमणको निशानामा परेका छन् ।
साउन १ गते बुधबार राति रुपन्देहीमा बुद्धका मूर्ति तोडफोड भयो । यो घटनाले नेपालमा धार्मिक द्वन्द्व पैदा गर्ने गम्भीर खतरा रहेको संकेत दिएको छ । देशले २०२० मा नेपाल भ्रमण वर्ष घोषणा गरेको र प्रदेश नं ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेका बेला लुम्बिनी परिसरमै बुद्धमूर्ति तोडफोड भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत पर्ने सडक खण्डमा राखिएका बुद्धमूर्ति तोडफोड भएको हो । 
बुद्ध मूर्ति तोडफोड भएको घटनासंग जोडिएर आउँछ पशुपतिनाथ क्षेत्रमा रहेका मूर्तिहरुको तोडफोडको । पाँच वर्षअघि बेलायतमा केन्द्रीय कार्यालय रहेको ‘कल्की अवतार फाउण्डेशन’ले एक आध्यात्मिक कार्यक्रम गर्न लागेको र सोही कार्यक्रममा ‘अलकायदा’ले पशुपतिनाथ परिसर लगायत उपत्यकाका विभिन्न भागमा बम बिस्फोट गराउने योजना बनाएको सूचना प्रहरीकहाँ पुग्यो । कल्की अवतारका एक सदस्य पाकिस्तानी नागरिकको इमेलको हवाला दिंदै दिनेश भारतीले दिएको सूचनाका आधारमा प्रहरीले पाँचजना पाकिस्तानीसहित २० जनालाई पक्राउ ग¥यो ।
त्यो सूचना गलत भएको प्रहरी निष्कर्ष निस्कियो तर वास्तविकता के हो भन्ने चाहिं अझै खुलासा भएको छैन । त्यसको केही वर्षपछि पशुपति क्षेत्रमा एक महिलाले मानवमुत्र छर्कदै हिंडिन् । हिन्दु धर्मप्रति अनास्था जगाउँदै हिड्ने उनी कहाँबाट परिचालित थिइन् त्यो पनि अझै खुलेको छैन । 
यसै वर्षको जेठमा पशुपति क्षेत्रमा रहेको प्राचीन मूर्ति तोडफोड भयो । गौरीघाटमाथि कैलाश डाँडामा रहेको किरातकालीन राजा यलम्बरको पालामा बनेको किरातेश्वर मन्दिरको मूर्ति आफुलाई माता बताउने दुई जनाले तोडफोड गरे । भालाले हानिएको ढुंगाको सो मूर्तिको पछिल्लो भाग चोइटिएको छ । माता हुँ भनेर मध्यराति आएका दुई जना महिलाले रातो रंग मलाई मन परेन भन्दै तोडफोड गरिदिएका थिए । मूर्तिको एक भाग पुरै ध्वस्त भएको छ । जोड्नै नसकिने अवस्थामा छ । उपत्यकामा पाइने कमै किरातकालीन मूर्तिमध्येमा पर्छ किरातेश्वर । यसको स्थापना किरातकालीन राजा यलम्बरको पालामा बनेको वंशवालीमा उल्लेख छ । पशुपतिनाथ परिसरका मूर्ति तोडफोडपछि रुपन्देहीमा बुद्धमूर्ति तोडफोड भयो । बुटवल–बेलहिया ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँचवटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भए भने केही मूर्ति सडकमै ल्याएर फ्याँकिए । तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्य बढाउन र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान दिन ६ लेन सडकको बीच डिभाइडरमा योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेको थियो । ६ लेन सडकको डिभाइडरमा तीनसय मिटर दुरीको फरकमा बुद्ध मूर्ति छन् । मूर्ति राख्ने योजना अझै जारी छ ।
सडक खण्डको बीच भागमा राखिएका ती बुद्धमूर्ति गत बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका तर बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएका थिए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेका अनुसार विकास विरोधी वा अन्य कुत्सित उद्देश्यसहित योजनाबद्ध ढंगले गाडीसहित समूहमा आएर तोडफोड गरिएको हुनसक्छ । शान्ति सुरक्षासँग पनि जोडिएको विषय भएकाले सुरक्षा निकायले गम्भीरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानूनी कारवाही गर्न उहाँले माग गर्नुभएको छ ।
विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी क्षेत्रमै बुद्धमूर्ति तोडफोड हुनु कुनै छुल्याहाको काम पटक्कै हैन । नेपालमा धर्म परिवर्तनको लहर चलिरहेको र पश्चिमा धर्म–संस्कृतिले जरा बलियो बनाउँदै लगेका बेला यो त्यस्तै समूहको कार्य हुनसक्ने आशंका व्यक्त भैरहेको छ । उसै त बुद्ध नेपालमा जन्मेका हैनन् भनेर विश्वव्यापी रुपमा षडयन्त्रपूर्ण गलत प्रचार भैरहेका बेला बुद्धकै मूर्ति तोडफोड हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।
यो काम नेपाली जनताको धार्मिक आस्थामाथि प्रहार गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने समूहको काम हुनसक्ने आशंका धेरैको छ । किनभने नेपालको मौलिक धर्म र सम्पत्तिका रुपमा रहेको हिन्दु र बौद्ध धर्ममाथि प्रहार गर्नसके नेपाल समाप्त हुने निष्कर्षसहित नियोजित रुपमा प्रयास भैरहेको सन्दर्भमा बुद्धमूर्ति तोडिएको घटनालाई सामान्य रुपमा लिनु हुन्न । यसको भित्री रहस्य सतहमा ल्याउनैपर्छ ।
मुलुकको पुरातात्विक महत्वका सम्पदामाथिको आक्रमण सामान्य आपराधिक गतिविधिका रुपमा लिने भुल कसैले गर्नुहुन्न । 
हुन त जिम्मेवार निकाय नै सम्पदाको संरक्षणमा दृढतापूर्वक लागेको पाइँदैन । भूकम्पपछि क्षतिग्रस्त भएका सम्पदाहरुको संरक्षणा र त्यहाँको संरचना पुनःनिर्माणमा समेत लापरवाही भैरहेको छ । पशुपतिक्षेत्रमा अहिले पनि पुरातात्विक मूर्तिहरु बेबारिसे अवस्थामा झाडीमा मिल्किएको देख्न सकिन्छ । यसले गर्दा केही मूर्तिहरु हराइसकेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
युगसम्वाद ३२औं वर्षमा प्रवेश (06.18.2019)
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो ! (06.18.2019)
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
विकासमा राजनीतिक प्रतिबद्धताको अभाव (04.30.2019)
चिनीया राष्ट्रपतिलाई निम्तो (04.30.2019)
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य ! (04.25.2019)
यत्रो राष्ट्रघात, सबै चुपचाप (04.25.2019)
राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम (04.25.2019)
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै (04.16.2019)
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ? (04.16.2019)
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै ! (04.16.2019)



 
::| Latest News

 
[Page Top]