युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.23.2019, 11:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण
Tuesday, 07.30.2019, 12:40pm (GMT+5.5)

भारतको खुँखार खुफिया एजेन्सी भनी चर्चित हुँदैआएको ‘रअ’का प्रमुख सामन्तकुमार गोयल सो पद सम्भालेको एक महिना पुग्दानपुग्दै अघिल्लो हप्ता नेपालको तीन दिने गोप्य भ्रमणमा भारत फर्केको खवरले राजधानीको राजनीतिक वृत्तमा सनसनी फैलाइरहेको छ । उनी नेपाल ‘मिसन’मा आएको बेला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग गोप्य संवाद गरेको खुला चर्चा भैरहे पनि प्रधानमन्त्री ओलीसंगको भेटको खण्डन संचार मन्त्रीबाट भएको छ । 
पाकिस्तानको बिखण्डन र बङ्गलादेशको निर्माण, सिक्किमको भारतमा विलय र श्रीलङ्कामा तामिल विद्रोह सिर्जित गृहयुद्धदेखि लिएर छिमेकी मुलुकहरूको आन्तरिक मामिलामा प्रत्यक्ष सरोकार राखेर ‘रअ’ले चलखेल गर्दैआएको वास्तविकताले नेपालमा पनि बेलाबखत तरङ्ग पैदा गर्ने गरेको पृष्ठभूमि भएको ‘रअ’का प्रमुख गोयलको यो चर्चित भ्रमणको निहितार्थ के हो भन्ने उत्कण्ठा राजनीतिक, बौद्धिक, कुटनीतिक हरेक क्षेत्रमा जागृत भैरहेको हाम्रो संवादसूत्रले बताएको छ । 
रअ’का पूर्व अधिकारी आई.के. यादवको ‘मिसन रअ’ नामक पुस्तकले माथि उल्लेखित प्रकरणहरूका अतिरिक्त नेपालको सन्दर्भमा समेत धेरै कुरा प्रकाश पारेको र सो पुस्तकको नेपाली अनुवादले समेत सन्सनी मच्चाइरहेकाले ‘रअ’का वर्तमान प्रमुखले नयाँ जिम्मेवारी सम्हाल्नासाथ प्राथमिकतामा राखेर नेपाल भ्रमणमा आउनुको भित्री उद्देश्य के हो भन्ने कुतुहलता स्वतः जन्माएको छ । 
नेपालको आन्तरिक मामिलामा भारतको प्रत्यक्ष–अप्रत्यक्ष चलखेल अनि हस्तक्षेप र राजनीतिक उथलपुथलका निम्ति हुँदैआएको ब्यूहरचनाका परिणामहरू शृङ्खलाबद्ध रूपमा सतहमा देखापर्दैआएका हुनाले पनि यस्ता प्रकरणप्रति नेपाली जनमानसमा चासो बढ्ने गरेको पाइन्छ । नेपालको वर्तमान संविधान जारी गर्दा भारतले प्रत्यक्ष असन्तुष्टि देखाई अघोषित आर्थिक नाकाबन्दी गरेको पीडाजन्य परिस्थितिबोध अझै पनि विस्मृतिमा पुगेको छैन । संविधान संशोधनका लागि दर्ज भएको मुद्दाको पनि किनारा लागेको छैन । 
नेपालमा अहिले लोकप्रिय जनमतप्राप्त दुई तिहाइ बहुमतको स्थायी सरकार स्थापित भएको मानिए पनि नियन्त्रित अस्थिरता सिर्जनाका अनेक लक्षणहरू देखापरिरहेका र राजनीतिक द्वन्द्वको अवशान यथार्थमा हुन बाँकी नै रहेको चर्चा परिचर्चा हुन छोडेको छैन ।  
भारतमा भाजपाले नै सरकारको नेतृत्व गरे पनि नयाँ मन्त्रिमण्डल बनेपछि दुई देशबीच राजनीतिक भेटघाट नहुँदै ‘रअ’ प्रमुखलाई नेपाल पठाएर भारत सरकारले के सन्देश दिन खोजेको हो भविष्यमा देखिनेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन (07.22.2019)
गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा (07.22.2019)
युगसम्वाद ३२औं वर्षमा प्रवेश (06.18.2019)
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो ! (06.18.2019)
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
विकासमा राजनीतिक प्रतिबद्धताको अभाव (04.30.2019)
चिनीया राष्ट्रपतिलाई निम्तो (04.30.2019)
पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य ! (04.25.2019)
यत्रो राष्ट्रघात, सबै चुपचाप (04.25.2019)



 
::| Latest News

 
[Page Top]