युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 02:54am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
अप्रतिम स्रष्टा दीक्षितको अवशान
Tuesday, 08.20.2019, 01:31pm (GMT+5.5)

काठमाडौं । मूर्धन्य साहित्यकार, अग्रणी पत्रकार तथा राजनीतिक चिन्तकका रूपमा सुपरिचित शिखर व्यक्तित्व मदनमणि दीक्षितको गत साउन ३० गते ९७ वर्षको उमेरमा निधन भएको दुःखद खवरले सिङ्गो नेपाली समाजलाई मर्माहत बनाएको छ । पूर्वीय आध्यात्मिक दर्शन र भौतिकवादी मार्कवादी दर्शनको गहनतम अध्ययनकर्ता र ज्ञानका सागर मानिने दीक्षितले २०३९ सालमा मदन पुस्कार प्राप्त वृहद उपन्यास ‘माधवी’ ग्यास च्याम्वरको मृत्यु, मेरी निलिमा, भूमिसुक्त, दश लाख हिरिसिमातिर, म रुँदै विर्सिन्छु, सीता र द्रौपदी, मेरी माता केही संस्मरणात्मक ग्रन्थलगायत तीन दर्जनभन्दा बढी गहन कृति प्रकाशित छन् भने उहाँले पछिल्लो चरणमा लेखिएका केही कृतिहरू प्रकाशनमा आउन बाँकी नै छन् । वैदिककालिन विषयवस्तु समेटेर नेपालीमा विशिष्ट कृतिहरूको रचना गर्ने उहाँ अप्रतिम स्रष्टा हुनुहुन्थ्यो ।
वि.सं १९७९ साल फागुन ६ गते काठमाडौंको गैरिधारामा जन्मिनुभएका दीक्षितको प्रयोगपरक लेखनधर्मीताले पहिलो चरणमा पत्रकारिता र पछिल्लो चरणमा साहित्य सिर्जनामा विशेष प्रभाव जमाएको थियो । आधा शताब्दिभन्दा लामो समय पत्रकारितामा सक्रिय रहनुभएका दीक्षितको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालमा संस्थापनविरूद्ध लक्षित रहेर जनप्रियता कायम गर्न सफल रहेको थियो । बहुदलीय कालखण्डमा पनि लोकप्रिय साप्ताहिकका रूपमा समीक्षाको गणना हुनेगरेको थियो । समीक्षा बन्द भएपछि ‘युगसम्वाद साप्ताहिक’मा पनि उहाँका समसामयिक लेखहरू प्रकाशित हुनेगरेका थिए ।
मदनमणि दीक्षित नेपालको बौद्धिक राजनीतिक जगतमा पनि ख्यातनामा हुनुहुन्थ्यो । उहाँमा केही वर्ष यतादेखि मुटु, मृगौला र फोक्सो सम्बन्धि समस्या देखिएको थियो । तर उपचारको क्रममा रहँदारहँदै पनि उहाँले अन्तिम अवस्थासम्म पनि अरूको सहायता लिएर लेखनकार्य जारी  राख्नुभएको थियो । आफ्नो स्मृतिपटलमा रहेका र अनुभवजन्य कुरालाई लेखनका माध्यमले अभिलेखीकरण गर्दैजाने उहाँको अभिरुची र क्षमता अद्भूत थियो । उहाँको देहावशनको दुःखद खवर फैलिएपछि सत्ताधारी नेकपा, प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायत विभिन्न दलका नेताहरू एवं पत्रकारहरू उहाँको निवासदेखि लिएर आर्यघाटसम्म पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।  उहाँका श्रीमती, बरिष्ठ पत्रकार विनोद दीक्षितलगायत तीन छोरा र एक छोरी साहित्यकार इल्या भट्टराई हुनुहुन्छ । चार छोरामध्ये एक छोराको केही वर्ष अगाडि नै निधन भएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन (07.22.2019)
गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा (07.22.2019)
युगसम्वाद ३२औं वर्षमा प्रवेश (06.18.2019)
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो ! (06.18.2019)
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)
आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु (04.30.2019)



 
::| Latest News

 
[Page Top]