युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 05:25am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ !
Tuesday, 08.20.2019, 01:32pm (GMT+5.5)

काठमाडौं । सत्तारूढ नेकपाभित्र कार्यविभाजनको बखेडा समाप्त प्रायः भएपछि अन्तर्विरोध र असन्तुष्टिको नयाँ शृङ्खला सुरू भएको छ । एक व्यक्ति एक पदको बहस छेडेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ठेगानमा ल्याउन खोज्ने परीणामहीन कसरतलाई चुनौती दिँदै अध्यक्ष ओलीले पार्टी र सरकारमा एकछत्र प्रभाव जमाएपछि परोक्ष कार्वाहीका रुपमा वरियतामा तल झारिएका बरिष्ट नेता माधवकुमार नेपालको छटपटी र असन्तुष्टि चुलिएको छ । एकातिर पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणप्रति पछुतो गर्न थाल्नु र सत्तासाझेदार दल समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले ओलीको कुर्सी हल्लिन थालेको दावी गर्नु अनि अर्कातिर राजतन्त्रको पुनःस्थापनको बहस चुलिँदैजानुले ओली सरकारको भविष्यप्रति आशङ्का उब्जिन थालेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले पाँचवर्षसम्म प्रधानमन्त्रीको कुर्सीमा कसैले नचियाए हुन्छ भन्दै संविधानविरुद्ध जानेलाई त्यसै नछोड्ने हुङ्कार संसदमा गरेपछि राजनीतिक क्षेत्रमा थप सनसनी पैदा भएको छ । नेकपाभित्रको आन्तरिक समीकरण बदलेर आफ्नो अनकूलको स्थिति निर्माण गर्न माहिर ठहरिनुभएका प्रधानमन्त्री ओलीले नेताहरूको कार्यविभाजनमा देखाएको प्रभावलाई क.प्रचण्ड र माधवकुमार नेपालले सजह रूपमा नलिएको भए पनि विद्रोह नै गर्नसक्ने अवस्था रहेको देखिँदैन । देशको आन्तरिक परिस्थिति बिग्रिँदै जटिल बन्दै गैरहेको र वाञ्छित समझदारीका लागि संवादको अपरिहार्यताप्रति पनि प्रधानमन्त्रीको ध्यान आकर्षित नभएको भए पनि आन्तरिक परिस्थिति सरकारका लागि त्यति ठूलो समस्याका रूपमा देखिइनसकेको राजनीतिक संवाद सूत्रहरूको कथन छ ।
गएको हप्ता संसदमा सीमा अतिक्रमण र डुबानको समस्यादेखि विगतमा भएगरेका सन्धि–सम्झौताहरूको पालना नभएको सबाललाई लिएर गम्भीर सबाल उठाएको देखियो । सीमा जोडिएका विभिन्न जिल्लाका ७५ ठाउँमा सीमा अतिक्रमण भएको जिकिर गर्दै तराईमा डुबानको समस्या चर्किँदैजानुका पछाडि भारतले सीमावर्ती इलाकामा अबैध रूपमा निर्माण गर्दैआएको बाँध, तटबन्ध र सडक नै मुख्य कारण रहेको आवाज सांसदहरूले उठाए ।  बौद्धिक विश्लेषक तथा बहुचर्चित राजनीतिक चिन्तक प्रदीप गिरिले त ‘सक्छ भने भारतले नेपाललाई सिक्किम बनाउँछ’ भनेर किटान नै गरेको खुलाशा भयो । राज्यसञ्चालनको गति यस्तै रहने हो भने निकट भविष्यमा देश नै नरहने स्थिति सिर्जना हुने भयसमेत सञ्चार माध्यमहरूबाट प्रवाहित हुनथालेका छन् ।  यसैबीच सभामुख कृष्णबहादुर महराको ‘नेपाल–भारत सम्बन्धलाई कसैले कमजोर पार्ननसक्ने’ धारणा सार्वजनिक हुनुको निहितार्थ के हो भन्नेतिर पनि राजनीतिक विश्लेषकहरूको ध्यान तानिएको छ । 
विश्लेषकहरूका दृष्टिमा राष्ट्रिय परिस्थिति अकल्पनीय जटिलतातिर उन्मुख हुँदैगएको छ । राज्यसंयन्त्रप्रति सेवाग्राही जनताको विश्वास भङ्ग हुँदैगएको छ । सरकारले आफ्ना मातहतका कर्मचारीलाई जनसेवाका लागि परिचालित गर्न नसकेको दुर्दान्त अवस्था अनियन्त्रित बजार, विकास आयोजनाहरूमा भैरहेको विलम्ब र माथिदेखि तलसम्म विकेन्द्रित हुँदैगएको आर्थिक भ्रष्टाचारको आमअनुभूतिले नै दर्शाइरहेको छ । जनप्रतिनिधिहरू जनसेवा र विकास गतिविधितिर प्रेरित हुन छोडेर कसरी सुविधा बढाउने र लाभ लिने भन्नेतिर उन्मुख भैरहेका छन् । राजनीतिक नेतृत्व नै दुषित बन्दैगएका कारण जताततै भ्रष्टाचार बढेको र झन् झन् मौलाएको आम टिप्पणी छ । सरकारको कामकारवाही व्यवस्थित र प्रभावकारी बन्नसकेको कहीँ कतै देखिँदेन । कहीं कतै खुद्रे भ्रष्टाचारीहरू पक्राउ परेको खवर खुबै प्रचारित हुने गरेको भए पनि ठूला भ्रष्टाचारी, कमिशनखोर, राजस्वमाराहरूको पहिचान गरी कार्यवाहीको दायरामा ल्याउने उत्सुकता र जाँगर सम्बद्ध निकाय र सरकारले नदेखाएको खुला चर्चाको विषय बनिरहेको छ । राजनीतिक क्षेत्रमा विश्वासको सङ्कट घनीभूत रूपमा बढेर गएको छ । 
सत्ताधारी दलकै कतिपय नेताहरू सरकार र पार्टी दुवैतिर नीति, सिद्धान्त, मूल्य–मान्यताको घोर उपेक्षा हुँदैगएको इमानको स्खलन र सत्यको हत्याको शृङ्खलाले विकराल रूप लिइरहेको धारणा राख्दै खुला बहसमा उत्रिन थालेका छन् । सत्ता साझेदार दल समाजवादी पार्टीका शीर्ष नेताहरू सरकारले संविधान संशोधनको सवालमा  सम्झौता र पूर्व सहमतिको उपेक्षा गर्दैआएको गुनासो सार्वजनिक गर्दै सरकार छोड्ने र आन्दोलनमा जाने धम्की दिन अग्रसर देखिएका छन् । मुद्दाविहीन र सुस्त गतिमा देखिएको प्रमुख प्रतिपक्षी दल र भित्री मोलाहिजामा अभ्यस्त अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीबाट भन्दा सत्तारूढ दलभित्रैको अन्तर्कलहले कालान्तरमा बिस्फोटक स्थिति पैदा हुने र सरकार संकटमा पर्नसक्ने सम्भावना रहेको आशङ्का फैलिन थालेको छ । सत्ता सुखभोगमा डुबेकाहरू भने यस्तो विषम परिस्थितिको सिर्जनाप्रति बेखवर जस्तै देखिएका र लुटतन्त्र र भद्रगोलतन्त्रलाई रामराज्यको रूपमा चित्रित गर्न नै लालायित देखिएका छन् । यस्तो असङ्गत अवस्थाको पीडा मुलुकले कुन रूपमा भोग्नुपर्ने हो भन्ने चिन्ताजन्य प्रश्न खडा भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कोशी सम्झौता पीडितहरु आन्दोलित (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)
गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा (07.22.2019)
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन (07.22.2019)
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो ! (06.18.2019)
युगसम्वाद ३२औं वर्षमा प्रवेश (06.18.2019)
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)
नेपाल र चीन अब धेरै नजिक (04.30.2019)



 
::| Latest News

 
[Page Top]