युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 02:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
डेंगु नियन्त्रण गर्न सरकार असफल
Tuesday, 09.10.2019, 08:24am (GMT+5.5)

काठमाडौं । देशका चार दर्जन जिल्ला डेंगुबाट प्रभावित छन् र यसको प्रकोपबाट दर्जन बढीको ज्यान गैसकेको छ । अस्पतालहरुमा बिरामीको चाप छ भने काठमाडौं उपत्यका पनि उच्च जाखिममा रहेको पाइएको छ । न्यूरोडमै एक वृद्धको डेंगुबाट मृत्यु भएको छ । संसदमा यसको चर्को आवाज उठे पनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । सरकारले डेंगु नियन्त्रण आफ्नो बसमा नरहेको बताएर लाचारी सार्वजनिक गरिसकेको छ । 
डेगुका कारण हरेक दिन ज्यान गएका समाचारहरु आइरहेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ । सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो । डेंगु महामारीका रूपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरेको छ ।
काठमाडौंमा हरेक वर्ष डेंगु फैलदो छ । विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने यसबाट संक्रमित हुनेको संख्या दोब्बरका दरले हरेक वर्ष बढिरहेको छ । उपत्यकामा २०७०।७१ मा ३०२ जना, २०७१।७२ मा १३४ जना, २०७२।७३ मा १ हजार ५२७ जना, २०७३।७४ मा २ हजार १११ जना, २०७४।७५ मा ८११ जना, २०७५।७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ६० दिनमा २ हजार ९०८ जना यसबाट प्रभावित भइसकेका छन् । 
काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।
यसको कारण भनेको सरसफाईमा ध्यान नपुग्नु हो । नदी किनार तथा सडकमा थुप्रने फोहरले जन्माउने लामखुट्टे न डेंगुको प्रमुख स्रोत भएकाले अहिले काठमाडौं महानगरपालिकाले नदी किनारका बस्ती तथा फोहर बढी थुप्रने स्थानमा औषधि छर्कन सुरु गरिरहेको छ । यसै गरी सरकारले शुक्रराज ट्रपिकल अस्पताललाई डेंगुका बिरामीको सम्पूर्ण उपचार निशुल्क गर्न निर्देशन दिइसकेको छ ।
के हो डेंगु
डेंगु भाइरस विश्वमै २ सय वर्ष पहिले अफ्रिकामा भेटिएको विज्ञहरू बताउँछन् । उक्त भाइरस अफ्रिकामा पानीजहाजमा काम गर्ने कामदारमा देखा परेको थियो । १९ औं शताब्दीमा भएको दोस्रो विश्वयुद्धपहिले अफ्रिकामा सीमित उक्त भाइरस दोस्रो विश्वयुद्धताका युद्धमा होमिएका सिपाही, सामान ओसारपसार गर्ने मानिसहरूबाट बिस्तारै अमेरिका, जापानजस्ता देशमा सर्न पुग्यो । 
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यो एक प्रकारको ज्वरो हो । डेंगु एजेप्टाई र एडिस एल्बोमेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी ४ प्रकारको हुन्छ । एडिस लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेता थोप्ला पनि देखिन्छ। यो रोग ग्रामीण भेगभन्दा शहरी क्षेत्रमा बढी फैलिएको पाइन्छ ।
डेंगु सार्ने लामखुट्टेले पानी जमेको सानो स्थानमा फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रा टायर, मट्टीतेलका खाली ड्रम, गमला, फूलदानी, पानी ट्यांकी आदिमा यसले फुल पार्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ ।
एक्कासि ज्वरो आउनु र ज्वरो आएपछि ५–६ दिनसम्म निको नहुनु नै डेंगुको लक्षण मानिएको छ। बिस्तारै ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरूचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने, रगतमा दाग देखिने, डाबरहरू आउनेजस्ता लक्षणहरू देखा पर्छ । यति मात्र नभई पेट, छाला, आन्द्रा आदिबाट असामान्य रक्तश्राव हुन सक्ने पनि डाक्टरहरू बताउँछन्। डेंगु लागिसकेको बिरामीलाई असाध्यै कमजोरी महसुस हुने, भोकसमेत कम लाग्नेजस्ता समस्या देखा पर्छन् । सेतो रगत (प्लेटिलेस) को मात्रा अत्यधिक कम हुन्छ ।
डेंगु ज्वरो भाइरसको कारण हुने र यसको खास उपचार नहुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । कसैलाई उच्च ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ पुगी परामर्श लिइहाल्नुपर्छ। बिरामी समयमै चिकित्सककहाँ पुगेको खण्डमा चिकित्सकको पूर्ण निगरानीमा रोगले निम्त्याउने जटिलतालाई कम गरी निको पार्न सकिन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ ! (08.20.2019)
कोशी सम्झौता पीडितहरु आन्दोलित (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)
गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा (07.22.2019)
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन (07.22.2019)
युगसम्वाद ३२औं वर्षमा प्रवेश (06.18.2019)
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो ! (06.18.2019)
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)
सरकारलाई विधेयकको सकस (05.28.2019)



 
::| Latest News

 
[Page Top]