युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 03:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
‘रअ’को डरलाग्दो प्लान– नेताहरुले पत्तै नपाएको हो ?
Tuesday, 09.10.2019, 08:25am (GMT+5.5)

आज नेपालमा सिक्किमीकरणको दुन्दुभी बजेको छ । भारतीय जासुसी संस्था रअका पूर्व अधिकारी अमर भूषणको पुस्तक इन्साइड नेपाल सार्वजनिक भएपछि चौतर्फी यसको चिन्ता जागृत छ र नेपालका कतिपय नेताहरु नजानेरै वा अति महत्वकांक्षाले लेण्डुप दोर्जेपथमा लागेको आरोप लागेको छ । हुन त यस्तो आरोप यो नै पहिलोपटक भने हैन । जबजब राष्ट्रियताको सवाल आउँछ महेन्द्रपथ, लेण्डुप पथ, वीपीको राष्ट्रिय मेलमिलापको पथ अनि मदन भण्डारीपथको चर्चा हुन्छ । लेण्डुपपथ राष्ट्र विलयको पथ थियो भने राजा महेन्द्रको पथ देश विकासको अनि निरंकुशताको । त्यस्तै वीपीको पथ राजा र पार्टीहरु मिलेर देश चलाउनुपर्छ भन्ने थियो भने मदन भण्डारीको पनि लगभग त्यस्तै थियो । उनले जनतालाई अधिकार सुम्पिएर राजा दरबारमा बस्दा हुन्छ, देशलाई राजा चाहिन्छ भनेका थिए । (विस्तृत विवरण पृष्ठ ३ मा पनि)
आज मुलुकमा राजतन्त्र छैन, गणतन्त्र छ र वामपन्थीको दुईतिहाई बहुमतको सरकार छ । तर यही सरकार संचालन गरेको पार्टीका अध्यक्ष कसरी रअको हस्तक्षेपमा परे र कसरी देशबाट राजतन्त्र हटाउन सहमत भए भन्ने अमर भूषणको पुस्तकले खोलिदिएको छ । ७० को दशकमा सिक्किमा जे घटनाघट्यो त्यो २१ औं शताब्दीमा नेपालमा भैरहेको विश्लेषणकाबीच लेण्डुप चरित्रको चर्चा व्यापक हुन पुगेको हो ।
जतिबेला हिमाली अधिराज्य सिक्किममा राजतन्त्र थियो, त्यहाँका जनता गरीब भए पनि सार्वभौम थिए, स्वाभिमानी थिए । तर जब भारतले सिक्किममा प्रजातन्त्र ल्याइदियो तब सिक्किमको अस्तित्व केही दशकमै सकियो सिक्किम भारतको एउटा प्रान्त बन्यो ।
सिक्किम भारतमा सैनिक बलले विलय भएको थिएन । भारतको डिजाइनमा गराइएको निर्वाचनबाट दुई तिहाई मत ल्याएको सरकारले सिक्किमको स्वतन्त्रताको हत्या गरेको थियो र त्यो हत्याका पिता थिए काजी लेण्डुप दोर्जे आफ्नै माटोप्रति गद्दारी गर्ने, देशद्रोह र गद्दारीको पर्याय थिए । 
सिक्किमका धर्मगुरु थिए काजी लेण्डुप दोर्जे । उनको जन्म सन् १९०४ मा पूर्वी सिक्किमको पाक्योङमा भयो । ६ वर्षको उमेरमा उनी अध्ययनका लागि सिक्किमको चर्चित रुम्टेक गुम्बामा भर्ना भए । उनका आफ्नै सानोबुवा गुम्बाका प्रमुख थिए । त्यसबेला सिक्किमका राजा थिए टुल्कु नाम्ग्याल । उनी एकदिन रुम्टेक गुम्बा पुगे । त्यहाँ लेण्डुपलाई देखेर उनी प्रभावित भए । त्यसपछि राजाले लेण्डुपलाई आफ्नो दरबार गान्तोक ल्याएर तिब्बती लामा स्कूलमा भर्ना गरिदिए ।
१६ वर्षको उमेरमा लेण्डुपलाई पुन रुम्टेक गुम्बा पठाएर दुई वर्ष अत्यन्त कठोर अध्ययनमा लगाइयो । अध्ययनपछि लेण्डुपलाई नै गुम्बाको प्रमुख लामा पदमा नियुक्त गरियो । जुन पद उनले आठ वर्ष सम्हाले । लेण्डुपका दाजु फाग छिरिङले दार्ज्िलङमा युवा वौद्ध एसोसिएसन खोलेका थिए । त्यसपछि रुम्टेक गुम्बाको प्रमुख लामा पद छाडेर सो एसोसिएसन सम्हाल्न लेण्डुप दार्ज्िलङ गए । दुवै दाजुभाइले मिलेर पूर्वी सिक्किममा स्कूल खोले, सामाजिक सुधारका काम थाले । जसबाट लेण्डुपको लोकप्रियता चुलिदै गयो ।
राजाले लेण्डुपलाई सजिलै चिन्थे र माया गर्थे । राजाकै माया पाएर होला उनी एकपछि अर्को काममा हौसिदै गए । स्वतन्त्र राष्ट्र सिक्किममा सन् १९४५ मा सिक्किम प्रजा मण्डल पार्टी खोले, अध्यक्ष बने । १९५३ मा उनी सिक्किम स्टेट कांग्रेसमा मिसिए, अध्यक्ष बने । लगत्तै उनी भारतको राजधानी नयाँ दिल्ली गएर तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेट गरे ।
त्यहाँबाट फर्किएर उनी राजतन्त्र विरोधी अभियान सुरु गर्न थाले । जुन राजाले उनको जीवन र परिचय बनाए, काजी पदवी दिलाए उनै राजालाई हटाउन लागि परे । त्यस अघि नै सिक्किमलाई भारतले आफ्नो सुरक्षा छाताभित्र लिइसकेको थियो तर विलय गर्न सकेको थिएन । विलय गर्न भारतलाई सिक्किममै देशद्रोही नेता चाहिएको थियो । जसको काम गरे लेण्डुप दोर्जेले ।
१९६० मा सिक्किममा भएको आम चुनावमा लेण्डुपको पार्टीले १८ मध्ये आठ सिट जित्यो । उनलाई भारतले सहयोग गरिरहेको थियो । भारतले सिक्किममा लेप्चा, भोटे र नेपाली भाषीलाई बेग्लाबेग्लै रुपमा उकासेर साम्प्रदायिक विभाजन गराइसकेको थियो । सिक्किममा जातीय द्वन्द्व र अस्थिरता बढाउन भारतले पुरै अस्त्र प्रयोग गर्यो । सन् १९७३ को चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मा मात्र सिट जित्यो । तर धाँधली भएको भन्दै भारतीय हस्तक्षेपमा पुनः चुनाव गराएर लेण्डुपको पाटीलाई ३२ मध्ये ३१ सिटमा विजयी गराइयो । त्यसपछि उनी सिक्किमका प्रधानमन्त्री भए । दुई तिहाईभन्दा बढी बहुमत भएपछि संसदले सिक्किमलाई भारतलाई विलय गर्ने निर्णय गर्यो । यो निर्णयसँगै सिक्किमलाई भारतले आफ्नो पुर्ण अधिनमा लियो । देशका प्रधानमन्त्री लेण्डुप भारतको प्रदेशका मुख्यमन्त्री बने । विलयपछि सिक्किममा लेण्डुपले पूरै दमनको शासन चलाएर विद्रोहीहरुलाई निमिट्यान्न पार्न खोजे । विद्रोह पूर्णरुपमा दबाएपछि लेण्डुप पनि त्यति चर्चामा आएनन् । त्यतिबेला त्यहाँका राजालाई जेल हालियो । १९७९ मा भारतको प्रान्तको हैसियतमा भएको आमचुनावमा लेण्डुपको पार्टीलाई अस्तीत्व नै नरहने गरि भारतीय केन्द्र सरकारको योजनामा हराइयो । उनलाई सिध्याउन भारत सरकार नै लागेको थियो । जब चुनाव सकियो त्यतिबेला लेण्डुपले आफूमाथि गद्दारी भएको थाहा पाए तर ढिलो भइसकेको थियो । त्यसपछि उनी विक्षिप्त जस्तै बने । सिक्किमलाई भारतमा विलय गरकोमा पछुतो माने ।
जनताले घृणा गर्ने, भारत सरकार र भारतीय नेताहरुले जहाँ जे पनि गद्दारी गर्नसक्ने मान्छे भन्दै आलोचना गर्न थालेपछि उनी सिक्किम छाडे । पश्चिम बंगालको कालिङपोङमा उनलाई एउटा पूरानो र थोत्रो घर बस्नका लागि भारत सरकारले दियो । सत्तामा पुग्न नपाएर विजोग भएपछि विदेशी पत्नी पनि उनलाई छाडेर हिँडिन् । सन् २००७ मा कालिङपोङमा एकसय दुई वर्षको उमेरमा उनको निधन भयो । मरेपछि तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले उनलाई महान भारतभक्त भन्दै पद्मभूषण पदक दिने घोषणा गरे । सिक्किमलाई भारतमा विलय गराउन लेण्डुपले गरेको योगदानको प्रशंसा गरे । देश बेचेर सत्ताको शिखरमा आजन्म बस्छु भन्ने लेण्डुपको सपना कहिल्यै पुरा भएन ।
एउटा कुरा के स्पष्ट छ भने भारतले नेपालका नेताहरुको प्रयोग गरिरहेको छ र गरिरहने प्रयास जारी राख्नेछ । तर भारतले जसरी काजी लेन्डुप दोर्जीले सिक्किमलाई भारतमा विलय गराउन महत्वपूर्ण भूमिका निभाएपछि उनलाई पूरै बेवास्ता गर्यो भारतको शरण पर्ने हरनेताको हालत त्यस्तै हुन्छ । बुझ्नैपर्ने कुरा के छ भने भारतमा विजय हुनुअघि जुन देशका जनताले दोर्जीको जयजयकार गाउँदै सिक्किमको संविधानसभाको ३५ सिटमा ३४ सिट दोर्जीको पार्टी सिक्किम नेशनल कँग्रेसलाई विजय दिलाएका थिए, तिनै जनताले पाँच वर्षपछि सम्पन्न चुनावमा उनको पार्टीका एक जना उम्मेद्वारलाई पनि जिताएनन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
डेंगु नियन्त्रण गर्न सरकार असफल (09.10.2019)
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ ! (08.20.2019)
कोशी सम्झौता पीडितहरु आन्दोलित (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)
गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा (07.22.2019)
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन (07.22.2019)
युगसम्वाद ३२औं वर्षमा प्रवेश (06.18.2019)
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो ! (06.18.2019)
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)



 
::| Latest News

 
[Page Top]