युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 05:47am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेपाल–चीन बहुआयामिक सम्बन्ध
Tuesday, 09.10.2019, 08:25am (GMT+5.5)

काठमाडौं ।  चीनका विदेशमन्त्री वाङ यीको गत आइतवार सुरू भै आज मङ्गलवार सकिने उच्च स्तरीय औपचारिक भ्रमणको उपादेयता र उपलब्धिवारे नेपाली जनमासमा व्यापक उत्कण्ठा रहेको छ । परिवर्तित विश्व सन्दर्भ र नेपाल–चीनबीच बहुआयामिक सम्बन्ध विस्तारको बढ्दो आकांक्षाले गर्दा यो भ्रमणले निकट भविष्यमा नै देखाउनसक्ने नतिजा आम उत्सुकता र प्रतिक्षाको विषय बनेको छ । विश्वको आर्थराजनीतिक मानचित्रलाई नै बदल्ने गरी चीनको प्रभावकारी भूमिका स्थापित भैसकेको सन्दर्भमा नेपाली जनताले विश्वास र भरोशा गरेको मित्रदेश चीनका राष्ट्रपति सि जिनपिङको बहुप्रतिक्षित नेपाल भ्रमणको तयारीमा लक्षित मानिएको विदेशमन्त्री यीको सान्दर्भिक भ्रमणले पारस्परिक सद्भाव, सहयोग र सहकार्य विस्तारमा  निसन्देह नयाँ  आयामदिने विश्वास जागृत भएको छ । छिमेकी मित्रदेश चीनले अपूर्व रूपमा गरेको आर्थिक प्राविधिक क्षमताको विकासबाट प्राचीनकालदेखि सम्बन्ध गाँसिएको र सीमा जोडिएको छिमेकी देश नेपालले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेगरी कसरी लाभ लिने भन्ने कुरा आम चासो र सरोकारको विषय बनिरहेको छ । चीनको निरन्तरको सद्भाव र उदारमना सहयोग नेपालको सार्वभौमिक स्वतन्त्रताको सम्मान रक्षाका लागि र भौतिक क्षमता विस्तारका लागि ठूलो आधार बनेको नेपाली जनताको विश्वासलाई अरू मजबुत पार्न  अहिले राष्ट्रपति सीको बहुप्रतिक्षित नेपाल भ्रमण राष्ट्रिय आकाङ्क्षाकै रूपमा रहेको निर्विाद छ । यस दृष्टिले पनि विदेशमन्त्री वाङ यीको  सान्दर्भिक नेपाल भ्रमणको सार्थकता थप महत्वदायी बन्न पुगेको छ ।
नेपाल र चीनबीच विगतमा दीर्घकालीन महत्वका विभिन्न सम्झौता, सहमति र समझदारी भएका छन् । तिनको द्रूततर कार्यान्वयन र सुखद परिणामप्रतिको अपेक्षा पूरा हुन भने अझै बाँकी छ । दूरगामी नतिजामुखी दीर्घकालीन योजनाहरूलाई विगतका सम्झौता र सहमतिले दिग्दर्शन गरिरहेका भए पनि तिनको अबिलम्व कार्यान्वयनको बाटो अनुशरण गर्न नेपालको तत्पतरता र तयारीमा धेरै कमजोरी रहँदैआएको आमरूपमा अनुभूत छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीका दुवै चरणका चीन भ्रमणका बेला विकसित भएको समझदारी र पारबहन सम्झौतालगायतका ऐतिहासिक उपलब्धिहरूको कार्यान्वयनमा देखिएको शिथिलता तत्कालै हटाउनुपर्ने आवश्यकता छ । नेपाल र चीनबीचको निकटता विस्तारमा भाँजो हाल्ने अनेक दृश्यअदृश्य हर्कतहरू बाह्यजगतबाट हुनेगरेको विज्ञ जगतको अनुभूति अयथार्थ छैन तर हाम्रो हितको रक्षा गर्ने क्षमताको विकास अपरिहार्य रूपमा गर्नुपर्ने हामीले नै हो । नेपाल चीनबीचको बहुआयामिक सम्बन्ध विस्तारको गतिलाई अब पनि रोक्ने दुच्चेष्ठा गर्नु भनेको हत्केलाले सूर्यको प्रकाशलाई छेक्नखोज्नु जस्तै हो ।
नेपाल चीनले अगाडि ल्याएको ‘ओबीओआर’ बृहद योजनाको हस्ताक्षरी राष्ट्र हो । यसमा हस्ताक्षर गरेको तीनवर्षको अवधि पुग्नलाग्दासम्म पनि लगानी क्षेत्र निर्धारणका लागि तत्परता नदेखाउनुको अन्तर्निहित कारण जेसुकै भए पनि अहिले उच्चस्तरीय द्विपक्षीय वार्तामा रेल्वे, सडक, जलस्रोत, पर्यटन प्रवर्धन, कृषिमा आधुनिकीकरण लगायतका  नौ वटा परियोजना प्रस्तुत गरेर दायित्व निर्वाह गरेको आभास दिएको छ । विगतमा सम्झौता भैसकेका विषयहरूलाई छिटो कार्यान्वयनमा ल्याउने पुनः समझदारी गर्नु र थप विषयहरूमा पनि द्विपक्षीय हस्ताक्षर हुनुलाई विदेशमन्त्री यीको भ्रमणको उपलब्धि मानेर सन्तुष्टि लिनुभन्दा सम्झौता र सहमतिको कार्यान्वयनमा देखिँदैआएको शिथिलता हटाई द्रुत कार्यान्वयनको बाटो अनुशरण गर्नु अपरिहार्य देखिएको छ । विदेशमन्त्री यीको यसपटकको नेपाल भ्रमणले चिनिया राष्ट्रपति सी जिनपिङको बहुप्रतिक्षित भ्रमणको तयारीका निम्ति विश्वसनीय वातावरण तयार गरेको र सो भ्रमण आगामी अक्टोवर १५ गते हुने सम्भावना देखिनु नै महत्वपूर्ण उपलब्धि रहेको मानिएको छ । राष्ट्रपति सीको आगामी नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई उज्यालो नयाँ युगमा प्रवेश गराउने सुनिश्चितताप्रति विश्वास राख्दै सो भ्रमणको व्यग्र प्रतिक्षा हुनथालेको छ ।   
सोमबार दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता र दुई पक्षीय प्रतिनिधिबीचमा केही सम्झौताहरूमा हस्ताक्षर भएको छ । सोमबार साँझ नै विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्तापछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका गरेको छ ।
आज विदेशमन्त्री वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । वाङको प्रतिनिधिमण्डल मंगलबार दिउँसो १ बजे विशेष विमानबाट चीन फर्कने कार्यक्रम छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
डेंगु नियन्त्रण गर्न सरकार असफल (09.10.2019)
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ ! (08.20.2019)
कोशी सम्झौता पीडितहरु आन्दोलित (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)
गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा (07.22.2019)
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन (07.22.2019)
युगसम्वाद ३२औं वर्षमा प्रवेश (06.18.2019)
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो ! (06.18.2019)
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ ! (06.18.2019)
देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध (06.05.2019)
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक (06.05.2019)
ओली–प्रचण्ड सम्बन्धको उतारचढाव (06.05.2019)
राजधानीमा विप्लवको बम आतंक (05.28.2019)
विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या (05.28.2019)



 
::| Latest News

 
[Page Top]