युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.10.2019, 12:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्रधानमन्त्रीको चिन्ता फेसबुके युवाहरुप्रति
Wednesday, 09.25.2019, 03:48pm (GMT+5.5)

काठमाडौं । असोज ३ गते संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन र सरकारले अहिलेसम्म गरेका कामहरुको लामै विवरण सुनाउनुभयो । त्यस्तै उहाँले सरकार र आफूप्रति सामाजिक सञ्जालहरुबाट प्रहार गर्ने युवा पंक्तिमाथि पनि खनिनुभयो । प्रधानमन्त्री ओलीले अर्कोतिर सिर्जनशील कार्य गरिरहेका युवाहरुप्रति गर्व गर्नुभयो भने फेसबुके युवाहरुप्रति सहानुभूति । (सम्बोधनको पूर्णपाठ पृष्ठ ३ मा)
सम्बोधनका क्रममा उहाँले भन्नुभयो– “मलाई गर्व ती युवापंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् । कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन् । तर मलाई थोरै चिन्ता केही फुर्सदिलो युवापंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा बिना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतित भइरहेको छ ।”
“मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ । ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको हो कि जस्तो भान हुन्छ । मैले पटक–पटक भन्दै आएको छु, आजको आवश्यकता उशृङ्खलता र अराजकता हैन, सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता हो । आजको लडाइँ लोकतन्त्र प्राप्तिका लागि हैन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ गर्नका लागि हो ।”
प्रधानमन्त्री ओलीले देश विकासको सपना मात्र बाँडेको भनेर आलोचना गर्नेहरु अहिले प्रशस्तै छन् । विपक्षमा मात्र हैन सत्तारुढ दलभित्रै पनि सरकारको आलोचना भैरहेका बेला उहाँले सपना पूरा गर्न एकल प्रयासले सम्भव नहुने भन्दै ‘आफूले विकास र समृद्धिको मुर्छिन सपनामा पानी छम्केर ब्यूताउने काम गरेकै हो’ ।
“भन्नकै लागि त भन्न सकिन्छ नि – खै त रेल, खै त पानी जहाज ? कहाँ छ सुरुङ् खनेको ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अभैm जोड दिएर सोध्न सकिन्छ – हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ? म बिनम्रताका साथ स्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौँ । पाइला नै नचलाई कसरी दौडने ? यथास्थितिमा रहेर परिवर्तनको अनुभूति कसरी दिने ? रुपान्तरण हैन प्रतिक्रिया, परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहने ? विना–मुद्दाका विषयमा मूल मुद्दाजस्तो बहस÷विवादको माहौल किन बनाउने ? अझै पनि ‘हुँदैन÷सकियो’ जस्ता असन्तुष्टिको खेतीलाई उकेराकिन लगाउने ? अब हामीले तरिका फेर्नैपर्छ ।
निश्चय पनि सरकारले जति गर्नुपथ्र्यो त्यो गर्न नसकेकै हो तर आलोचनाकाबीचमा सरकारलाई रचनात्मक सहयोग उपलब्ध गराउने काम सत्तापक्षबाटै नभैरहेको आम अनुभूति भैरहेका बेला विपक्षीबाट सहयोग भएन भन्नु त्यति सुहाउँदो कुरा पनि हैन । अर्कोतिर सामाजिक सञ्जालहरुमा सरकारको आलोचनाका कारण पत्ता लगाउने जिम्मा प्रधानमन्त्री ओलीकै हो । मन्त्रीहरुका अभिव्यक्ति र दम्भले नै सरकारको व्यापक आलोचना भैरहेको हो जसका कारण सरकारले गरेका राम्रा कामहरुको समेत प्रचार हुन सकेन । चाकडीवाजहरुको झुण्ड समातेर सरकारका राम्रा कामहरुको सन्देश आम जनतामा पुग्दैन । त्यसैले सामाजिक सञ्जालहरु सरकारको आलोचनाले भरिन्छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
माफियाको चंगुलमा स्वास्थ्य सेवा सरकारीमा आईसीयू अभाव निजीमा महंगो (09.25.2019)
डेंगु र स्क्रब टाइफसको प्रकोप (09.25.2019)
निर्दिष्ट गन्तव्यमै विचलनको समस्या - संविधानको सर्वस्वीकार्यतामाथि नै प्रश्न (09.17.2019)
नागरिकता– बुहारीलाई त दिने नै ज्वाईलाई पनि दिने ! (09.17.2019)
भद्रगोलको भूमरीमा कांग्रेस (09.17.2019)
नेपालले चीन र भारतसंग सौदावाजी गरेर लाभ लिन सक्नुपर्छ (09.17.2019)
नेपाल–चीन बहुआयामिक सम्बन्ध (09.10.2019)
‘रअ’को डरलाग्दो प्लान– नेताहरुले पत्तै नपाएको हो ? (09.10.2019)
डेंगु नियन्त्रण गर्न सरकार असफल (09.10.2019)
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ ! (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)
कोशी सम्झौता पीडितहरु आन्दोलित (08.20.2019)
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन (07.22.2019)
गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा (07.22.2019)



 
::| Latest News

 
[Page Top]