युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
राष्ट्रकवि घिमिरेले पार गर्नुभो शताब्दी आयू
Wednesday, 10.02.2019, 05:17pm (GMT+5.5)

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी उमेर पार गर्नुभएको छ । गत मंगलबार उहाँको  १०१ औँ जन्मदिन मनाइएको हो । त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्” भन्दै कामना गर्नुभएको छ । 
सादा जीवन, सकारात्मक सोच र सक्रियताले मानिसलाई दीर्घजिवी बनाउँछ भन्ने उदाहरण राष्ट्रकवि माधवप्रसाद घिमिरे दिनुभएको छ । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिनुभएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिनुहुन्छ । कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा, उपविधाहरूमा सिर्जना दिँदै आइरहनुभएका घिमिरे आफ्नो पछिल्लो कृतिमा व्यस्त हुनुहुन्छ ।
हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको अघिल्लो वर्ष स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ । घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुनुहुन्छ ।
राष्ट्रकवि घिमिरेको दीर्घजीवनको सार तत्व भनेको उहाँको सिर्जनशीलता, सादा जीवन र सकारात्मक सोच हो । जीवन चक्रलाई सक्रिय बनाइराख्यो भने बाँचुन्जेल सक्रिय रहन सकिन्छ भने उदाहरण उहाँले दिनुभएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारले जनअपेक्षा सम्बोधन गर्न नसकेको जगजाहेर : असन्तुष्टिको लहर अरु चुलिंदो (09.25.2019)
प्रधानमन्त्रीको चिन्ता फेसबुके युवाहरुप्रति (09.25.2019)
माफियाको चंगुलमा स्वास्थ्य सेवा सरकारीमा आईसीयू अभाव निजीमा महंगो (09.25.2019)
डेंगु र स्क्रब टाइफसको प्रकोप (09.25.2019)
निर्दिष्ट गन्तव्यमै विचलनको समस्या - संविधानको सर्वस्वीकार्यतामाथि नै प्रश्न (09.17.2019)
भद्रगोलको भूमरीमा कांग्रेस (09.17.2019)
नागरिकता– बुहारीलाई त दिने नै ज्वाईलाई पनि दिने ! (09.17.2019)
नेपालले चीन र भारतसंग सौदावाजी गरेर लाभ लिन सक्नुपर्छ (09.17.2019)
नेपाल–चीन बहुआयामिक सम्बन्ध (09.10.2019)
‘रअ’को डरलाग्दो प्लान– नेताहरुले पत्तै नपाएको हो ? (09.10.2019)
डेंगु नियन्त्रण गर्न सरकार असफल (09.10.2019)
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ ! (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)
कोशी सम्झौता पीडितहरु आन्दोलित (08.20.2019)
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)



 
::| Latest News

 
[Page Top]