युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.10.2019, 01:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
भित्रियो घरघरमा दशैं– आम जनताको सास्ती पहिलेकै जस्तो
Wednesday, 10.02.2019, 05:17pm (GMT+5.5)

काठमाडौं । प्रमुख चाडपर्व बडादशैंको चहल पहलले देशको समग्र वातावरण उमङ्गमय बनेको छ । स्कूल–कलेज र अदालतहरूमा लामो विदा सुरू भएको छ । बजारमा ग्राहकहरूको खचाखच छ । राजधानीबाट आआफ्नो मूल थलोमा जाने यात्रुहरूको ओइरो लागेको छ । दशैंको बेला २५ लाखभन्दा बढी मानिस राजधानीबाट बाहिरिने भएकाले गन्तव्यमा पुग्ने गरी बाहनको व्यवस्था गर्न धेरै यात्रुलाई धौ धौ परेको छ । यातायातका साधनको पर्याप्त व्यवस्था र राजधानी बाहिरिने–भित्रिने मूलद्वार रहेको नागढुङ्गा–नौबिसे सडक खण्डको समयमै मर्मत सुधारको उचित प्रबन्ध नहुँदाको पीडा हरेक दिन लाखौं जनताले भोग्नुपरेको वास्तविकता छताछुल्ल भएको छ ।  चाडपर्वको अवसरमा ग्राहकहरूको भीड बढेसंगै बजारभाउ पनि अनियन्त्रित रूपमा बढेको छ । राज्यको उपस्थिति हरेक क्षेत्रमा कमजोर देखिएकाले जनता जे जे  समस्या आइपरे पनि एक्लैएक्लै भोग्न बाध्य भएका छन् । देशमा दुई तिहाइ बहुमतको सरकारले राज्य हाँकिरहेको भए पनि जनताले भोगिरहनुपरेका दैनिन्दिनी समस्याको निराकरण र समुचित व्यवस्थापन गर्ने कुनै क्षमता विकसित नभएको वास्तविकता टड्कारो रूपमा देखिएको छ ।
यतिखेर आमजनगुनासो के देखिएको छ भने जनताकै प्रचण्ड बहुमतको मतबाट सरकार स्थापित भए पनि सीमित वर्ग बाहेक आमजनताले कुनै राहत र सेवा अनुभूत गर्न पाएका छैनन् । प्रजातान्त्रिक हकअधिकारको उपभोगमा नियन्त्रण र निषेधका अवाञ्छित प्रकरणहरू सत्तापक्षबाटै प्रायोजित हुनेगरेका घटनाहरू अनपेक्षित रूपमा देखापर्दैगएका छन् । राजनीतिक प्रतिस्पर्धी र सरकारी गतिविधिका आलोचकहरूमाथि कतै अरिङ्गाल र कतै बघिनी भएर आक्रमणमा उत्रन नेतृत्वबाटै निर्देशन पाएका कार्यकर्ताहरूले केही दिन अगाडि बाँकेमा प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला सभापतिलाई आयोजित कार्यक्रमकै मञ्चमा पुगेर हात भाँचेको घटना नसेलाउँदै एउटा कार्यक्रममा जाँदा कांग्रेसका सांसद मिनेन्द्र रिजालमाथि बियरका बोतल र लाठी लिएर आक्रमण प्रयास भएको विष्मयकारी खवर आएको छ । त्यस्तै ‘नेपालका लागि नेपाली’ अभियानका लागि चितवन पुगेका अभियानकारीलाई कार्यक्रम गर्न निषेध गरिएको र एक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सांघातिक आक्रमण भएको ताजा घटनाले स्वतन्त्र विचार प्रकट गर्ने स्वतन्त्रता र नागरिक सुरक्षामाथि कसरी खेलबाड भैरहेको छ भन्ने नाङ्गो चित्र देखाएको छ ।
केही दिन अगाडिमात्र संविधान दिवस मनाउन उर्दी जारी गर्ने सरकारले संवैधानिक अधिकार उपभोगमा कतै कानून नै बनाउने जमर्को गरेर र कतै उद्दण्ड कार्यकर्तालाई मैदानमा उतारेर खडा गर्दैगएको ब्यवधानले मुलुकलाई कुन अवाञ्छित दिशातिर घचेट्ने हो भन्ने सन्त्राश पैदा गरेको छ । कानूनलाई नै हातमा लाएर आतङ्क मचाउने जो कोहीलाई पनि कार्बाही गर्नसक्ने अधिकार सरकारसंग सुरक्षित भए पनि उल्टै उद्दण्ड जमात खडा गरेर बितण्डा मच्चाउने अवाञ्छित आत्मघातको बाटो अख्तियार गरिनुको निहितार्थ के हो ? जताततैबाट अहिले यस्ता प्रश्नहरू उठ्न थालेका छन् । यस्ता प्रत्युत्पादक घटनाले सरकारको छवि धमिलिँदैगएको र लोकप्रियता क्षयीकरण भैरहेको भए पनि सरकार र पार्टीको नेतृत्व अन्तध्र्वंशी भजनियाहरूको प्रभावबाट अस्वाभाविक रूपमा बहकिँदै जानु राष्ट्रिय चिन्ताकै विषय भएको छ । परिवर्तनका संबाहक शक्तिहरूले परिवर्तनको व्यवस्थापन गर्न नसक्दाका दुष्परिणामहरू यसरी नै छरपष्ट हुँदैजाने हो भने मुलुक ठूलो दुर्घटनामा पर्नसक्ने निश्चित जस्तै छ । 
आमनागरिकले दैनन्दिनी भोग्दैआएका समस्याको निदानप्रति उदाशिन रहने र संविधानप्रदत्त नागरिक अधिकारको हननमा सत्तापक्ष नै मैदानमा उत्रने विष्मयकारी र विसङ्गत स्थितिको सिर्जना हुनु जति दुःखद छ त्यत्तिकै प्रत्युत्पादक पनि हुँदैजाने निश्चित छ । सत्ताधारीहरूको चेतना र विवेकको घैंटोमाथि लागेको बिर्को अबिलम्ब उघ्रिएलाकी नउघ्रिएला ? आम नागरिक समुदायबीच अहिले यस्तै प्रश्न मडारिन थालेको विश्लेषकहरूको भनाइ छ ।   बडादशैंको यस पुनित अवसरमा आदिशक्तिस्वरुपा दुर्गा भवानीले सवैको संयम, विवेक, सहिष्णुता र जवाफदेहिपनाको विकासका लागि प्रेरित गरुन्– हाम्रो यही शुभकामना छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारले जनअपेक्षा सम्बोधन गर्न नसकेको जगजाहेर : असन्तुष्टिको लहर अरु चुलिंदो (09.25.2019)
प्रधानमन्त्रीको चिन्ता फेसबुके युवाहरुप्रति (09.25.2019)
माफियाको चंगुलमा स्वास्थ्य सेवा सरकारीमा आईसीयू अभाव निजीमा महंगो (09.25.2019)
डेंगु र स्क्रब टाइफसको प्रकोप (09.25.2019)
निर्दिष्ट गन्तव्यमै विचलनको समस्या - संविधानको सर्वस्वीकार्यतामाथि नै प्रश्न (09.17.2019)
भद्रगोलको भूमरीमा कांग्रेस (09.17.2019)
नागरिकता– बुहारीलाई त दिने नै ज्वाईलाई पनि दिने ! (09.17.2019)
नेपालले चीन र भारतसंग सौदावाजी गरेर लाभ लिन सक्नुपर्छ (09.17.2019)
नेपाल–चीन बहुआयामिक सम्बन्ध (09.10.2019)
‘रअ’को डरलाग्दो प्लान– नेताहरुले पत्तै नपाएको हो ? (09.10.2019)
डेंगु नियन्त्रण गर्न सरकार असफल (09.10.2019)
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ ! (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)
कोशी सम्झौता पीडितहरु आन्दोलित (08.20.2019)
नेपाल आएर के गर्लान् जयशङ्करले ? (08.20.2019)
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष (07.30.2019)
निर्मलाका लागि किन न्याय महंगो ? (07.30.2019)
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण (07.30.2019)
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो ! (07.22.2019)
छायाँमा बिपी–पुष्पलाल (07.22.2019)



 
::| Latest News

 
[Page Top]