युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 07:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
शक्तिको आडमा अपराध गर्दाको फल
Tuesday, 10.22.2019, 01:30pm (GMT+5.5)

काठमाडौं । कसैले कल्पना पनि गरेको थिएन कि कृष्णबहादुर महराले कुनै महिलामाथि बलात्कार गर्न खोज्छन् भनेर । नेपाली राजनीतिमा शालिन र भद्र व्यक्तित्वका रुपमा स्थापित महरा संसद सचिवालयको स्वास्थ्य इकाईमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास र कुटपिटको अभियोगमा पक्राउ परेपछि अहिले उनीमाथि अनुसन्धान चलिरहेको छ । सभामुख पदबाट राजीनामा दिएका महरालाई आइतबा काठमाडाँै जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजालसले कात्तिक २ गतेदेखि लागू हुने गरी पाँचदिन हिरासतमा राख्न अनुमति दिएको र दुई दिन बितेकाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि अदालतले महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएकोे थियो । त्यो म्याद शुक्रबार सकिएको थियो । महरालाई यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । 
हुन त निवर्तमान सभामुख महरामाथि बलात्कार गर्न खोजेको अभियोग लगाउने शाहीको पटकपटक फेरिएको बयानले घटनालाई सनसनीपूर्ण बनाइरहेको छ । उनी ‘डिप्रेसन’को रोगी भएको उनका श्रीमान र उनी स्वयंले नै बताइसकेका छन् । तैपनि सत्य कुरा के हो भने महरा र उनीबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको पक्का हो । घटना विवरणहरुले यो पुष्टि गर्दछ । 
महराबाट बलात्कृत भएकी भनिएकी ससद सचिवालयकी कर्मचारी रोशनी डिप्रेसन रहेको र डेढ वर्षअघि एकपटक विष सेवन गरेर आत्महत्याको प्रयास समेत गरेकी थिइन । आफूमाथि महराले बलात्कार गरेको सनसनीपूर्ण खुलासा गरेकी उनले त्यसको दुई दिनपछि “आफूले त्यस्तो भन्दै नभनेको, महरा त्यो दिन आफ्नो कोठामै नआएको र आफूले बाबुसमान मान्ने महरा सरबाट त्यस्तो काम हुनै नसक्ने” बताएर घटनालाई अन्तै मोडिदिएकी छिन् । आइतबार सरकारी वकिलको कार्यालयमा बयान दिएर अदालत पेश गरिदा रोशनी पनि जलास समक्ष उपस्थित भएर “आफूलाई प्रहरीले करकापमा पारेर उजुरी दिन लगाएको” बताएकी छिन् ।
यो घटनाले कस्तो नतिजाा ल्याउँछ त्यो भविष्यमा देखाउँछ तर यसलाई शक्तिसंग जोडिएको अवैध सम्बन्ध भन्दा फरक पर्दैन । महराले बलात्कार प्रयास गरेको वा नगरेको त्यो पनि खुलासा हुने नै छ । 
दशैं लगत्तै राजनीतिक उच्च तहमा रहेकाहरुका आपराधिक घटना एकपछि अर्को गर्दै सार्वजनिक हुनु र प्रहरीले उनीहरुलाई पक्राउ गर्न थालेको छ । यसक्रममा २०६४ सालमा रौतहटको राजपुरमा बम विष्फोट र घाइतेहरुलाई जिउँदै इटा भट्टामा हारेल मारेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका सांसद आफताव आलमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । आइतबार नै जिल्ला अदालतले आलमलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ । 
आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि अनुसन्धानका लागि आलमको सात दिन म्याद थप गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले उनलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान जारी छ । 
थुनछेक बहसका लागि जिल्ला अदालत पुगेका आलमले आफूलाई षडयन्त्र गरी फसाएको आरोप लगाए । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द गरिएको थियो । महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
त्यस्तै ज्यान मार्ने उद्योग गरेको उजुरी परेका दोलखाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौँले साधारण तारिखमा बस्ने आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर उपाध्यायको इजलासमा आइतबार ज्यान मार्ने उद्योगको मुद्दामा थुनछेक बहसपछि साधारण तारिखमा बस्ने आदेश दिएको हो ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निवाचित गुरुङविरुद्ध गत वैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिनुभएको थियो । सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौँले अदालतमा उपस्थित हुनका लागि ३५ दिने म्याद जारी गरेको थियो । अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले अदालतमा उपस्थित भएर बयान दिएपछि सो आदेश भएको हो ।
सांसद गुरुङसहित सात जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो । निर्वाचनका समयमा खड्कामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अभियोग लागेको थियो । विसं २०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको र त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै अभियोग किटानी जाहेरीमा उल्लेख छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दोहोरिएको प्रतिबद्धता (10.22.2019)
नेपाललाई भूपरिवेष्ठित मुलुक रहन नदिने चीनको प्रतिबद्धता - दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प् (10.15.2019)
“कम्युनिष्ट पार्टीका नेता अनुशासित हुनुपर्छ” (10.15.2019)
यी हुन् नेपाल–चीनबीच बीस समझदारीपत्र (10.15.2019)
राष्ट्रकवि घिमिरेले पार गर्नुभो शताब्दी आयू (10.02.2019)
भित्रियो घरघरमा दशैं– आम जनताको सास्ती पहिलेकै जस्तो (10.02.2019)
महामण्डले चरित्र प्रदर्शनले गणतन्त्र कति सुरक्षित (10.02.2019)
सरकारले जनअपेक्षा सम्बोधन गर्न नसकेको जगजाहेर : असन्तुष्टिको लहर अरु चुलिंदो (09.25.2019)
प्रधानमन्त्रीको चिन्ता फेसबुके युवाहरुप्रति (09.25.2019)
माफियाको चंगुलमा स्वास्थ्य सेवा सरकारीमा आईसीयू अभाव निजीमा महंगो (09.25.2019)
डेंगु र स्क्रब टाइफसको प्रकोप (09.25.2019)
निर्दिष्ट गन्तव्यमै विचलनको समस्या - संविधानको सर्वस्वीकार्यतामाथि नै प्रश्न (09.17.2019)
नागरिकता– बुहारीलाई त दिने नै ज्वाईलाई पनि दिने ! (09.17.2019)
भद्रगोलको भूमरीमा कांग्रेस (09.17.2019)
नेपालले चीन र भारतसंग सौदावाजी गरेर लाभ लिन सक्नुपर्छ (09.17.2019)
नेपाल–चीन बहुआयामिक सम्बन्ध (09.10.2019)
‘रअ’को डरलाग्दो प्लान– नेताहरुले पत्तै नपाएको हो ? (09.10.2019)
डेंगु नियन्त्रण गर्न सरकार असफल (09.10.2019)
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ ! (08.20.2019)
अप्रतिम स्रष्टा दीक्षितको अवशान (08.20.2019)



 
::| Latest News

 
[Page Top]