युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 10:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
अकुत सम्पत्तिको स्रोत छैन
Monday, 02.13.2012, 03:36pm (GMT+5.5)

काठमाडौं । एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयोगमा बुझाइएको चार वर्षको खर्च विवरणमा ती पार्टीहरूले प्राप्त गरेको आम्दानीको स्रोत खुलाएका छैनन् । प्राप्त जानकारी अनुसार तीन ठूला दलसहित आयोगमा चार वर्षको खर्च विवरण बुझाएका अन्य ३६ वटा दलहरूले कानुनी प्रावधान अनुसार आफ्नो आम्दानीको स्रोत खुलाउनु आवश्यक छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा १२ अनुसार २५ हजारभन्दा बढी आर्थिक सहायता दिने संस्था वा व्यक्तिको नाम र ठेगाना खुलाउनै पर्छ । तर प्रमुख दलहरूले नै त्यो नियमको पालना गरेका छैनन् । नियम विपरीत दलहरूले कुन व्यक्तिले कति पैसा दियो, उसको ठेगाना के हो, पेशा के हो भन्ने उल्लेख नगरी ‘चन्दा वापत यति’ भनेर एकमुष्ठ रुपमा निर्वाचन आयोगमा खर्च विवरण बुझाएका छन् ।

विवरण अनुसार एकीकृत माओवादीले आर्थिक वर्ष २०६४।०६५ देखि आर्थिक वर्ष २०६७।०६८ सम्म ४२ करोड ६८ लाख ३० हजार रुपैंयाँ आम्दानी र ४१ करोड २६ लाख ७० हजार रुपैंयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ । त्यस्तै दोस्रो ठूलो दल कांग्रेसले आर्थिक वर्ष २०६४।०६५ देखि आर्थिक वर्ष २०६६।०६७ सम्म ६ करोड ८६ लाख ५० हजार आम्दानी र २ करोड ४५ लाख ५० हजार खर्च गरेको विवरण आयोगमा बुझाएको छ । कांग्रेसले आर्थिक वर्ष ०६७।०६८ को खर्च विवरण फागुनभित्र वुझाउने बताएको छ । त्यसै गरी नेकपा एमालेले आर्थिक वर्ष २०६४।०६५ देखि २०६७।०६८ सम्म २२ करोड ५५ लाख २० हजार आम्दानी र १६ करोड ४४ लाख ९० हजार खर्च गरेको विवरण आयोगमा बुझाएको छ ।

यसरी विधि पूरा नगरी खर्च विवरण पेश गर्ने दलहरूलाई कारवाही गर्ने कानुनी अधिकार निर्वाचन आयोगसंग सुरक्षित भए पनि त्यसबारे आयोगले अहिले नै सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।



Rating (Votes: )   
Share     Print


Other Articles:
बन्ला त अब सम्विधान ? (02.06.2012)
नयाँ नेपालको नाराले बबण्डर मच्चाउने संकेत (02.06.2012)
आगामी दिन झन् चुनौतिपूर्ण (02.06.2012)
यस्तो छ राज्य पुनःसंरचनाको प्रतिवेदन (02.06.2012)
अविश्वास र आशङ्काले दलहरूलाई खायो : देश झनै अनिश्चिततातिर धकेलियो (01.30.2012)
दम्भ प्रदर्शनको होडले निकासविहीनताको स्थिति (01.30.2012)
स्वैच्छिक अवकाशको काम सुरु होला ? (01.30.2012)
राष्ट्रपतिको राष्ट्रप्रेम (01.30.2012)
विदेशीको हितमा संविधान बन्ने खतरा (01.30.2012)
सगरमाथाको उचाइमा अडिग (01.30.2012)
राष्ट्रिय स्वाधीनताबिरुद्ध राजनीतिक साँठगाँठ (01.23.2012)
शान्ति र संविधानका विवादित विषय यथावत (01.23.2012)
एमालेको ‘घरफर्क अभियान’प्रति वाम चासो (01.23.2012)
एयर बस विमान दिन तयार (01.23.2012)
शुल्क बढाउने तयारी (01.23.2012)
चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ अवसर (01.16.2012)
सरकार जोगाउन बाहिरी शक्तिको चलखेल : वैद्य पक्ष अडानबाट पछि नहट्ने (01.16.2012)
शीर्ष दलहरूको आय–व्यय अपारदर्शी (01.16.2012)
मन्त्रालय टुक्र्याउने संकेत (01.16.2012)
एसएसबीको ज्यादति (01.16.2012)



 
::| Latest News

 
[Page Top]