युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
देशव्यापी रूपमा स्वतस्फूर्त विरोध प्रदर्शनको लहर : भारतीय अतिक्रमणविरूद्ध सवै नेपाली एकजुट
Thursday, 11.14.2019, 12:00pm (GMT+5.5)

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी निर्विवाद रूपमा नेपालको अखण्ड भूभाग हो । भारतले अघिल्लो हप्ता जारी गरेको नयाँ राजनीतिक नक्सामा सो नेपालभूमि भारततिर पारेको जानकारी हुनासाथ सो अतिक्रमणको विरोधमा सवै नेपाली एकजुट भएका छन् । भारतले सन् १९६२ देखि सो क्षेत्रमा सैनिक शिविर खडा गरी बलात् उपयोग गर्दैआएकोमा वर्षौं अगाडिदेखि विस्तारवादी सो हर्कतको नेपाली जनताले विरोध गर्दै अतिक्रमित भूमिबाट सैनिक शिविर हटाउन बेलाबेलामा आवाज उठाउँदै आएका भए पनि त्यसको बेवास्ता गरी नयाँ नक्सा नै जारी गरी भारतकै सरहदभित्र समावेश गरेको छ । यो प्रकरणले नेपालमा राष्ट्रिय अखण्डता जोगाउनका लागि राष्ट्रिय एकताको पुनर्जागरण गराएको छ । नेपाललाई भूअतिक्रमणको चपेटामा पारेर भारतले विस्तारवादी चरित्र देखाउँदै द्विपक्षीय सम्बन्ध र मित्रतामा नै आँच पु¥याउने नकाम गरेको छ । सन् १८१६ को सुगौली सन्धिपछि कायम भएको नेपालको सीमा अतिक्रमण गरी भारतले खिचलो उठाएर अनावश्यक विवाद खडागरेको छ । भारतले तत्काल नक्सा सच्याउने र अतिक्रमित भूमिबाट सैनिक शिविर हटाई नेपालको सार्वभौमिक अखण्डताको सम्मान गरोस् भन्ने देशभक्त नेपालीहरूको एउटै आवाज छ । 
भारतले कालापानीमा बलमिच्याइँ गरेको र एकपक्षीय रूपमा जारी गरेको नयाँ नक्सा अमान्य भएको आधिकारिक धारणा नेपाल सरकारले सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा सर्वदलीय बैठक बोलाई छलफल गर्दा पूर्व प्रधानमन्त्रीहरू, पूर्व परराष्ट्रमन्त्रीहरू, संसदमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका नेताहरू सवैले लिम्पियाधुरा, लिपुलेक र कालापानी ऐतिहासिक तथ्य र दस्तावेजका आधारमा निर्विवाद रूपमा नेपालको अखण्ड भूमि रहेको वास्तविकता दर्शाउँदै सरकारले उच्च राजनीतिक र कुटनीतिक पहल गरी अतिक्रमित नेपालभूमि फर्काउन सरकारलाई बल दिएका छन् ।  देशव्यापी रूपमा दिनहूँ  विरोध प्रदर्शन पनि भैरहेको छ । ‘नेपालको स्वतन्त्र आकाशमा लिम्पियाधुरा, लिपुलेक, कालापानी’ हाम्रो हो, ‘गो ब्याक इण्डिया’, ‘भारतीय विस्तारवाद मुर्दावाद’का नारा घन्किइरहेका छन् । विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना दलका कार्यकर्तालाई भारतको अतिक्रमणको विरोधमा आन्दोलन जारी राख्न निर्देशन दिनुभएको छ । संसद बाहिरका दलहरूले पनि सरकारलाई बल पुग्ने गरी सडक आन्दोलन चर्काइरहेका छन् । यो मुद्दामा दुई तिहाइ बहुमतको ओली नेतृत्वको नेकपा सरकारलाई शतप्रतिशत नेपाली जनताको सहयोग र समर्थन प्राप्त छ । राष्ट्रियताको पक्षमा अपूर्व रूपमा अभिव्यक्त भएको यो अभिमतले ओली सरकारलाई थप नैतिक बल र जिम्मेवारी दिएको छ । भारतले गल्ती नसच्याउने अहङ्कार देखाउँछ भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न र संयुक्त राष्ट्रसंघ पु¥याउन पनि कुनै ढीला नगरी सरकार अग्रसर हुनुपर्दछ भन्ने जागरूक नेपालीहरूको एउटै मत छ ।
सरकारको पहिलो कर्तव्य भनेको भौगोलिक अखण्डताको रक्षा गर्नु नै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको नाकाबन्दीको बेला भारतको ब्यूहरचनालाई विफल पार्न राष्ट्रिय सम्मान र सर्वोपरि हितको पक्षमा देखाएको अडान र चालेको कदमकै कारण दुई तिहाइ बहुमतको नेकपा सरकार बन्ने आधार खडा भएको थियो । अतिक्रमित नेपालीभूमि फर्काउने महान ऐतिहासिक जिम्मेवारी अहिले वर्तमान ओली सरकारमाथि आएको छ । नेपालप्रति सधैं नै हैकमवादी रूख प्रदर्शन गर्दैआएको भारतीय कर्मचारीतन्त्रको चङ्गुलमा पारेर समस्याको निराकरण नै नगर्ने जुन साजिस रचिँदैआएको छ त्यसलाई अन्तर्हृदयबाटै मनन गरी उच्चराजनीतिक तहबाटै समस्या निप्ट्याउने  चातुर्यतापूर्ण कुशलता प्रधानमन्त्री ओलीबाट अपेक्षित छ । यसमा असफल हुँदा प्रधानमन्त्रीको असफलता मात्रै देखिने होइन मुलुकले नै हार्नजाने छ । भारतीय ब्यूहरचनाका अनेक पीडा नेपालको भोगाइमा छन् । 
नेपाल अहिले नयाँ मोडमा आइपुगेको छ । भारतीय हैकमवादविरूद्ध अविभाजित रूपमा नेपाली जनमत उर्लिएको छ । भुटानीकरण र सिक्किमीकरणको त्रासले सचेत नेपाली जनमानसलाई झस्काउँदै आइरहेको पृष्ठभूमिमा विस्तारवादी अतिक्रमणको पीडा असामान्य छ । राष्ट्रियताप्रति सञ्चेतनाको कमी, सत्तालोलुपता, कर्तव्यबोधको अभाव र उदाशिन प्रवृतिका अनेक शृङ्खलाले इतिहासका अनेक कालखण्डमा नेपालले धेरै कुरा गुमाउँदैआएको वास्तविकता निरन्तरको पीडा बनिरहेको छ । ब्वाँसो प्रवृत्तिको मित्रता र कलुषित भावनाभित्रको अतुलनीय मित्रताको राग अलापको कुनै सार्थकता छैन । कालापानीको चोट अहिलेमात्र लागेको  नभै पुनः बल्झिएको मात्र हो । वक्तव्यवाजी ,सडक प्रदर्शन , बौद्धिक गोष्ठीहरू राष्ट्रिय सचेतता प्रदर्शनका स्रोतहरू भए पनि भौगोलिक अखण्डताको रक्षागर्ने र राष्ट्रिय जिम्मेवारी पूरा गर्ने महान दायित्व  सरकारकै हो । अहिलेको परिघटनाले दुई तिहाइ बहुमतको नेकपा सरकारलाई अग्निपरीक्षाको घडीमा उभ्याएको छ । कालापानी ,सुस्ता,महेशपुरलगायत देशका विभिन्न भागमा  भैरहेको भूअतिक्रमणको जमिन फिर्ता लिन सरकारले अविलम्व पहल गर्नुको विकल्प नै छैन । यसमा बिना हिच्किचाहट सरकारले अग्रसरता देखावस् र सफलता पाओस्– यही नै नेपाली जनताको अहिलेको एकीकृत अभिमत हो ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
उपनिर्वाचन मुख्य प्रतिस्पर्धा दुई दलबीच (11.14.2019)
प्रदेशहरुले अक्षर पाउने कहिले ? (11.14.2019)
सामान्य जनताको दैनिकी झनै सकसपूर्ण - अस्वस्थकर राजनीतिक अभ्यासको नयाँ श्रृंखला (10.22.2019)
सभामुखमा डा. तुम्वाहाम्फे कसरी अयोग्य ? (10.22.2019)
शक्तिको आडमा अपराध गर्दाको फल (10.22.2019)
दोहोरिएको प्रतिबद्धता (10.22.2019)
नेपाललाई भूपरिवेष्ठित मुलुक रहन नदिने चीनको प्रतिबद्धता - दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प् (10.15.2019)
“कम्युनिष्ट पार्टीका नेता अनुशासित हुनुपर्छ” (10.15.2019)
यी हुन् नेपाल–चीनबीच बीस समझदारीपत्र (10.15.2019)
भित्रियो घरघरमा दशैं– आम जनताको सास्ती पहिलेकै जस्तो (10.02.2019)
राष्ट्रकवि घिमिरेले पार गर्नुभो शताब्दी आयू (10.02.2019)
महामण्डले चरित्र प्रदर्शनले गणतन्त्र कति सुरक्षित (10.02.2019)
सरकारले जनअपेक्षा सम्बोधन गर्न नसकेको जगजाहेर : असन्तुष्टिको लहर अरु चुलिंदो (09.25.2019)
प्रधानमन्त्रीको चिन्ता फेसबुके युवाहरुप्रति (09.25.2019)
माफियाको चंगुलमा स्वास्थ्य सेवा सरकारीमा आईसीयू अभाव निजीमा महंगो (09.25.2019)
डेंगु र स्क्रब टाइफसको प्रकोप (09.25.2019)
निर्दिष्ट गन्तव्यमै विचलनको समस्या - संविधानको सर्वस्वीकार्यतामाथि नै प्रश्न (09.17.2019)
नागरिकता– बुहारीलाई त दिने नै ज्वाईलाई पनि दिने ! (09.17.2019)
भद्रगोलको भूमरीमा कांग्रेस (09.17.2019)
नेपालले चीन र भारतसंग सौदावाजी गरेर लाभ लिन सक्नुपर्छ (09.17.2019)



 
::| Latest News

 
[Page Top]