युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 10:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
‘हाम्रा’लाई काखा पार्दा ‘राम्रा’ परे पाखा
Wednesday, 11.27.2019, 11:01am (GMT+5.5)

काठमाडौं । ओली सरकारमा श्रम मन्त्री बनेका गोकर्ण विष्ट मन्त्रिमण्डल पुनःगठन हुँदा हटाइए । उनी कमजोर कार्यक्षमताका कारण हटाइए कि भागवण्डाको शिकार भएर हटाइए भन्ने जगजाहेर विषय हो । हटेका केही मन्त्री कार्य दक्षतामा कमजोर नै थिए भने कायम रहेका धेरै मन्त्री पनि कमजोर नै छन् । तर सफल ठहरिएका र राम्रो कम गरेका विष्ट किन हटाइए भन्ने प्रश्नको उत्तर सायद प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले पनि दिन सक्ने विषय हैन ।
गोकर्ण विष्टको काम संचारमाध्यममा फोटो खिचाएर प्रचार गर्ने थिएन । उनले जे गरे दीर्घकालीन हितका काम गरे र ४० लाखभन्दा बढी विदेशमा श्रम बेच्ने र दैनिक हजारभन्दा बढी विदेश जानेहरुको हितमा काम गरे । यसको प्रतिफल उनी माफियाको चंगुलमा परे र शिकार भए मन्त्री पदबाट बाहिरिन । विष्ट बाहिरिंदा मेनपावर व्यवसायीहरुले रातभर भोजभतेर गरेका समाचार आउनु नै यसको प्रमाण हो । यदि प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रचण्डलाई विष्ट असफल लागेको हो भने उसको कार्यको परिणाम बुझ्नन खाडीमा रगत पसिना बगाइरहेका श्रमिकसंग सोधे हुन्छ । विष्टले के गरे भनेर ।
एउटा सालिन युवा नेताको छवि बनाएका गोकर्ण मुलुकको आयात धानिरहेको वैदेशिक रोजगारीको विकृति सफला गर्न जोखिम नै लिएका विष्टको वहिर्गमनपछि यस्तै विचारहरु संचार माध्यम र सामाजिक संजालमा आइरहेको छ ।
एउटा यस्तो समय थियो जतिबेला मन्त्रीहरु केबल उद्घाटन गर्ने र भाषण गर्नमै सीमित भएका बेला एउटा युवा ऊर्जा मन्त्री भएर आए अनि सुधार थाले नेपाल विद्युत प्राधिकरणको । उनी थिए गोकर्ण विष्ट । उनले विद्युत महसुल नतिर्नेहरुको लाइन काट्न आफैं सक्रिय भएर लागे । आज लोडसेडिंग अन्त्य भएको छ र यसको सुरुवात विष्टले गरेका थिए । वैदेशिक रोजगारी र श्रमको क्षेत्रमा राम्रो र दीर्घकालीन काम गर्दै गरेका विष्टलाई हटाउने सहमति दुई अध्यक्षबीच कसरी भयो भन्ने चाहिं वेग्लै विश्लेषणको विषय हो ।
यद्यपि भित्री सूत्रहरु भने पूर्व एमाले र माओवादीको भागवण्डाको शिकार गोकर्ण भए भन्ने छ । राम्रो काम गरिरहेका मन्त्री हटाउनु प्रधानमन्त्री ओलीको बाध्यता पनि हुनसक्छ । तर विष्टले कुनै हिनताबोध गरेनन् पदबाट हटे पनि । छोटै समयमा आम जनतामा लोकप्रिय बनेका उनी मन्त्री पदबाट हटेपछि सामान्य नागरिक सरह मन्त्रालयबाट हिडेर सडकमा आए अनि ट्याक्सी चढेर घर गए ।
विष्ट श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट पदमुक्त भएपछि म्यानपावर व्यवसायी खुशी भएका छन् । बुधबार साँझ विष्ट मन्त्रीबाट हटेको जानकारी सार्वजनिक हुनासाथ वैदेशिक रोजगारीमा नेपाली कामदार पँठाउँदै आएका म्यानपावर व्यवसायी खुशी भए । उनीहरुले राजधानीका विभिन्न स्थानमा बुधबार बेलुका खुशीयालीसहित कक्टेल पार्टीको आयोजना भएको थियो ।
विष्ट मन्त्रीबाट बर्खास्तीमा परेको खबर आउनासाथ व्यवसायीले रातभरजसो खुशीयाली र पार्टी मनाएका थिए । किनभने विष्टको कदम व्यवसायीको अकुत कमाइरहेको धन्दामा अंकुश लागेको थियो । वैदेशिक रोजगारीलाई नेपाली श्रमिक मैत्री बनाउन भन्दै विष्टले मन्त्रीमा रहँदा विभन्न योजना ल्याएका थिए । यसको पहिलो कदम थियो मलेसिया कामदार पठाउन बन्द ।
लामो समय मलेशिया रोजगारी बन्द गराएको र केही महिना अघि खुलाउँदा पनि व्यवसायीलाई पहिलेभन्दा बढी शुल्क तिर्नुपर्ने गरी खुलाएको भन्दै व्यवसायी रुष्ट थिए । आफूहरुलाई मर्कामा पार्ने मन्त्री हटेको खुशीयालीमा बुधबार रातभर पार्टी दिएका व्यवासायीले बिहिबार बेलुका पनि काठमाडौँको नयाँ बसपार्क, चाबहिल, गौशाला लगायतका क्षेत्रमा पार्टी दिएका थिए ।
विष्टले निष्ठाको राजनीति देखाएका छन् सुरुदेखि नै । आफ्ना कुरा सरल तरिकाले राख्ने, विपक्षीमाथि कटाक्ष नगर्ने र आफ्नो काम र त्यसको नतिजामा बढी केन्द्रित हुने उनमा मन्त्री हुँदा र नहुँदामा कुनै अन्तर छैन । त्यसैले त पूर्व मन्त्रीका नाताले केही सुविधा पाउनसक्ने भए पनि लखरलखर हिंडेर घर फर्के ।
मन्त्री हुँदा विष्टले मलेसिया सरकारसँग लिएको अडान, जापानमा नेपाली कामदार पठाउन गरेको पहल, खाडी मुलुकसंग गरेको फ्रि भिसा फ्रि टिकट सम्झौता, वैदेशिक रोजगार विभागमा गरिएका सुधारका काम, मेनपावर कम्पनीहरुलाई सिकाएको सवक, हरेक प्रदेशबाट श्रम गर्न मिल्ने ब्यबस्था, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा जस्ता कामको परिणाम देखाएका मन्त्री विष्ट हटाइनुपर्ने कारण थिएन । तर यो प्रसंगमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड चुकेकै हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारले कहिले सार्वजनिक गर्ने यस्तो नक्सा ? (11.27.2019)
देशव्यापी रूपमा स्वतस्फूर्त विरोध प्रदर्शनको लहर : भारतीय अतिक्रमणविरूद्ध सवै नेपाली एकजुट (11.14.2019)
प्रदेशहरुले अक्षर पाउने कहिले ? (11.14.2019)
उपनिर्वाचन मुख्य प्रतिस्पर्धा दुई दलबीच (11.14.2019)
सामान्य जनताको दैनिकी झनै सकसपूर्ण - अस्वस्थकर राजनीतिक अभ्यासको नयाँ श्रृंखला (10.22.2019)
सभामुखमा डा. तुम्वाहाम्फे कसरी अयोग्य ? (10.22.2019)
शक्तिको आडमा अपराध गर्दाको फल (10.22.2019)
दोहोरिएको प्रतिबद्धता (10.22.2019)
नेपाललाई भूपरिवेष्ठित मुलुक रहन नदिने चीनको प्रतिबद्धता - दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प् (10.15.2019)
“कम्युनिष्ट पार्टीका नेता अनुशासित हुनुपर्छ” (10.15.2019)
यी हुन् नेपाल–चीनबीच बीस समझदारीपत्र (10.15.2019)
भित्रियो घरघरमा दशैं– आम जनताको सास्ती पहिलेकै जस्तो (10.02.2019)
राष्ट्रकवि घिमिरेले पार गर्नुभो शताब्दी आयू (10.02.2019)
महामण्डले चरित्र प्रदर्शनले गणतन्त्र कति सुरक्षित (10.02.2019)
प्रधानमन्त्रीको चिन्ता फेसबुके युवाहरुप्रति (09.25.2019)
सरकारले जनअपेक्षा सम्बोधन गर्न नसकेको जगजाहेर : असन्तुष्टिको लहर अरु चुलिंदो (09.25.2019)
माफियाको चंगुलमा स्वास्थ्य सेवा सरकारीमा आईसीयू अभाव निजीमा महंगो (09.25.2019)
डेंगु र स्क्रब टाइफसको प्रकोप (09.25.2019)
निर्दिष्ट गन्तव्यमै विचलनको समस्या - संविधानको सर्वस्वीकार्यतामाथि नै प्रश्न (09.17.2019)
भद्रगोलको भूमरीमा कांग्रेस (09.17.2019)



 
::| Latest News

 
[Page Top]