युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 09:57am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेपालको वास्तविक नक्ससार्वजनिक गर्न केले रोक्यो ?
Tuesday, 12.17.2019, 01:08pm (GMT+5.5)

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा उसको नक्सामा गाभेपछि नेपालभित्र यस विषयमा व्यापक बिरोध भैरहेको छ । भारतको सो कदमबिरुद्ध सरकारले बिरोध गरी पत्र पठाए पनि भारतले त्यसको सुनुवाई गरेको छैन । यसबीचमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको हालै बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
सांसदहरुले भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सुझाव दिनुभएको थियो ।
समितिले गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित अन्य सम्बन्धित मन्त्रालय र निकायको संयुक्त समन्वयकारी संयन्त्र निर्माण गरी एकीकृतरूपमा प्रभावकारी काम गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । सांसदहरुले नेपालको भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुलाको कालापानीसमेतका क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई सहजरूपमा आवतजावत गर्न बाटो र अन्य सेवासुविधाको उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । 
बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो क्षेत्रलगायत अन्य सीमा क्षेत्रमा सुरक्षा पोष्ट विस्तारका लागि सशस्त्र प्रहरी बलको दरबन्दी बढाउन लागेको जानकारी दिनुभयो । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सीमा विवाद समाधानका लागि सरकारको पहल सकारात्मकरूपमा अघि बढेको अवगत गराउँदै सो क्षेत्रका सम्पूर्ण नेपाली भूमि समेटेर शीघ्र नयाँ नक्सा जारी गर्ने बताउनुभयो ।
समिति सभापति पवित्रा निरौला (खरेल)को अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपाल, समिति सदस्यहरु प्रकाशमान सिंह, मोहन बानियाँ, भीम रावल, सरिता गिरी, अग्नि सापकोटा र उमा रेग्मीले भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिनुभएको थियो ।
सोही बैठकमा समितिका सदस्य तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेको अहिलेको विषय चर्चामा आए पनि यो काममा नेपालका अधिकारीहरुको पूर्वअनुमति रहेको आशंका गर्दै सरकारको निसानाछापमा हाम्रा भूभाग नआउने गरी बनाउनेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रावलले हाम्रो भूमि नक्सामा राख्न नापी विभागलाई केले राक्यो ? हाम्रो नक्सा यो हो भनेर छाप्न के ले रोक्यो ? सरकारलाई पार्टी, जनता र प्रतिपक्षीले साथ दिइरहेको बेला नक्सा छाप्न के ले रोक्यो भन्दै सो माग गर्नुभएको हो ।
नेता रावलले लिम्पियाधुरा यता आएका भारतीय सेना हट्नुपर्छ भन्दै भारतले पटक पटक स्वीकार गरेको स्मरण गराउँदै उहाँले सीमा समस्या समाधानका लागि विशेष दूत पठाउने र नपठाउने भन्ने विषयले प्रतिकूल प्रभाव पर्छ भन्दै यसमा मन्त्री एक कुरा भन्ने सरकारको दल अर्को भन्ने कुराले थप समस्या जन्माएको बताउनुभयो ।
उहाँले भन्नुभयो हामी दार्चुलामा घोडेटो बाटो पनि बनाउन नसक्ने अवस्थामा छौं उता रूपन्देहीमा नेपाली भूमिमा भारतले बाटो बनाउन थालेको छ । त्यसलाई रोक्न त सकिएला नि भन्दै यसमा कूटनीतिक पहल गर्न सुझावा दिनुभयो


Rating (Votes: )   
Share     Print


Other Articles:
‘हाम्रा’लाई काखा पार्दा ‘राम्रा’ परे पाखा (11.27.2019)
भेदकारी प्रपञ्चको खेलमा कोही नलागुन् ! (11.27.2019)
सरकारले कहिले सार्वजनिक गर्ने यस्तो नक्सा ? (11.27.2019)
देशव्यापी रूपमा स्वतस्फूर्त विरोध प्रदर्शनको लहर : भारतीय अतिक्रमणविरूद्ध सवै नेपाली एकजुट (11.14.2019)
प्रदेशहरुले अक्षर पाउने कहिले ? (11.14.2019)
उपनिर्वाचन मुख्य प्रतिस्पर्धा दुई दलबीच (11.14.2019)
सामान्य जनताको दैनिकी झनै सकसपूर्ण - अस्वस्थकर राजनीतिक अभ्यासको नयाँ श्रृंखला (10.22.2019)
शक्तिको आडमा अपराध गर्दाको फल (10.22.2019)
सभामुखमा डा. तुम्वाहाम्फे कसरी अयोग्य ? (10.22.2019)
दोहोरिएको प्रतिबद्धता (10.22.2019)
नेपाललाई भूपरिवेष्ठित मुलुक रहन नदिने चीनको प्रतिबद्धता - दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प् (10.15.2019)
“कम्युनिष्ट पार्टीका नेता अनुशासित हुनुपर्छ” (10.15.2019)
यी हुन् नेपाल–चीनबीच बीस समझदारीपत्र (10.15.2019)
राष्ट्रकवि घिमिरेले पार गर्नुभो शताब्दी आयू (10.02.2019)
महामण्डले चरित्र प्रदर्शनले गणतन्त्र कति सुरक्षित (10.02.2019)
भित्रियो घरघरमा दशैं– आम जनताको सास्ती पहिलेकै जस्तो (10.02.2019)
प्रधानमन्त्रीको चिन्ता फेसबुके युवाहरुप्रति (09.25.2019)
सरकारले जनअपेक्षा सम्बोधन गर्न नसकेको जगजाहेर : असन्तुष्टिको लहर अरु चुलिंदो (09.25.2019)
माफियाको चंगुलमा स्वास्थ्य सेवा सरकारीमा आईसीयू अभाव निजीमा महंगो (09.25.2019)
डेंगु र स्क्रब टाइफसको प्रकोप (09.25.2019)



 
::| Latest News

 
[Page Top]