युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 04.08.2020, 03:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
शिवमायाको अडानले नेकपालाई दिएको चुनौति
Tuesday, 01.14.2020, 12:23pm (GMT+5.5)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र भागवण्डे राजनीतिलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले चुनौति दिनुभएको छ । चार महिनादेखि रिक्त रहेको सभामुख पदमा सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमध्येको एकजनाको भागमा पार्नका लागि उपसभामुख डा. तुम्बाहाम्फेलाई राजीनामा दिन दिएको निर्देशन उहाँले लत्याएर राजीनामा नदिने महाभियोग लगाएर हटाउन चुनौति दिएपछि नेकपा नेतृत्वलाएै संकट परेको छ । शनिबार नेकपा सचिवालयले शिवमायालाई राजीनामा दिन दिएको निर्देशन अस्वीकार गर्नुभएकी उहाँले आइतबार अध्यक्षद्वयकै सामुन्ने राजीनामा नदिने र जे गर्नुपर्छ गर्नुस् भन्ने जवाफ दिएपछि आइतबारलाई निर्धारित संसद बैठक समेत स्थगित भएको छ ।
शनिबार उपसभामुख तुम्बाहाम्फेले आफूले राजीनामा नदिने हिम्मत भए महाभियोग लगाएर हटाउन चुनौति दिनुभएको थियो ।  उपसभामुख थुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने नत्र संसद बैठक चलाउने बताउँदै आउनुभएको थियो । उता नेकपा अध्यक्षहरु भने शिवमायालाई उपसभामुखबाट राजीनामा गराएर अर्को व्यक्तिलाई सभामुख बनाउने र उपसभामुख राष्ट्रिय जनता पार्टीलाई दिने तयारीमा रहेका छन् ।
आइतबार नेताद्वयले बोलाएको बैठकमा सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाए पनि  उपसभामुखले राजीनामा दिन्न भनेर हिँड्नुभएको थियो । उपसभामुख तुम्बाहाम्फेले सचिवालयको बैठकको निर्णयसमेत नमानेपछि आइतबार विहानै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गर्नुभएको थियो । सो छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल पनि उपस्थित थिए । उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा परेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उहाँलाई अन्तिम पटक सम्झाउने तयारी छ । सम्भवतः प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि आग्रह गर्नुहुनेछ । तुम्बाहाम्फेले राजीनामा दिएपछि मात्र नेकपाबाट कसलाई उम्मेदवार बनाउने भनेर छलफल हुने नेताहरुले बताएका छन् ।
नेकपाका एकथरि नेता भने उहाँलाई समानुपातिकबाट सांसद बनाइएकाले पार्टीले सांसदबाट निष्काशन गर्नसक्ने बताइरहेका छन् । हुन पनि तुम्बाहाम्फेले राजीनामा नदिएमा नेकपा सामु तीनवटा विकल्पमात्र छन् । तीमध्ये पहिलो विकल्प उहाँलाई नै सभामुख बनाउने निर्णय गर्ने र राजीनामा गराउने हो । नत्र समानुपातिक सांसदको सूचीबाट उहाँको नाम हटाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने । 
त्यसो त सभामुखका लागि शिवमाया कुनै कोणबाट पनि अयोग्य हैनन् । उच्चशिक्षित महिला र जनजाति समुदायको प्रतिनिधित्व गर्ने उहाँलाई सो पदमा स्थापित गराउँदा नेकपा नेतृत्वको मात्र हैन देशकै शिर उच्च हुने भए पनि भागवण्डाको राजनीतिले सत्तारुढ नेकपाभित्र योग्यहरुभन्दा पनि आफ्नाहरुले मौका पाउँदै आएका छन् । शिवमायाको हकमा पनि यही भएको छ ।
सभामुखका लागि पूर्व एमालेबाट कि पूर्व माओवादीबाट भन्ने विवाद चलिरहेका बेला शिवमायालाई नै सभामुख बनाउने प्रस्ताव गर्दा पार्टीको इज्जत नै बढ्ने भए पनि सभामुख चयनका लागि देशी विदेशी शक्तिको समेत चलखेल रहेको आशंकाकाबीच शिवमायाको अडानलाई सिंगो नेपाली महिलाको अडानका रुपमा पनि हेरिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भारतले वेवास्ता गरे पनि नेपालको तयारी तीब्र (01.14.2020)
नेतृत्व हत्याउने लहडबाजीमा पार्टीको शाख गुम्दै (12.17.2019)
पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन : राष्ट्रियताका पक्षमा भएका कमजोरी सच्याउने अवसर (12.17.2019)
नेपालको वास्तविक नक्ससार्वजनिक गर्न केले रोक्यो ? (12.17.2019)
‘हाम्रा’लाई काखा पार्दा ‘राम्रा’ परे पाखा (11.27.2019)
भेदकारी प्रपञ्चको खेलमा कोही नलागुन् ! (11.27.2019)
सरकारले कहिले सार्वजनिक गर्ने यस्तो नक्सा ? (11.27.2019)
देशव्यापी रूपमा स्वतस्फूर्त विरोध प्रदर्शनको लहर : भारतीय अतिक्रमणविरूद्ध सवै नेपाली एकजुट (11.14.2019)
प्रदेशहरुले अक्षर पाउने कहिले ? (11.14.2019)
उपनिर्वाचन मुख्य प्रतिस्पर्धा दुई दलबीच (11.14.2019)
सामान्य जनताको दैनिकी झनै सकसपूर्ण - अस्वस्थकर राजनीतिक अभ्यासको नयाँ श्रृंखला (10.22.2019)
शक्तिको आडमा अपराध गर्दाको फल (10.22.2019)
सभामुखमा डा. तुम्वाहाम्फे कसरी अयोग्य ? (10.22.2019)
दोहोरिएको प्रतिबद्धता (10.22.2019)
नेपाललाई भूपरिवेष्ठित मुलुक रहन नदिने चीनको प्रतिबद्धता - दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प् (10.15.2019)
यी हुन् नेपाल–चीनबीच बीस समझदारीपत्र (10.15.2019)
“कम्युनिष्ट पार्टीका नेता अनुशासित हुनुपर्छ” (10.15.2019)
भित्रियो घरघरमा दशैं– आम जनताको सास्ती पहिलेकै जस्तो (10.02.2019)
महामण्डले चरित्र प्रदर्शनले गणतन्त्र कति सुरक्षित (10.02.2019)
राष्ट्रकवि घिमिरेले पार गर्नुभो शताब्दी आयू (10.02.2019)



 
::| Latest News

 
[Page Top]