युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 04.09.2020, 08:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेपालको चिनारी ऐतिहासिक सम्पदाहरुको संरक्षणमा
Wednesday, 02.12.2020, 12:25pm (GMT+5.5)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चिनारी ऐतिहासिक र प्राचिन सम्पदाहरुमा रहेको भन्दै नयाँ शालिक राख्दैमा नयाँ नेपाल नहुने बताउनुभएको छ । शनिबार उपत्यकाका सम्पदाहरुको पुनःनिर्माणको अवलोकनपछि उहाँले सो धारणा राख्नुभएको हो । त्यस क्रममा उहाँले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताउनुभएको छ ।
आइतबार काठमाडौँ उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार निर्माणमा प्रत्यक्ष संलग्न सरकारी उच्च अधिकृत र जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले सुनेकोभन्दा सम्पदा निर्माणमा प्रगति देखेर आफू धेरै उत्साहित भएको प्रतिक्रिया दिनुभयो । 
विसं २०७२ वैशाख १२ गतेको  भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माण शुरुआत गर्न प्रारम्भमा ढिलाइ भएको प्रसङ्ग स्मरण गर्दै राष्ट्रपतिले भन्नुभयो, “समस्या समाधान गरेर अहिले ठिक ढङ्गले निर्माण कार्य अघि बढिरहेको छ,  यस कार्यमा संलग्न सबैमा धन्यावाद भन्न चाहन्छु ।”  
ऐतिहासिक सम्पदा भनेका हाम्रा सम्पत्ति हुन्, विभिन्न समयमा बन्ने सम्पदा भावी पुस्तालाई इतिहाससम्बन्धी जानकारी गराउन हामीले जस्ताको त्यस्तै रुपमा हस्तान्तरण गर्नुपर्छ भन्दै उहाँले नयाँ पुस्तालाई सभ्य, सदाचारयुक्त, अनुशासित र न्यायपूर्ण समाज निर्माणमा प्रेरित गर्न भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणको आवश्यकता औँल्याउनुभयो ।
पूँजी र प्रविधिको सीमितताका बाबजूद सरकारले त्यस्ता सम्पदाको संरक्षण गर्न गम्भीर भएर सुझबुझ ढङ्गबाट योजना बनाएर काम गरिरहेको छ  । “हरेक कालखण्डको इतिहास लेख्दै राख्दै जाने हो, अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन, पुत्रशोकमा परेकी आमाका इतिहास रानीपोखरीसंग जोडिएको छ, जति कठोर भए पनि इतिहास भनेको इतिहासै हो, त्यो भावी पुस्ताले थाहा पाउनुपर्छ, हिजोका शालिक ढालेर नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैन”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
 रानीपोखरी निर्माणको इतिहास र मर्मलाई आत्मसात गरी बाँकी काम अघि बढाउन उहाँले सुझाव दिनुभयो । सम्पदा निर्माणमा मुलुकभित्रका श्रम, सीप र सामग्रीलाई उच्चतम प्राथमिकता दिएर काम गर्न सुझाव दिँदै राष्ट्रपति भण्डारीले  मुलुकभित्रका विद्यालयका बीचमा दरबार हाइस्कुल नमूनाकै रुपमा निर्माण भएको भनी  सह्राना गर्नुभयो । 
प्रकृति र संस्कृतिमाथि अन्याय गर्ने कोशिस भएमा अनेकौ चुनौती आउनसक्नेतर्फ सचेत रहन सुझाव दिँदै उहाँले स्वदेशमै उपलब्ध साधनस्रोतको प्रयोगले बढ्दै गएमा व्यपार घाटा न्यून गर्न योगदान मिल्ने र मौलिकतालाई जोगाउन योगदान पुग्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
राष्टपति भण्डारीले भन्नुभयो, “हामीले कल्पना गरेको सभ्य, अनुशासित र न्यायपूर्ण समाज हो, किसान मजदूर, ग्रामीण क्षेत्रका जनताको मनोविज्ञानलाई बुझी कर्तव्य र जिम्मेवारीमा रहेर काम गर्न मेरो तपाईहरुलाई आग्रह छ ।”
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माणका लागि नयाँ सोचका साथ अवधारणाअघि बढाउन लागिएको जानकारी दिनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणपछि प्राकृतिक छटाले परिपूर्ण हाम्रा गाउँवस्ती, विद्यालय र ऐतिहासिक धरोहरका रुपमा रहेका सम्पदा सुन्दर देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माणसगैँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणलाई नयाँ ढङ्गबाट अघि बढाउने कोशिस गरिएको छ ।” सो अवसरमा रानीपोखरी, जमल, रत्नपार्कक्षेत्रलाई अत्याधुनिक र रमणीयस्थलका रुपमा विकास गर्न  अघि सारिएको सोचसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ह्वेल उम्कियो– ठूला माछासंगै निर्दोष असला फन्दामा (02.12.2020)
प्रेरणाले दाबी गरेको दाइजो ः ट्रष्टकै सम्पत्ति भएको ठहर (02.12.2020)
एमसीसी र सूचना प्रविधि विधेयकवारे तातो बहस ! (01.14.2020)
शिवमायाको अडानले नेकपालाई दिएको चुनौति (01.14.2020)
भारतले वेवास्ता गरे पनि नेपालको तयारी तीब्र (01.14.2020)
नेतृत्व हत्याउने लहडबाजीमा पार्टीको शाख गुम्दै (12.17.2019)
पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन : राष्ट्रियताका पक्षमा भएका कमजोरी सच्याउने अवसर (12.17.2019)
नेपालको वास्तविक नक्ससार्वजनिक गर्न केले रोक्यो ? (12.17.2019)
‘हाम्रा’लाई काखा पार्दा ‘राम्रा’ परे पाखा (11.27.2019)
भेदकारी प्रपञ्चको खेलमा कोही नलागुन् ! (11.27.2019)
सरकारले कहिले सार्वजनिक गर्ने यस्तो नक्सा ? (11.27.2019)
देशव्यापी रूपमा स्वतस्फूर्त विरोध प्रदर्शनको लहर : भारतीय अतिक्रमणविरूद्ध सवै नेपाली एकजुट (11.14.2019)
उपनिर्वाचन मुख्य प्रतिस्पर्धा दुई दलबीच (11.14.2019)
प्रदेशहरुले अक्षर पाउने कहिले ? (11.14.2019)
सामान्य जनताको दैनिकी झनै सकसपूर्ण - अस्वस्थकर राजनीतिक अभ्यासको नयाँ श्रृंखला (10.22.2019)
शक्तिको आडमा अपराध गर्दाको फल (10.22.2019)
सभामुखमा डा. तुम्वाहाम्फे कसरी अयोग्य ? (10.22.2019)
दोहोरिएको प्रतिबद्धता (10.22.2019)
नेपाललाई भूपरिवेष्ठित मुलुक रहन नदिने चीनको प्रतिबद्धता - दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प् (10.15.2019)
यी हुन् नेपाल–चीनबीच बीस समझदारीपत्र (10.15.2019)



 
::| Latest News

 
[Page Top]