युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 10:00pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
विदेश नीति प्रतिवेदन आयो
Monday, 02.20.2012, 03:50pm (GMT+5.5)

काठमाडौं । मुलुकको विदेश नीति नै नभएको टिप्पणी परराष्ट्रविद्हरूले गरिरहेका बेला व्यवस्थापिका–संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले “परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति प्रतिवेदन २०६८” गत बिहिबार सार्वजानिक गरेको छ । समितिद्वारा गत साउन ३० गते काठमाडौंमा आयोजित परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति विषयक छलफलमा प्रस्तुत भएका कार्यपत्रमाथि गरिएका टिप्पणी एवं सहभागीद्वारा व्यक्त सुझावलाई सो पुस्तिकामा समेटिएको छ ।

समितिका सभापति पद्मलाल विश्वकर्माले दिनुभएको जानकारी अनुसार परिवर्तित सन्दर्भमा साझा सहमतिसहित स्पष्ट विदेश नीति तर्जुमा एवं कार्यान्वयन गर्न सजिलो होस् भन्ने उद्देश्यले सो प्रतिवदन तयार गरिएको हो । विगतमा अवलम्बन गरिएका विदेश नीतिका सकारात्मक पक्षलाई ग्रहण गर्दै आगामी दिनमा मित्रराष्ट्रहरूसंगको सम्बन्ध अरु सुदृढ एवं उपयोगी बनाउन प्रतिवेदनले सुझाव समेत दिएको छ ।

प्रतिवेदनमा भाग ६, परिशिष्ट ११ र अनुसूची ५ छन् । परिवर्तित सन्दर्भमा विदेश नीति तर्जुमाको औचित्य र आवश्यकता, बदलिएको नेपाली परिवेश, नेपालको विदेश नीतिको उद्गम र विकास, समकालीन विश्व परिवेश र विदेश नीतिका आधार र विशेषता जस्ता विषयवस्तु प्रतिवेदनमा रहेका छन् ।

त्यसैगरी आर्थिक कुटनीति अन्तर्गत आर्थिक कूटनीतिको वर्तमान अवस्था, महत्व, आर्थिक कूटनीतिका लागि बजेटको व्यवस्था, सम्भाव्य क्षेत्र, वैदेशिक रोजगारी, व्यापार क्षेत्र, नेपाल व्यापार एकीकृत रणनीति जस्ता विषय प्रतिवेदनमा उल्लिखित छन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
शान्ति र संविधानको बाटो अझै अबरुद्ध, राष्ट्रियता बिरुद्ध नियोजित प्रहार (02.13.2012)
एकथरि मिल्यो अर्को समस्याको सिर्जना (02.13.2012)
गच्छेदारको एकलौटी निर्णय : ‘मधेशी’का जनतालाई वंशजको नागरिकता (02.13.2012)
सीएमको निम्तोमा पीएम (02.13.2012)
अकुत सम्पत्तिको स्रोत छैन (02.13.2012)
बन्ला त अब सम्विधान ? (02.06.2012)
नयाँ नेपालको नाराले बबण्डर मच्चाउने संकेत (02.06.2012)
आगामी दिन झन् चुनौतिपूर्ण (02.06.2012)
यस्तो छ राज्य पुनःसंरचनाको प्रतिवेदन (02.06.2012)
अविश्वास र आशङ्काले दलहरूलाई खायो : देश झनै अनिश्चिततातिर धकेलियो (01.30.2012)
दम्भ प्रदर्शनको होडले निकासविहीनताको स्थिति (01.30.2012)
स्वैच्छिक अवकाशको काम सुरु होला ? (01.30.2012)
राष्ट्रपतिको राष्ट्रप्रेम (01.30.2012)
विदेशीको हितमा संविधान बन्ने खतरा (01.30.2012)
सगरमाथाको उचाइमा अडिग (01.30.2012)
राष्ट्रिय स्वाधीनताबिरुद्ध राजनीतिक साँठगाँठ (01.23.2012)
शान्ति र संविधानका विवादित विषय यथावत (01.23.2012)
एमालेको ‘घरफर्क अभियान’प्रति वाम चासो (01.23.2012)
एयर बस विमान दिन तयार (01.23.2012)
शुल्क बढाउने तयारी (01.23.2012)



 
::| Latest News

 
[Page Top]