युगसम्बाद साप्ताहिक

अर्को भागवण्डाको खेल
Monday, 05.30.2011, 03:56pm (GMT5.5)

काठमाडौं भागवण्डाका आधारमा विश्वविद्यालयका उपकुलपति लगायत विभिन्न पदाधिकारीहरूलाई नियुक्त गरी राजनीतिकरण गरेको शैक्षिक गतिविधि नै ठप्प भएको आरोप लागिरहेका बेला सरकारले चारवटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री गङ्गालाल तुलाधरको संयोजकत्वमा अलगअलग समिति गठन गरेको समितिमा शिक्षा सचिव शङ्करप्रसाद पाण्डे पदेन सदस्य हुनुहुन्छ भने सम्बन्धित विश्वविद्यालय सभाबाट एक-एकजना सदस्य मनोनित गरिएको समिति अन्तर्गत त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सिफारिस समितिमा कृष्णहरि बास्कोटा, पूर्वाञ्चल विश्वविद्यालयतर्फ महेन्द्रकुमार कार्की, नेपाल संस्कृत विश्वविद्यलयतर्फ गंगाप्रसाद उप्रेती पोखरा विश्वविद्यालयतर्फ गेहेन्द्रेश्वर कोइराला सदस्य रहनुभएको समितिले कहिलेसम्म उपकुलपतिहरूको छनोट गरिसक्ने हो प्रधानमन्त्री तथा सबै विश्वविद्यालयका कुलपतिले कहिले नियुक्ति गर्नुहुने हो यसबारे भने केही बताइएको छैन

उपकुलपति नहुँदा विश्वविद्यालयहरूको परीक्षा, नतिजा प्रकाशन लगायत दैनिक प्रशासनिक काममा अवरोध पुगेको बताइएको सरकारले शिक्षासेवी विज्ञहरूलाई विश्वविद्यायका उपकुलपति बनाउनुको साटो -आफ्नो राजनीतिक दलसंग आस्था राख्ने व्यक्तिको खोजी गरेका कारण विश्वविद्यालयहरूको अवस्था चौपट बन्दैगएको जानकार सूत्रहरू बताउँछन् राजनीतिकरणको चर्को मारमा परेका उच्च शिक्षाका निकायहरू विगत केही वर्षयता धराशायी अवस्थामा पुग्न लागेका छन् यसमा देशकै सबैभन्दा जेठो ठूलो त्रिभुवन विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक रहेको त्यहाँ नियुक्त हुने उपकुलपति लगायतका पदाधिकारीहरू राजनीतिक भागवण्डाका आधारमा नभै योग्यता, विज्ञता क्षमताका आधारमा मात्र हुने हो भने विश्वविद्यालयले काँचुले फेर्ने शिक्षाविद्हरू बताउँछन्



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com