युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.25.2019, 11:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
 
नेकपामा अध्यक्ष ओलीको एकछत्र रजाइँ !
Tuesday, 08.20.2019, 01:32pm

सत्तारूढ नेकपाभित्र कार्यविभाजनको बखेडा समाप्त प्रायः भएपछि अन्तर्विरोध र असन्तुष्टिको नयाँ शृङ्खला सुरू भएको छ । एक व्यक्ति एक पदको बहस छेडेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ठेगानमा ल्याउन खोज्ने परीणामहीन कसरतलाई चुनौती दिँदै अध्यक्ष ओलीले पार्टी र सरकारमा एकछत्र प्रभाव जमाएपछि परोक्ष कार्वाहीका रुपमा वरियतामा तल झारिएका बरिष्ट नेता माधवकुमार नेपालको छटपटी र असन्तुष्टि चुलिएको छ । एकातिर पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणप्रति पछुतो गर्न थाल्नु र सत्तासाझेदार दल समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले ओलीको कुर्सी हल्लिन थालेको दावी गर्नु अनि अर्कातिर राजतन्त्रको पुनःस्थापनको बहस चुलिँदैजानुले ओली सरकारको भविष्यप्रति आशङ्का उब्जिन थालेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले पाँचवर्षसम्म प्रधानमन्त्रीको कुर्सीमा कसैले नचियाए हुन्छ भन्दै संविधानविरुद्ध जानेलाई त्यसै नछोड्ने हुङ्कार संसदमा गरेपछि राजनीतिक क्षेत्रमा थप सनसनी पैदा भएको छ ।

 

कोशी सम्झौता पीडितहरु आन्दोलित
Tuesday, 08.20.2019, 01:31pm
काठमाडौं । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले अहिलेसम्म मुआब्जा र क्षतिपूर्ति रकम नपाएपछि पीडितले शनिबारदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । सन् १९५४ अप्रिलमा भएको कोशी सम्झौता अनुसार भारतले अहिलेसम्म दिनुपर्ने मुआब्जा नदिएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

अप्रतिम स्रष्टा दीक्षितको अवशान
Tuesday, 08.20.2019, 01:31pm
काठमाडौं । मूर्धन्य साहित्यकार, अग्रणी पत्रकार तथा राजनीतिक चिन्तकका रूपमा सुपरिचित शिखर व्यक्तित्व मदनमणि दीक्षितको गत साउन ३० गते ९७ वर्षको उमेरमा निधन भएको दुःखद खवरले सिङ्गो नेपाली समाजलाई मर्माहत बनाएको छ । 
नेपाल आएर के गर्लान् जयशङ्करले ?
Tuesday, 08.20.2019, 01:30pm
भारतका विदेशमन्त्री सुब्रहमन्यम् जयशंकरको भोलि बुधवार हुने नेपाल आगमन राजनीतिक बौद्धिक जगतमा कुतुहलताको विषय बनेको छ । उहाँ नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको भदौ ४ गते काठमाडौंमा बस्ने पाँचौं बैठकमा भागलिन आउन लाग्नुभएको भए पनि नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा भारतको अविरल रुची र चलखेलका कारण यस्ता भ्रमणप्रति जन चासो बढ्ने गरेको विगतदेखिकै अभिलेख छ । 
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष
Tuesday, 07.30.2019, 12:43pm
मनसुनी वर्षासंगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानमा परी ज्यान गुमानेको संख्या बढ्दै १ सय १७ नाघेको, हराउनेको संख्या पनि ३८ पुगेको, विस्थापित हुनेको संख्या पनि हजारौंमा रहेको, पशुधनको पनि ठूलो नोक्सानी भएको र झण्डै चार अर्बभन्दा बढीको कृषिजन्य वस्तुको क्षति भएको प्रारम्भिक विवरणले संवेदनशील राष्ट्रिय परिस्थितिको दुःखदायी चित्र प्रस्तुत गरेको छ । मानवीय र भौतिक क्षतिको हरेक वर्ष विस्तारित भैरहेको आँकडाले मूलतः तराईमा डुवानको जुन बिकराल स्थिति सिर्जना भएको छ त्यसको मूल कारण भारतले पानीको प्राकृतिक बहाव रोकिने गरी सीमावर्ती क्षेत्रमा अवैध ढंगले निर्माण गरेको बाँध, तटबन्ध र सडक सञ्जाल नै रहेको वस्तुतथ्य उजागर भैरहेको छ भने देशको सर्बोच्च विधायिका राष्ट्रियसभाले पनि त्यही निष्कर्ष निकालेको छ 
निर्मलाका लागि किन न्याय महंगो ?
Tuesday, 07.30.2019, 12:41pm
साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको दिन । यो एक वर्षमा पन्त बलात्कार र हत्याका विषयमा जति नाटक मञ्चन भयो ती सबै रगमञ्चको पर्दा बन्द भए जसरी बन्द भएका छन् । एक वर्षमा सयौंमाथ अनुसन्धान, ८० जनाको डिएनए परीक्षण गरियो तर हत्यारा को हो पत्तो लागेको छैन । एक वर्षसम्म अपराधी को हो भन्ने पत्तो नलाग्नु विडम्बनाको कुरा हो ।
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण
Tuesday, 07.30.2019, 12:40pm
भारतको खुँखार खुफिया एजेन्सी भनी चर्चित हुँदैआएको ‘रअ’का प्रमुख सामन्तकुमार गोयल सो पद सम्भालेको एक महिना पुग्दानपुग्दै अघिल्लो हप्ता नेपालको तीन दिने गोप्य भ्रमणमा भारत फर्केको खवरले राजधानीको राजनीतिक वृत्तमा सनसनी फैलाइरहेको छ । 
तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो !
Monday, 07.22.2019, 05:43pm
असारे पानीले तराईको जनजीवन घोर सङ्कटमा परेको छ । ज्यान गुमाउने र हराउनेको संख्या बढिरहेको छ । बाढी र डुबानको चपेटामा परेर घरवारबिहीन हुनेहरूको संख्या एक्किन छैन । हजारौं परिवार कतै सडक किनारमा, कतै स्कूल भवनमा त कतै अग्लो ठाउँ खोज्दै, थुम्को ढिस्को चाहार्दै ओत र आश्रयका निम्ति आर्तनाद गरिरहेका छन् । गाउँ वस्तीभित्रका कैयौं बाटाघाटा पनि बाढी र डुवानको चपेटामा परेका छन् । उद्धारकार्य र राहत सामग्री पु¥याउन पनि कठीन छ । अस्थायी आश्रयका लागि पनि पालको पर्याप्त उपलब्धता छैन ।  सर्पदंशका घटनाहरू पनि उत्तिकै बढिरहेका छन् । बालबालिका र महिलाहरूको झनै कन्तबिजोक छ । हवाइ निरीक्षण र स्थलगत निरीक्षणको राजनीतिक हल्लाखोरी पनि चलिरहेको छ । तर उद्धार र राहतले पनि गति लिन सकेको छैन । मुलुकमा स्थानीय, प्रादेशिक र संघीय गरी तीनथरी सरकार रहेका भए पनि सङ्कटमोचन कार्यले गतिलिएको कुनै आभास छैन । प्रदेश नं. २ मा डुवानको समस्या सर्वाधिक चर्को छ । भौतिक क्षतिको पूर्ण विवरणसमेत सङ्कलन र आङ्कलन हुन सकिरहेको छैन ।
छायाँमा बिपी–पुष्पलाल
Monday, 07.22.2019, 05:42pm
काठमाडौं । नेपालमा प्रजातान्त्रिक–वाम आन्दोलनका अगुवा हुन स्व. बिपी कोइराला र पुष्पलाल श्रेष्ठ । साउन ६ गते नेपाली कांग्रेसले बिपी स्मृति दिवस मनायो भने त्यसको केही दिनपछि नेकपाले पुष्पलाल स्मृति दिवस मनाउनेछ ।

गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा
Monday, 07.22.2019, 05:41pm
 मुलुकमा महामारीको रुपमा फैलिएको छ भ्रष्टाचार । पछिल्लो समय हरेकदिन विभिन्न सरकारी निकायका कर्मचारीहरु घूससहित रंगेहात पक्राउ पर्न थालेका छन् । स्थानीय तहमा अरु बढी भ्रष्टाचार भऋएको पाइएको छ । प्राविधिक कर्मचारीहरु सानोसानो काममा घूस माग्ने गरेको पुष्टि भैरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत छापा मार्ने क्रममा केही दिन अघि पाँचजना इञ्जिनियर घूससहित पक्राउ गरेको छ । 
बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन
Monday, 07.22.2019, 05:41pm
काठमाडौं । नेपालको धार्मिक सम्पदाहरुमा एकपछि अर्को आक्रमण हुन थालेको छ । नेपालको प्रमुख दुई धर्म हिन्दु र बौद्धप्रति अनास्था पैदा गर्ने खेल बारम्बार हुँदैआएको छ । विश्वभरका हिन्दुको आराध्यदेव पशुपतिनाथ परिसर र बौद्ध धर्मावलम्बीहरुको पवित्र भूमि लुम्बिनी क्षेत्र आक्रमणको निशानामा परेका छन् ।

युगसम्वाद ३२औं वर्षमा प्रवेश
Tuesday, 06.18.2019, 02:49pm
युगसम्वाद साप्ताहिक यसै अंकदेखि ३२ औं वर्षमा प्रवेश गरेको छ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रलाई मूलमन्त्र मानेर राष्ट्रिय चिन्तनधार निर्माणमा प्रतिबद्ध रहँदैआएको यस प्रकाशनले विगत ३१ वर्षको अवधिमा निष्पक्ष र स्वतन्त्र ढंगले समाचार र विचार प्रस्तुत गर्दैआएको अभिलेखमा अङ्कित छ । 
सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो !
Tuesday, 06.18.2019, 02:49pm
काठमाडौं । गुठीसम्बन्धी विधेयकले दुई तिहाई बहुमतको बलियो सरकारलाई नराम्रोसंग झस्काएको छ । सामन्ती प्रथाको उन्मुलन गर्ने नाममा १७ सय वर्षदेखि चलिआएको गुठी परम्परा तोड्न र रीतिरिवाज, जात्रा, पर्व, धर्म, संस्कृतिप्रतिको जनआस्थामाथि नै प्रहार हुने गरी राष्ट्रिय सभामा प्रस्तुत गरिएको विधेयकको विरोधमा राजधानी उपत्यकका तीनै शहरमा चर्को विरोधप्रदर्शन भैरहेकाले आन्दोलनको बेग रोक्न सरकार एक कदम पछाडि हट्न तयार भएको सन्देश प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले दिनुभएको छ । जेठ २५ गते युरोपको ‘प्लेजर ट्रिप’मा निस्कनुभएका प्रधानमन्त्री ओली बेलायत र फ्रान्स दुबै देशले उहाँले अगाडि सारेका प्रस्ताव स्वीकार नगरेपछि असार १ गते रित्तो हात स्वदेश फर्कनासाथ त्रिभुवन बिमानस्थलबाटै विवादास्पद गुठी विधेयकवारे गरिएको भूल सच्याउने बचन दिनुभएको छ । 
जनता अरिङ्गाल हुन्– धेरै नजिस्क्याउ !
Tuesday, 06.18.2019, 02:48pm
काठमाडौं । जनतालाई असन्तुष्ट पारेर गरिने कुनै निर्णय सडकबाट फालिन्छ । यो इतिहाससिद्ध तथ्य हो । अहिले जनता आफ्नो स्वार्थ विपरीत आएको एउटा विधेयकको विपक्षमा सडकमा उत्रिएका छन् । सरकारले गुठी विधेयक ल्याएपछि यसले धर्म, संस्कृति र परम्परा मास्न खोजेको भन्दै जनता सडकमा उत्रिएका हुन् ।

देशको परिस्थिति अनपेक्षित दिशातिर उन्मुख - सत्ता राजनीतिक वृत्तभित्र चर्को अन्तर्विरोध
Wednesday, 06.05.2019, 12:41pm
सत्तारूढ नेकपाभित्र पार्टी एकीकरणको प्रक्रियासमेत पूरा नहुँदै सत्ता नेतृत्वको भागबण्डाबारे बेमौसममा बज्न थालेको बाजाले राजनीतिक स्थायित्वको भ्रमलाई चिर्दै अस्थिरताको नयाँ चरण सुरू हुने सन्देह जन्माएको छ । प्रधानमन्त्री  तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली लोकसभाको हालै सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत हाँसिल गरी दोस्रो पटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन नयाँदिल्ली जाँदैगरेको बेला पारी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भावी प्रधानमन्त्रीको छनक दिँदै पूर्व सहमतिको पोको खोलेर जुन दनक दिन खोजेको देखियो त्यसले सत्ता राजनीतिभित्र मात्रै कम्पन नल्याई नेपालको सिङ्गो राजनीतिलाई तरङ्गित बनाएको छ । 
विदेश अध्ययन– प्रभावकारी नीति नियम आवश्यक
Wednesday, 06.05.2019, 12:40pm
काठमाडौं । नेपालबाट वर्षेनी दशौं हजार युवाहरु अध्ययनका लागि विदेशिने गर्दछन् र अध्ययनकै लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिन्छ । वैदेशिक अध्ययनमा जानु आफैंमा नराम्रो कुरा नभए पनि यसलाई कसरी व्यवस्थित र पारदर्शी बनाउने भन्नेतिर कसैको पनि ध्यान गएको पाइँदैन । विशेषतः विदेशमा विद्यार्थीहरु अलपत्र पर्दा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न लामो समयदेखि उठिरहेको छ । 

ओली–प्रचण्ड सम्बन्धको उतारचढाव
Wednesday, 06.05.2019, 12:40pm
पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नृपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बितेको केही दिनयता आफ्ना भनाइहरुलाई आफंैले खण्डन र मण्डन गर्न थाल्नुभएको छ । दुई पार्टी एक हुँदा भएको सहमतिअनुसार सरकारको नेतृत्व आधा–आधा गर्न भएको सहमति अनुसार वर्तमान प्रधानमन्त्री केपी ओलीले अबको १५ महिनापछि सहमति पालना नभए कोही पनि नटिक्के चेतावनी दिएपछि नेकपाभित्र मात्र आम जनतामा चीसो पसेको छ । 
राजधानीमा विप्लवको बम आतंक
Tuesday, 05.28.2019, 11:22am
काठमाडौं । सरकारले आतंकवादी गतिविधि गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई “विप्लव समूह” भन्दै प्रतिबन्ध लगाएपछि उसका नेता कार्यकर्तामाथि धरपकड सुरु भएको छ । सयौं गिरफ्तार भएका छन् । गत बिहिबार भोजपुरमा उसका एक कार्यकर्ता प्रहरीको गोलीबाट मारिएपछि त्यसको बिरोधमा हिजो सोमबार नेपाल बन्दको आव्हान गरेको विप्लव समूहले त्यसको एकदिन अघि राजधानीमा बम आतंक मच्चायो । नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित बन्यो ।

विप्लवको बम आतङ्कले राजधानीवासी भयभित ! भोलि नयाँ बजेटः व्यापार घाटा ठूलो समस्या
Tuesday, 05.28.2019, 11:22am
काठमाडौं ।  नेकपा सरकारले भोलि जेठ १५ गते आर्थिक वर्ष २०७६।०७७ को नयाँ बजेट संयुक्त सदनमा प्रस्तुत गर्दैछ । सरकार नयाँ बजेटको अन्तिम तयारीमा जुटिरहेको बेला प्रतिबन्धित नेकपा विप्लव समूहले राजधानी भित्रै शृङ्खलाबद्ध बिस्फोटन गराएर राजधानीवासीलाई भयभित बनाएको छ । आफ्ना ‘कार्यकर्ताको हत्या’ भएको विरोधमा भन्दै भूमिगत नेकपा विप्लव समूहले हिजो ‘नेपाल बन्द’को आव्हान गरेकाले त्यसको प्रतिकूल असरका कारण राजधानीका शिक्षण संस्थाहरू बन्द रहे । यातायात क्षेत्रमा बन्दको प्रभाव न्यून नै देखिए पनि जनमानसमा भने ठूलै सन्त्रास फैलिएको देखियो । ओली सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएर देशव्यापी रूपमा धरपकड गरी पाँच सयभन्दा बढी नेता कार्यकार्ता थुनामा राखेको र गएको चैतभित्रै यो समूहलाई नियन्त्रणमा लिइसक्ने भने पनि राजधानीमा शृङ्खलाबद्ध बिस्फोटन भएका घटनाले देश पुनः अवाञ्छित हिंसाको चपेटामा त पर्ने होइन भन्ने मनोत्रास फैलिन थालेको छ । 
सरकारलाई विधेयकको सकस
Tuesday, 05.28.2019, 11:21am
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक संसदले पास गरी प्रमाणिकरणका लागि पठाएको राहदानी विधेयक फिर्ता भएपछि सत्तारुढ दलभित्र खैलाबैला मच्चिएको छ । राष्ट्रपतिले केही प्रावधानमा पुनःविचार गर्नुपर्ने भन्दै फिर्ता पठाइएको विधयक अब कसरी आउँछ भन्ने कुतुहलता पनि जागृत छ । 
नेपाल र चीन अब धेरै नजिक
Tuesday, 04.30.2019, 01:53pm
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यतिखेर उत्तरी छिमेकी मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा हुनुहुन्छ । विश्वकै ध्यान आकृष्ट भैरहेको चीनद्वारा प्रस्तुत दोस्रो बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशनमा राष्ट्रपति भण्डारीको सहभागिता र सो बृहद् योजनामा हस्ताक्षर गरिसकेको नेपालले सोही योजनाका लागि राखेको प्रस्ताव स्वीकृत भएकाले नेपाल र चीनबीचको सम्बन्ध नयाँ दिशा र गतिलिने सुनिश्चिताप्रति आमविश्वास बढेको छ । यसै अवसरमा दुई देशबीचको पारबहन सन्धिको प्रोटोकलमा पनि हस्ताक्षर भएकाले अब नेपाल भूपरिबेष्ठित र भारत परिबेष्ठित अवस्थाबाट मुक्त भएको छ । बेल्ट एण्ड रोडको यो बैठकपछि केरूङ्–काठमाडौं रेलको सम्भाव्य योजना पनि अगाडि बढ्ने सङ्केत देखिएको छ ।
  » आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु
  » आफ्नै आँगनमा पराई हुने भए भूमिपुत्रहरु
  » विकासमा राजनीतिक प्रतिबद्धताको अभाव
  » चिनीया राष्ट्रपतिलाई निम्तो
  » यत्रो राष्ट्रघात, सबै चुपचाप
  » पार्टी एकताले गति लियो- देशको स्थिति आसामान्य !
  » राष्ट्रपतिको राजकीय चीन भ्रमण यस्ता छन् कार्यक्रम
  » नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै
  » प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ?
  » भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै !
  » लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु
  » सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली
  » प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि
  » प्रमुख दल गुटबन्दीको शिकार बन्दा
  » हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक
  » हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति
  » न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन
  » सरकार यी नेपाली कहाँ छन् ?
  » नेपालमा ‘रअ’को ब्यूहरचना
  » भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज



 
::| Latest News

 
[Page Top]