युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 09.20.2018, 07:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
लेनिन दिवसमा पार्टी एकता घोषणा !
Thursday, 04.12.2018, 11:27am
काठमाडौं । गत दशैंमा निर्वाचन अघि नै पार्टी एकता गरेर जाने सम्झौता गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच अझै पनि एकताका विषयमा विवाद रहेका छन् । दुबै पार्टीका शीर्षस्थ नेताहरुको समायोजनको विषय र एक अर्काको अस्तित्व स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुराले एकतामा ढिलाई भैरहेको छ । 
ईयूको चलखेलप्रति गिरिजाको आक्रोश र ओलीको अडान
Tuesday, 04.03.2018, 01:49pm
मधेशमा भारत र युरोपेली अनि उपत्यका लगायत पहाडी जिल्लामा युरोपेलीहरूको लगानी थियो । उनीहरू अधिकारको नाममा जातीय नारा घन्काउँदै मुलुक छिन्नभिन्न पार्ने षड्यन्त्रमा थिए । अन्तरिम संविधान जारी भएपछि मुलुकमा मधेश आन्दोलन चल्यो । यसमा भारतको हात थियो । सशस्त्र समूहहरू एकाएक जन्मिएका थिए । 
नयाँ दिल्लीमा कसरी प्रकट होला नेपालको अडान ?
Tuesday, 04.03.2018, 01:49pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चैत्र २३ गते तीनदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमणको मिति जति नजिकिंदैछ भ्रमणका एजेण्डाका विषयमा विचार विमर्श चलिसकेको छ । त्यस्तै यसपटकको भ्रमण अघिल्ला भ्रमणभन्दा के कति भिन्न हुन्छ भन्ने प्रश्नहरूको उत्तर खोज्ने काम पनि सुरू भैसकेको छ । अनि विगतमा जस्तै सल्लाह, सुझाव लिने र दिने काम चलिसकेको छ । तैपनि यसपटकको भ्रमण यसअघिका जस्ता परम्परा निर्वाहमा मात्र सीमित नहुने धेरैको अपेक्षा छ । अनि संविधान र मधेशका मुद्दा मात्रै हैन कुनै पनि राजनीतिक विषय वस्तुमा छलफल नगरी आर्थिक मुद्दाहरूमा मात्रै केन्द्रित हुने तयारी भैरहेको समाचार विवरणले भ्रमणप्रति अरू उत्सुकता थपेको छ । 
ओलीले मोदीलाई दिएको त्यो जवाफ
Tuesday, 04.03.2018, 01:48pm
ओलीले जसरी भारतको दवाव र निर्देशन लत्याएर चीनसंग व्यापार तथा पारवहन सन्धि गर्नुभो, तब भारत झस्किएको हो । त्यतिबेला मोदीले ओलीलाई अरू नेतालाई जस्तै गलाउने शैलीमा कुरा गर्न खोजे पनि ओलीले मोदीसंग चर्काचर्की नै गर्नुपरेको थियो ।
मोदी नेपाल कहीले आउलान् ?
Tuesday, 03.27.2018, 12:20pm
काठमाडौं । भारत बिरोधी र चीन पक्षधर भनेर भारतीय पक्षबाट आरोपित प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कुन देश हुन्छ भन्ने कुतुहलता मेटिएको छ । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुने चर्चा चल्न थालेको छ । तर, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो कुराको आधिकारिक जानकारी नआएको बताउनुभएको छ । यति मात्र हैन उहाँले प्रधानमन्त्री ओली भारत जानु अघि भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको प्रस्ताव गरिएको पनि बताउनुभयो ।

जटिल सम्बन्धका कसिला गाँठाहरू फुकाउने कसरत
Tuesday, 03.27.2018, 12:20pm
प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्निकट भारत भ्रमण अहिले सर्वाधिक चासो र राजनीतिक बहसको विषय बन्न थालेको छ । औपचारिक घोषणा हुन अझै बाँकी छ तापनि उहाँले चैत्र २३ देखि २५ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने निश्चित जस्तै भएको छ ।  संघीय संसदमा तीन चौथाई बहुमत प्राप्त बलियो तथा स्थायी सरकारको नेतृत्व हाक्ने सक्षम प्रधानमन्त्रीका रूपमा ओलीलाई हरिएको छ भने वैदेशिक हस्तक्षेप विरूद्धका उहाँका पछिल्ला सन्देशहरूले उहाँको निख्खर देशभक्तिको भावनालाई थप उजागर गरेको आम बुझाइ छ । भारत भ्रमणपूर्व नेकपा एमाले र माओवादी केन्द्रबीच पूर्व घोषित पार्टी एकताको कार्यभार पूरा गरेर मात्र भारत भ्रमणमा जाने तयारीले उहाँ दुई दलीय गठबन्धनको बहुमतीय सरकारका रूपमा नभै एकल पार्टी बहुमतको दह्रो सरकारको हैसियतमा भारतको अगाडि उपस्थित हुने चाहनामा हुनुहुन्छ भन्ने प्रष्ट सन्देश प्रवाहित भएको छ । परिवर्तित सन्दर्भमा नेपाल र भारतबीच उच्च समझदारीपूर्ण सम्बन्ध विकासको अपरिहार्यता सर्वत्र अनुभूत भैरहे पनि दुई देशबीच समाधानको प्रतिक्षामा रहेका अनगिन्ती समस्याहरू छन् ।
कि प्रतिवेदन सच्याउ, कि नेपाल छाड
Tuesday, 03.27.2018, 12:19pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंस्थित युरोपेली यूनियनलाई मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको पर्यवेक्षण प्रतिवेदन सच्याउन आग्रह गर्दै नेपाल र नेपालीलाई नहेप्न चेतावनी दिनुभयो ।

किन सेलायो पार्टी एकता ?
Tuesday, 03.20.2018, 11:05am
काठमाडौं । सरकारले पूर्णता पाएसंगै लामो समयदेखि अबरूद्ध पार्टी एकताको विषय सेलाउँदै सेलाउँदै गएको छ । एकताको खाका बनाउनेहरू सबै मन्त्री भएका छन् । मन्त्री छान्नका लागि पार्टी एकता कार्यदलमा रहेका नेताहरू त्यसैको दौडधुपमा लागे र मन्त्रिमण्डल विस्तार भएपछि कार्यदलमै रहेका नेताहरू मन्त्री बनेपछि कार्यदलको बैठक समेत बस्न सकेको छैन ।

दुईतिहाइको दौडमा निर्देशित अवरोध !
Tuesday, 03.20.2018, 11:05am
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको लामो कसरतपछि चैत्र २ गते  विस्तार गरे पनि मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन । संघीय संसदमा तीन चौथाइ सांसदको दह्रो समर्थन पाएको बलियो सरकारमा मधेशवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको सहभागिता सुनिश्चित भएको सन्देश वारम्वार प्रवाहित हुँदैआए पनि ती दल अझै सरकारमा सामेल भएका छैनन् । ओली सरकारले १८ मन्त्रालय कायम गर्ने तीन हप्ता अगाडिको आफ्नै निर्णय उल्टाउँदै २१ मन्त्रालय पु¥याएर मन्त्रीहरूको संख्या २२ पु¥याउँदा पनि राजपा संसफोको समायोजन बाँकी नै छ । मधेशवादी दलहरूलाई वाम गठबन्धनको सरकारलाई समर्थन गर्न र त्यसमा सामेल हुन भारतले दवाव दिएको र ओली सरकारसंग सहकार्य गर्न खुला रूपले आतुरता देखाउँदै ती दललाई पनि सरकारमा लिन सुझाव दिएको चर्चा राजनीतिक वृत्तमा चुलिए पनि संविधान संशोधनको खिचलो अझै नमिलेकाले यसमा बिलम्ब भैरहेको कथन मधेशी नेताहरूको छ । 

बाम गठबन्धनको मधेश मोहको रहस्य
Tuesday, 03.20.2018, 11:04am
राजनीतिमा असम्भव भन्ने केही हुँदैन’ भन्ने कथन चरितार्थ गर्दै मधेशवादी दलहरूले बामगठबन्धनलाई विश्वासको मत दिएर दुई तिहाई पु¥याइदियो । यो सन्दर्भलाई निकै प्रश्नात्मक रूपमा हेरियो । सरकारले आफ्नै स्पष्ट बहुमत हुँदाहुँदै किन दुई तिहाई चाहियो भन्ने प्रश्न पनि उठे । यद्यपि जसरी जुन रूपमा मधेशवादीहरू एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीको नाम समेत सुन्न चाहँदैनथे, अहिले परिस्थिति बदलिएको छ । उनीहरू सत्तारूढ हुन उत्ताउलिएर बसेका छन्, आन्तरिक गृहकार्यमा जुटेका छन् ।
दुईतिहाइको आशमा सरकार विस्तारमा विलम्ब ! संघीय संसदको अधिवेशन प्रारम्भ
Tuesday, 03.06.2018, 02:47pm
संघीय संसदको पहिलो अधिवेशन हिजो सोमवारदेखि औपचारिक रूपमा सुरू भएको छ । निर्वाचन सकिएको तीन महिनापछि मात्र गत आइतवार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले शपथ ग्रहणको अवसर पाएका थिए ।  राष्ट्रिय, क्षेत्रीय एवं आ–आफ्ना सांस्कृतिक तथा जातीय पहिरनमा सजिएका सांसदहरूले राष्ट्रभाषालगायतका विभिन्न १२ भाषामा शपथ लिएर अनेकतामा एकताको भाव प्रदर्शन गरेका थिए । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक भएको आमनिर्वाचनबाट गठित द्विसदनात्मक संसदको हिजोबाट सुरू भएको अधिवेशनको २६ गते प्रतिनिधिसभाका सभामुख र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन कार्यक्रम तय भएको छ भने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २७ गते विश्वासको मत लिने हुनुभएको छ । २९ गते राष्ट्रपतिको पनि निर्वाचन हुनेभएको छ । सरकार गठन भएको लामो समय वितिसक्दा पनि मन्त्रिपरिषदले  भने अझै पूर्णता पाएको छैन । एउटै पार्टी बनाउने निर्णयमा पुगिसकेका नेकपा एमाले र माओवादी केन्द्रबीच पदीय एवं मन्त्रालयको भागबण्डा मिलिसकेको सन्देश प्रवाह भए पनि संघीय समाजवादी फोरमलाई समेत सरकारमा सामेल गराएर पूर्ण बहुमतको मात्र होइन दुईतिहाइकै सरकार बनाउने प्रयासमा वामगठबन्धनका नेताहरू जुटिरहेका छन् । राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सामेल हुन आग्रह भैरहेको छ । अब संसदीय गतिविधि प्रक्रियागत रुपले नै अगाडि बढ्ने भएपछि पाँच वर्ष टिक्ने आधार खडा भएको अवस्थामा स्थिर सरकारको प्रत्याभूतिका साथ राष्ट्रिय विकास र समृद्धिको बाचाअनुरूपका नीति, योजना र कार्यक्रमको तर्जुमा हुने हो भन्नेतिर आमचासो र उत्सुकता बढेको छ ।  
कांग्रेसमा देउवाको एकलौटी
Tuesday, 03.06.2018, 02:46pm
काठमाडौं । आफ्नै नेतृत्वको सरकारले गराएको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नराम्रोसंग पछारिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नैतिकता प्रदर्शन गर्दै नेतृत्वबाट विदा लिनुपर्ने माग उहाँका विपक्षमा रहेका नेताहरुबाट आए पनि अन्ततः उहाँको एकलौटी कायमै रहेको छ ।

महाकालीमा भारतको अर्को बलमिच्याई
Tuesday, 03.06.2018, 02:46pm
काठमाडौं । सुदूरपश्चिमको दार्चुलामा नेपाली भूमि मिचेर सैन्य पोष्ट खडा गरेको भारतले अब सोही जिल्लामा सडक र पुल बनाएर अतिक्रमणको नयाँ चरण सुरु गरेको छ । नेपालमा नयाँ सरकारले आकार लिंदै गर्दा भारतबाट नेपाली भूमि अतिक्रमण गर्दै पुल र सडक बनाइरहेको छ । यो सडक कालापानीमा अतिक्रमित भूमिलाई वैधता दिने गरी सोही स्थानसम्म बनाउन लागिएको हो ।

देउवाले कसैलाई नछोड्ने
Tuesday, 02.20.2018, 11:02am
निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व अरूलाई सुम्पिने त कुरै छोडौं संसदीय दलको नेतासमेत कसैलाई नछोड्ने हुनुभएको छ । सम्बद्ध सूत्रका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न काठमाण्डौ– १बाट निर्वाचित नेता प्रकाशमान सिंहले रूची देखाए पनि देउवा स्वयं उम्मेदवार बन्ने तयारीमा रहनुभएको छ । 
दुई पार्टीबीच एकताको सहमति मन्त्रिमण्डल विस्तारको ढोका खुल्यो
Tuesday, 02.20.2018, 11:02am
काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पदभार ग्रहण गरेको भोलि एकहप्ता पुग्दैछ । लामो कसरतपछि पनि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको साइत नजुरेपछि मन्त्रिमण्डलसमेत विस्तार भैरहेको विलम्ब पनि हटेको छ । सोमबार साँझ दुई पार्टीबीच एकताको ७ बुँदे सहमति भएको छ । यो सहमतिले उत्पन्न अनेक आशंका चिरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । एकतामा भएको विलम्बले सरकारको पूर्णतामा समेत अनेक आशंका भैरहेको थियो । किनभने सातवटै प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुखको चयन भैसकेको र मन्त्रीहरूसमेत नियुक्त हुँदैगरेको अवस्था छ । भौतिक पूर्वाधारविनाका प्रदेश सरकारहरूका लागि कर्मचारीहरूको बन्दोबस्तसमेत अपुरै छ । अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा व्याख्या गरिएका स्थानीय तहहरूले समेत निश्चित मार्ग अवलम्बन गर्न सकेका छैनन् । यो पृष्टभूमिमा जतिसक्यो चाँडो केन्द्र सरकारलाई पूर्णता दिएर तिनै हतका सरकारका बीच समन्वय कायम गरेर मुलुकलाई विकास र समृद्धिको बाटोतिर अग्रसर गराउनु अपरिहार्य छ । 
के के ग¥यो कांग्रेस सरकारले ?
Tuesday, 02.20.2018, 11:01am
काठमाडौं । आलोचना, आरोप, बिरोधकाबीच शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा लिएर नयाँ सरकार गठन भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी, राप्रपा सम्मिलित सो सरकारले तमाम अपजसका बीच एउटा ऐतिहासिक काम भने सम्पन्न गरेको छ । सरकारले संविधानतः निश्चित अवधिमा सम्पन्न गर्नुपर्ने तीनवटै तहको निर्वाचन सम्पन्न गरेर ढिला भए पनि सत्ता हस्तान्तरण गरेको छ । 

सीमा अतिक्रमण : सबैले देख्ने, सरकारले नदेख्ने
Tuesday, 01.30.2018, 02:57pm
काठमाडौं । नेपालको दक्षिण छिमेकी मुलुक भारतले पटकपटक नेपाली भूमि अतिक्रमण गर्दैआएको छ । पूर्वदेखि सुदूरपश्चिमसम्म नेपाली भूमि अतिक्रमण गरेको भारतले छिल्लो समय नयाँ सीमा स्तम्भ राख्ने नाममा वीरगञ्ज महानगरपालिकाको छपकैयामा ५० विघा नेपाली भूमि मिचेको आम संचारमा तथ्यसहति बाहिर आए पनि सरकार मौन रहेका बेला दुई विद्यार्थी संगठनले भारतले नेपाली भूमि मिचेको तथ्य सार्वजनिक गरेका छन् ।
प्रदेश सरकारमा बाम गठबन्धनको सहमति : केन्द्रीय सरकार बन्नु अघि नै पार्टी एकता
Tuesday, 01.30.2018, 02:57pm
काठमाडौं । राष्ट्रियसभाको निर्वाचन प्रकरणले केन्द्रीय सरकार गठन प्रक्रियालाई ओझेलमा पारे पनि प्रदेश सरकार गठनका लागि पार्टी एकीकरणको आन्तरिक कसरतमा जुटेका नेकपा एमाले र माओवादी केन्द्र उच्च समझदारी विस्तार गर्दै प्रदेश सरकार प्रमुखहरू र सभामुख–उपसभामुख चयनका लागि निर्णायक बिन्दुमा पुगेको सन्देश प्रवाह भएको छ । विगतका अनेक तीता प्रसंगहरूलाई किनारा लगाएर आम निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकीकरणको सकारात्मक सन्देशसमेत दिँदै वामगठबन्धन गरी एउटै घोषणापत्रमा मैदानमा उत्रिएका एमाले र माओवादीले अब २ नं. प्रदेश बाहेकका ६ वटै प्रदेशमा वाम बहुमतको सरकार बनाउने निश्चित भएको छ भने केन्द्रमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बामबहुमतको सरकार बन्ने उत्तिकै निश्चित देखिएको छ । एमाले र माओवादीभित्रैबाट पार्टी एकताविरुद्ध खेलखेल्न गरिएका षडयन्त्रात्मक प्रयासहरू पनि अहिलेसम्म विफल नै देखिएको छ । 
आर्थिक संकट आउनसक्ने चेतावनी
Tuesday, 01.30.2018, 02:56pm
काठमाडौं । मुलुक संघीयताको अभ्यासतर्फ अग्रसर भैरहेका बेला नेपालमा आर्थिक संकट उत्पन्न हुनसक्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्राकोषले दिएको छ । संघीय संरचनाका कारण सरकारी खर्च बढ्न जाने र त्यसले आर्थिक अवस्था खस्किनसक्ने चेतावनी उसले दिएको छ । संघीयता कार्यान्वयनका लागि पूर्वाधार खडा गर्न मात्र साठ खर्बभन्दा बढी रुपैयाँ लाग्नेछ भने सात प्रदेश र केन्द्रीय संसदका लागि मात्र चार अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

शहीदको भण्डार बन्दै देश
Tuesday, 01.30.2018, 02:56pm
स्पष्ट प्रावधान र मापदण्ड तय नहुँदा मुलुकमा शहीदको भण्डार लागेको छ । वर्तमान सरकारले मात्रै आठ महिनाको बीचमा २ सय ६६ जनालाई शहीद घोषणा ग¥यो । यसमा चितवनको बाँदरमुढे घटना र कास्की, धरान र सिन्धुपाल्चोकमा तत्कालीन माओवादी विद्रोहीले हत्या गरेका ५६ जनालाई पछिल्लो पटक शहीद घोषणा गरियो ।
  » दुराशयपूर्ण भित्री खेल रोकिएको छैन : राष्ट्रियसभा र प्रदेश सरकारतिर ध्यान केन्द्रित
  » प्रदेश प्रणालीको अभ्यास शुरु, राजधानीको विवादले उग्ररुप
  » गम्भीर रोगका औषधिको मूल्यमा मनोमानी
  » वाम सरकारको बाटो छेक्ने प्रयास जारी
  » प्रदेश राजधानीको ववण्डर
  » राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट
  » भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान गयो, पुगेनन् स्वास्थ्यकर्मी
  » सरकार गठनमा नियोजित बिलम्ब : बहुमतको सरकार बन्न नदिन ठूलो चलखेल
  » राजनीतिक विवादको गाँठो फुक्यो तर अलमल कायमै
  » गठबन्धन टुटाउने षड्यन्त्रमा सरकार
  » सरकार गठन प्रक्रिया अबरुद्ध !
  » राष्ट्रियसभा गठनमा दलीय रोदन
  » पार्टी एकीकरण नभए स्थायित्व असम्भव
  » अस्थिरताका जडहरु पाखा लागे
  » ताजा जनादेशको अवमूल्यन गर्ने धृष्टता
  » स्वार्थको परिणाम भोग्यो राप्रपाले
  » गुरुकुल जोगाउन अभियान
  » यी नेता हुन्, जसले मतान्तरमा इतिहास रचे
  » चुनाव हार्ने ‘हेवीवेट’हरु
  » भारतभक्तिले कांग्रेसलाई डुबायो ! वाम दललाई देश जोगाउने र बनाउने ठूलो अवसर



 
::| Latest News

 
[Page Top]