युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 06:33am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
चिनीया टोली नेपालमा
Monday, 11.07.2011, 03:51pm
काठमाडौं । चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य लिउ चीको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डलले नेपालको सद्भावना भ्रमण गरेको छ ।
आर्थिक विकासको सपनाभित्र परनिर्भरताको विस्तार : प्रधानमन्त्री डा. भट्टराईमाथि राष्ट्रघात गरेक
Monday, 10.24.2011, 03:27pm

काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराई भारतलाई खुशी पारी चार दिने औपचारिक भ्रमण सकेर गत आइतवार नयाँ दिल्लीबाट स्वदेश फर्कनुभएको छ । मुलुक फकँर्दा भने उहाँले “द्विपक्षीय लगानी प्रबद्र्धन तथा सुरक्षण सम्झौता” (बिपा) गरी देशलाई धोका दिएर राष्ट्रघात गरेको आरोप बोक्नुपरेको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रँदा उहाँकै पार्टीका मोहन वैद्य पक्षधर कार्यकर्ताहरूले बिपा सम्झौता गरी राष्ट्रघात गरेको आरोप लगाएर कालो झण्डा देखाउँदै राजीनामाको माग गरेका छन् । यो सम्झौताको तत्काल खारेजीको माग पनि उनीहरूले राखेका छन् । प्रतिपक्षी दल नेकपा एमाले र नेपाली कांग्रेसले पनि यो सम्झौता गरेर डा. भट्टराईले मुलुकलाई धोका दिएको आरोप लगाएका छन् ।

झिना–मसिना विषय सहमतिको नजिक : महत्वपूर्ण र जटिल मुद्दा कहिले किनारा लाग्ने ?
Monday, 10.24.2011, 03:26pm

काठमाडौं । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि ४५ दिनभित्र शान्ति प्रक्रिया टुंग्याएर संविधान लेखन कार्य सुरु गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको दावी अन्ततः अर्थहीन सावित भएको छ । उहाँप्रति जनताले गरेका अपेक्षामा तुषारापात भएको छ ।

भोकमरीको डरलाग्दो संकेत
Monday, 10.24.2011, 03:24pm

काठमाडौं । विश्वमा खाद्य संकट हुन नदिन कृषि क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिदै प्रत्येक वर्षको अक्टोबर १६ का दिन विश्व खाद्य दिवस विभिन्न विभिन्न कार्यक्रमका साथ विश्वभरि मनाइन्छ । सन् १९७९ मा संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनको २० औ सम्मेलनले प्रत्येक अक्टोवर १६ तारिखका दिन मनाइने घोषणा गरेपछि प्रत्येक वर्षको सो दिन विश्व खाद्य दिवस मनाइन्छ । नेपालमा पनि सो दिवस विभिन्न नारा र उद्घोषका साथ मनाइयो ।

कर्णाली विरुद्ध मोर्चाबन्दी
Monday, 10.24.2011, 03:23pm

काठमाडौं । भारतीय कम्पनी जीएमआरले हात पारेको माथिल्लो कर्णाली जलविद्युत आयोजना उसलाई बनाउन नदिन राजनीतिक दलहरू मोर्चाबन्दीमा लागेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण ः आशा र आशंकाको घेरामा
Monday, 10.17.2011, 03:40pm

काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराई पर्सी कार्तिक ३ गते बिहिबार भारतको चारदिने औपचारिक भ्रमणमा नयाँ दिल्ली जाने तयारीमा हुनुहुन्छ । उहाँको यस भ्रमणप्रति राजनीतिक क्षेत्रमा व्यापक कुतुहलता जागृत छ । प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाने पूर्व परम्परालाई डा. भट्टराईले पनि निरन्तरता दिनुभएको छ । भारतमा नै शिक्षादीक्षा प्राप्त गर्नुभएका र भारतको राजनीतिक वृत्तमा दह्रो सम्पर्क सेतु बनाउनु भएका प्रधानमन्त्री डा. भट्टराईलाई दिल्लीमा विशेष स्वागत गर्ने तयारी भैरहेको आम बुझाइ छ । भारतकै सदिच्छामा बनेको सरकारको नेतृत्व गरिरहनुभएका भट्टराईको यस भ्रमणलाई राजनीतिक महत्वका दृष्टिले हेरिएको छ । यो भ्रमणले उहाँको राजनीतिक उचाइ बढाउने हो अथवा उहाँमाथि भारत परस्तता र आत्मसमर्पणवादीताको आरोप थपिने हो ? त्यो त भविष्यले नै बताउने छ । उहाँ अहिले अग्निपरीक्षाको घडीमा हुनुहुन्छ । नेपाल–भारत सम्बन्धलाई परम्परागत शैलीभन्दा परिवर्तित समय अनुकूल बनाउन उहाँले कत्तिको रचनात्मक भूमिका खेल्न सक्नुहुन्छ र नेपाललाई सधैं आफ्नो प्रभाव क्षेत्रको रुपमा देख्न चाहने भारतीय सत्ताधारीहरूको स्थापित धारणा परिवर्तन गर्न उहाँले आफूलाई कत्तिको अग्रसर गराउनुहुन्छ भन्नेतिर आम चासो बढिरहेको छ ।

स्वार्थको खेलले मुलुक अस्तव्यस्त
Monday, 10.17.2011, 03:38pm

काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र उत्पन्न विवादलाई थाती राख्न नेताहरू सहमत भएको सन्देश प्रवाहित छ । कार्तिकको दोस्रो सातामा बस्ने भनिएको स्थायी समिति बैठकले विवादको समाधान कसरी गर्ने हो भन्नेबारे आम राजनीतिक क्षेत्रमा तीब्र चासो जागृत भएको छ ।

नेतामात्र आशावादी ः जनता निराश
Monday, 10.17.2011, 03:37pm

काठमाडौं । कहिले जनविद्रोह त कहिले शान्ति र संविधानको धार पछ्याएर मुलुकको राजनीतिलाई तरंगित गर्दैआउनुभएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला संविधानसभाको बाँकी रहेको अवधिमा शान्ति र संविधान लेखन कार्य सम्पन्न हुनेमा आफू अत्यन्तै आशावादी रहेको जिकिर गर्न थाल्नुभएको छ ।

गोविन्द भट्टको अवसान
Monday, 10.17.2011, 03:22pm

काठमाडौं । प्रखर बुद्धिजीवी तथा प्रसिद्ध समालोचक गोविन्द भट्टको ७५ वर्षको उमेरमा असोज २५ गते राति हृदयघातले निधन भएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिनुभएका भट्टको उपचारकै क्रममा निधन भएको थियो ।

नेतामात्र आशावादी ः जनता निराश
Monday, 10.17.2011, 03:22pm

काठमाडौं । कहिले जनविद्रोह त कहिले शान्ति र संविधानको धार पछ्याएर मुलुकको राजनीतिलाई तरंगित गर्दैआउनुभएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला संविधानसभाको बाँकी रहेको अवधिमा शान्ति र संविधान लेखन कार्य सम्पन्न हुनेमा आफू अत्यन्तै आशावादी रहेको जिकिर गर्न थाल्नुभएको छ ।

बन्दुक बोक्ने चेतावनी
Monday, 10.17.2011, 03:21pm

काठमाडौं । आफूहरूको ६ सूत्रीय माग पूरा नभए बन्दुक बोक्ने चेतावनी निषाद् (माझी) संघले दिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले गत असोज २७ गते गणतान्त्रिक राष्ट्रिय निषाद संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेका मागहरू पूरा नगरे बाध्य भएर छुट्टै राज्यको माग गर्ने चेतावनी दिएका हुन् ।

आधा जनसंख्या भोका
Monday, 10.17.2011, 03:20pm

काठमाडौं । नेपालमा कृषि पेशामा संलग्न ८० प्रतिशतमध्ये ५० प्रतिशत मानिस भोकै रहने गरेको एक तथ्यांकले जनाएको छ । विश्वमा खाद्य संकट उत्पन्न हुन नदिन हरेक वर्ष अक्टोबर १६ तारिखका दिन मनाइने विश्व खाद्य दिवसका क्रममा सो तथ्य सार्वजनिक भएको हो ।

दलभित्रको गुटगत खेलले चौतर्फी समस्या : शान्ति र संविधानको बाटो खुलेन
Monday, 09.26.2011, 02:38pm

काठमाडौं । शान्ति र संविधानलाई एकलब्य लक्ष्य बनाउनुभएको भनिए पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो कार्यलाई जनअपेक्षा अनुरुप अघि बढाउन अझै सक्नुभएको छैन । यसका लागि उहाँले के कस्ता अवरोधको सामना गर्नुपरिरहेको छ त्यो जगजाहेर नै छ । प्रधानमन्त्री डा. भट्टराई मुलुकको परिस्थितिलाई यथास्थानमा छोडेर साता लामो अमेरिका भ्रमणबाट हिजो स्वदेश फर्कनुभयो । प्रधानमन्त्रीको स्वदेश फिर्तीपछि अवरुद्ध बाटाहरू खोल्न के कस्ता पहल हुन्छन् र राजनीतिक सहमतिका प्रयास कसरी अगाडि बढ्छन् भन्ने कुतुहलता पुनः जागृत भएको छ । एक मिनेट समय पनि खेर नफाली शान्ति र संविधान निर्माणको पक्षमा एकलब्य भै लाग्ने कसम खानुभएका प्रधानमन्त्री डा. भट्टराईको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा शान्ति र संविधानको काम थाँती नै रह्यो । नयाँ सरकार गठन भएको केही दिनसम्म सरकारको काम हेरेर सहयोग गर्ने बताउने नेपाली कांग्रेस तथा एमाले यतिबेला पूरै नकारात्मक सोचका साथ अघि बढेका छन् । शान्ति र संविधानको बाटोमा राजनीतिक बेइमानीले खडा गरेको अवरोध सजिलै हट्नसक्ने अवस्था छैन । राजनीतिक दलहरू अहिले पनि आरोप–प्रत्यारोपमै उत्रिरहेका छन् । प्रधानमन्त्री डा. भट्टराईको स्वदेश फिर्तीपछि पनि तत्काल राजनीतिक दृश्यमा एकाएक परिवर्तन आउने कुनै सम्भावना छैन ।

नेताहरू व्यक्तिगत स्वार्थमै लिप्त : राजनीतिक गतिरोधको अवस्था उत्कर्षमा
Monday, 09.26.2011, 02:37pm
काठमाडौं । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर संविधान लेखन कार्य सम्पन्न गर्न सरकारलाई हदैसम्मको सहयोग गर्ने घोषणा गरेको नेपाली कांग्रेस यतिबेला मूल मुद्दालाई किनारा लगाएर घर झगडामै व्यस्त भएको छ ।
विदेशी गुहार्ने कि आफैं मिल्ने ?
Monday, 09.26.2011, 02:36pm

काठमाडौं । राष्ट्रिय राजनीतिमा देखापरेको अन्योल, अनिश्चय र गतिरोध अन्त्य हुने कुनै शुभसंकेत देखापरेको छैन । नेताहरू एक आपसमा मिल्न छाडेर विदेशी गुहार्ने र रिझाउने असंगत बाटोमा अझै हिंडिरहेका छन् । एक आपसमा मिलेर स्थायी शान्ति र संविधान निर्माणमा जुट्नुपर्ने दायित्व बिर्सेर विदेशीका सामु एक–अर्काको पोल लगाउने काममा विभिन्न दलका नेताहरू जुटिरहेको तीतो अनुभूति जनमानसमा व्याप्त छ ।

प्रचण्ड असुरक्षित !
Monday, 09.26.2011, 02:35pm
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई पार्टीभित्र र बाहिरबाट सिध्याउने खेल भइरहेको दावी गर्नुभएको छ । उहाँले माओवादी पार्टीलाई मन नपराउने र माओवादीले शान्ति र संविधानको कार्यभार पुरा गरोस् भने नचाहने विदेशी तथा स्वदेशी शक्तिहरूले माओवादी पार्टी र आफूलाई सिध्याउन खेजिरहेको आरोप लगाउनुभएको हो ।
विमान दुर्घटनामा १९ को मृत्यु
Monday, 09.26.2011, 02:31pm
काठमाडौं । अघिल्लो आइतबार गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति व्यहोरेको एक हप्ता नबित्दै मुलुकले अर्को दुर्घटना व्यहोर्नुपरेको छ । भूकम्पका कारण ११ जनाको ज्यान जानुका साथै अर्बौं बराबरको धनमालको क्षति भएको थियो । यसै गरी अस्ति आइतबार विहान बुद्ध एयरको माउन्टेन फ्ल्याइटबाट काठमाडौं फर्कदै गरेको एक जहाज ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त हुँदा १९ जनाको मृत्यू भएको छ ।
सहमतिको बाटोमा विपक्षीको अवरोध
Monday, 09.19.2011, 03:00pm

काठमाडौं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि सेना समायोजनको मार्गचित्र तय गर्न गर्नुभएको प्रयास विफल भएको अमेरिका उड्नुअघि सो कार्यको प्रारम्भ गर्न सकिएको भए अन्तर्राष्ट्रिय जगतमा नेपालको शान्ति प्रक्रियाको विकसित घटनाक्रमको बेग्लै महत्व हुने थियो राजनीतिक दलहरूबीच विमतिको शृङ्खला जारी रहँदा समय त्यसै खेर गैरहेको यो वा त्यो नाममा स्थिति विगार्ने खेल मात्र भैरहेका छन् जसले जस्तोसुकै अवधारणा अघि सारिए पनि त्यसमा सहमति नहुने पुरानो रोग बल्झिएकै संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस यतिबेला शान्ति प्रक्रियालाई प्याकेजमै टुंग्याउनुपर्ने माग गर्दै सरकारले अघि सारेको योजनालाई विफल पार्न अग्रसर नेपाली कांग्रेसको प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेकाले बन्दैआएको वातावरण भाँडिने आशंका उत्पन्न भएको

देशैभर भूकम्पको प्रभाव ः नौजनाको मृत्यु करोडौंको क्षति
Monday, 09.19.2011, 02:59pm

आइतबार बेलुकी बजेर २५ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पका कारण मुलुकभरमा जनाको मृत्यु भएको भने ६० भन्दा बढी घाइते भएका छन् नेपालको ताप्लेजुङ भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रविन्दु भइ गएको दशमलव रेक्टर स्केलको सो भूकम्प १९९० यताको सबैभन्दा शक्तिशाली मानिएको

दुवै पक्ष चर्को आरोप-प्रत्यारोमा
Monday, 09.19.2011, 02:58pm

काठमाडौं सरकार गठनसंगै एकीकृत नेकपा माओवादीभित्र मौलाएको गुटबन्दी चरम गतिमा अगाडि बढेको अध्यक्ष दाहाल प्रधानमन्त्री डा. बाबुराम भट्टराई समूह अहिले शान्ति संविधानको पक्षमा दृढतापूर्वक उभिएको देखिन्छ भने उपाध्यक्ष मोहन वैद्य किरण पक्ष शान्ति प्रक्रियाबाट अलग भएको घोषणा गर्नसक्ने अवस्थामा सो कार्यलाई सहयोग गर्ने सोचमा रहेको वैद्य पक्ष साँचो बुझाउनु गम्भीर गल्ती भएको भन्दै सोही अडानमा रहेको

  » देशको सबैभन्दा जेठो अस्पताल भौतिक र प्रशासनिक रुपमै कमजोर
  » मौकामा चौका हान्ने दाउ
  » शान्ति र सविधान लेखनकार्य संगसंगै : कांग्रेस-एमोले छिद्रान्वेषी चरित्र त्याग्नुपर्ने
  » सहयोग गर्ने प्रवृत्ति देखिएन
  » चीनको अर्थपूर्ण आग्रह
  » साझा सुधार्न अनशन
  » गठजोड कुन दिशातिर ?
  » सरकारले आकार लिंदै, विवाद यथावत : शान्ति र संविधानका लागि नयाँ चुनौति
  » कार्यान्वयन भए राष्ट्रिय प्रतिष्ठा बढ्ने
  » अब समय थप्ने आधार छैन
  » चिन्ता शिविरका लडाकुको कि आफ्नै ?
  » हारको कारण नेतृत्व
  » प्रधानमन्त्री डा. भट्टराईबाट शपथग्रहण : शान्ति, संविधान र राष्ट्रिय सहमति प्रमुख चुनौति
  » प्रधानमन्त्रीका लागि भयो यस्तो दौडधूप
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » अनर्गल अलाप-विलापको निरन्तरता
  » नाकामा लुटिने क्रम बढ्यो
  » मुलुक पुनः बहुमतीय प्रणालीमा जाने निश्चित
  » चीनको उदार सहयोग ः नेपाल उच्च प्राथमिकतामा



 
::| Latest News

 
[Page Top]