युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 09:00pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मूल्य बढे पनि अभाव
Monday, 06.20.2011, 04:08pm

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयातमा कटौती गर्ने संकेत गरेको एक साता अघि मात्र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको आयल निगमले आईओसीको नयाँ मूल्य अनुसार घाटा बढेको भन्दै कि सरकारले ऋण दिनुपर्ने कि मूल्य बढाउन स्वीकृत दिनुपर्ने माग राखेको

कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
Tuesday, 06.07.2011, 01:03pm

काठमाडौं संविधानसभाको तीन महिने म्याद थपिएको दश दिन पूरा भैसक्यो तीन दलका शीर्ष नेताहरूले शान्ति संविधान लेखन प्रक्रियालाई खासै अगाडि बढाउन सकिरहेका छैनन् राष्ट्रिय सरकारको खाका अझै प्रस्तुत हुन सकेको छैन यो तरल वातावरणमा सत्ताको सपना देख्नेहरू प्रमुख तीनवटै दलहरूभित्र सल्बलाइरहेका छन् एनेकपा माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउने क्रममा दोहोरो सुरक्षा प्रणालीको अन्त्य गर्ने सह्रानीय काम गरेर आफूमाथि थोपरिएको आशंका न्यून गरेको सेना समायोजनको खाका तयार नभैसके पनि माओवादी यसमा पनि निकै लचकदार हुने संकेतहरू छन् माओवादीकै कारणले शान्ति संविधान लेखन प्रक्रियामा अवरोध खडा भएको आरोप विस्तारै हट्दै तर पनि राष्ट्रिय सरकारका निम्ति सहमतिको वातावरण सहजै बन्नसक्ने अझै देखिएको छैन

साठी दिनमा सय विषयको कुरा मिल्ला ?
Tuesday, 06.07.2011, 01:02pm

काठमाडौं संविधानिक समितिले विवादहरू मिलाउन शीर्ष नेताहरूको सहभागितामा गठन गरेको उपसमितिको म्याद दुई महिना थपेको उपसमितिले प्रदेशको निर्माण, संघको राजधानी, स्थानीय तहको निर्माण क्षेत्र निर्धारण, विशेष संरचना सम्बन्धी व्यवस्था, संघ, प्रदेश, स्थानीय तह विशेष संरचनाको अधिकार बाँडफाँड, संघीय एकाइबीच उत्पन्न हुने विवाद समाधान सम्बन्धी व्यवस्था, प्रदेशको संख्या, सिमाना क्षेत्र, स्वायत्त क्षेत्रको सूची, संघको अधिकारको सूची प्रदेशको अधिकारको सूचीजस्ता विवादित बुँदामा सहमति जुटाउने संवैधानिक समितिले गत बिहिबार विवादित सबै विषयका मस्यौदालाई उपसमितिमा पठाएको

चार वर्षपछि पनि भैललाई छाडेनन्
Tuesday, 06.07.2011, 01:02pm

काठमाडौं । शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने र संविधान लेखनकार्य तोकिएकै समयमा सम्पन्न हुन्छ भन्ने अनिश्चय बढिरहेको बेला शान्ति प्रक्रियाको अभिन्न अंग मानिएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताको ज्यादति अझै रोकिएको छैन ।

प्रधानमन्त्रीको चेतावनी
Tuesday, 06.07.2011, 01:01pm

काठमाडौं भारतीय हस्तक्षेपबिना मुलुकभित्रैबाट बनेको सरकारभनेर माओवादी अध्यक्ष प्रचण्डको समर्थन पाएर प्रधानमन्त्री बन्नुभएका झलनाथ खनालले गत मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रिय स्वाधीनताको केही झलक दिन चुक्नुभएन

रामदेवको अनशनमा बर्बर हमला
Tuesday, 06.07.2011, 01:00pm

काठमाडौं विश्वविख्यात योग गुरु रामदेवले एक्काइस जेठबाट नयाँ दिल्लीको रामलीला मैदानमा भ्रष्टाचार विरुद्ध सुरु गरेको अनशन निहत्था अनशनकारीहरू विरुद्ध शनिवार मध्यरातमा भारत सरकारले गरेको निर्लज्ज आक्रमण अहिले विश्वभर चर्चित समाचार बनेको

विद्युत विकासको नयाँ उपाय
Tuesday, 06.07.2011, 12:59pm

काठमाडौं स्वदेशमै खपत हुने जलविद्युत आयोजना आवश्यक लगानी जुटाउन सरकारले जलविद्युत विकास बैंक स्थापनाको नयाँ प्रस्ताव सार्वजनिक गरेको

राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो
Monday, 05.30.2011, 04:00pm

जेठ १४ गतेको मध्यरातमा सुरु भएर १५ गते विहान सकिएको व्यवस्थापिका संसद्को बैठकले बहुमतका आधारमा अन्तरिम संविधानमा नवौं संशोधन गरी संविधानसभाको म्याद तीन महिनाका लागि थपेको -आफ्नै बुझाइका पाँच सूत्रीय समझदारीका आधारमा संविधानसभाको म्याद थपिएपछि सत्ता राजनीतिको छिनाझपटीमा दलहरु पुनः सामेल हुन थालिसकेका छन् मुलुक राजनीतिक दुर्घटनाको सम्भाव्य संकटबाट जोगिए पनि विगत तीन वर्षभित्र विकसित भएको विषाक्त राजनीतिक वातावरण निर्मलीकरण भएर शान्ति संविधानको बाटो खुला हुने विश्वास अझै जागृत हुन सकेको पाइएको छैन प्रमुख राजनीतिक दलहरुले नाटकीय शैलीमा जेठ १४ को मध्यरातमा गरेको सहमतिको मसी नसुक्दै दलहरुबीच अविश्वास आशंकाको लहर उठिरहेको प्रधानमन्त्री झलनाथ खनालको तत्काल राजीनामाको माग चर्को रुपमा उठ्न थालेको भने राष्ट्रिय सहमतिको सरकार बन्ने निश्चित आधार खडा भएपछि मात्र राजीनामा दिने प्रधानमन्त्रीको कथनले पाँच बुँदे सहमतिका हस्ताक्षरकारीहरुलाई नै झस्काइरहेको

जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने
Monday, 05.30.2011, 03:59pm

काठमाडौं नेपालको जलविद्युत उत्पादनमा उत्तरी छिमेकी मुलुक चीनले लगानी विस्तारका लागि चासो बढाउँदैगएको उता रुसले पनि नेपालको जलविद्युतमा लगानी गर्ने इच्छा व्यक्त गरेको हालै मात्र चीनको चाइना थ्री गोरजेज कर्पोरेशनले अलपत्र परेको पश्चिम सेतीमा लगानी गर्ने प्रस्ताव गरेको स्मरणीय के भने गोरजेज विश्वकै सबैभन्दा ठूलो २१ हजार मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माता कम्पनी हो सो कम्पनीले एकलौटी वा संयुक्तका साथै सरकार विद्युत प्राधिकरणसंगको सहकार्यमा निर्माण प्रस्ताव गरेको समाचार

काम नपाएपछि यस्तै हुन्छ
Monday, 05.30.2011, 03:58pm

सरकारले काम नपाएपछि आफ्नो अस्तित्व देखाउनकै लागि मात्र भए पनि विभिन्न निर्णय गर्ने गरेको शान्ति संविधानको भविष्य अन्योलमा परेको मुलुक गम्भीर राजनीतिक दुर्घटनाको संघारतिर मोडिदै गएको अवस्थामा मन्त्रिपरिषद्को गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले काम देखाउनकै लागि भने पनि केही रोचक निर्णय गरेको

नागरिक पार्टीको घोषणा
Monday, 05.30.2011, 03:57pm
संविधानसभाको म्याद थपिएको एक दिनपछि नेपाल नागरिक पार्टीको गठन भएको
अर्को भागवण्डाको खेल
Monday, 05.30.2011, 03:56pm

भागवण्डाका आधारमा विश्वविद्यालयका उपकुलपति लगायत विभिन्न पदाधिकारीहरूलाई नियुक्त गरी राजनीतिकरण गरेको शैक्षिक गतिविधि नै ठप्प भएको आरोप लागिरहेका बेला सरकारले चारवटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री गङ्गालाल तुलाधरको संयोजकत्वमा अलगअलग समिति गठन गरेको

डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो
Tuesday, 05.24.2011, 06:19am
काठमाडौँ । संविधानसभाको तीन वर्षे कार्यकालले मुलुकलाई नयाँ संविधान दिएर आर्थिक–सामाजिक रुपान्तरणको बाटो तय गर्न नसके पनि अहिलेसम्म संविधानसभाको नाममा स्वदेशी र विदेशी गरी डेढ खर्ब रुपैया खर्च भइसकेको छ । यति ठूलो रकम लगानी भएको संविधानसभाले दिएको उपलब्धि भनेको अस्थिरतार, अनिश्चय र त्रास मात्र हो ।
जलविद्युतको नयाँ इतिहास रचिएला ?
Tuesday, 05.24.2011, 06:18am
काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले गत बुधबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएपछि चर्को लोडसेडिङको मारमा परेका विद्युत उपभोक्तामा केही आशा पलाएको छ । कुनै अनर्थ भएन भने आगामी चार वर्षभित्र मुलुकले आफ्नै लगानीमा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्नेछ ।
असफल राष्ट्र बनाउने षड्यन्त्र
Tuesday, 05.24.2011, 06:16am
काठमाडौं । संविधानसभाको म्याद चार दिन मात्र बाँकी छ । सहमति कायम गरेर एउटा निकास निकाल्ने प्रयासमा अझै पनि दलीय आग्रहको छेकबार छ । चौध गतेपछि मुलुक संवैधानिक संकटको दिशातिर धकेलिंदै असफल राष्ट्रको श्रेणीमा पुुग्ने र बाह्य हस्तक्षेप निम्तिने भय मडारिन थालेको छ । शान्ति प्रक्रियाको सिन्को भाँचिएको छैन भने संविधानसभालाई पूर्णतः असफल बनाएर यसको औचित्यमाथि नै प्रश्न खडा गरी अनेक षड्यन्त्र बुन्न थालिएको आम अनुभूति छ ।
संविधानसभाको म्याद थपिनेमा आशंका
Tuesday, 05.24.2011, 06:14am
काठमाडौं । संविधानसभाको म्याद थपको विषयलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच घम्साघम्सी चलिरहेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जेठ ६ गते राजधानीमा ठूलो जनशक्ति प्रदर्शन गर्दै विशाल आमसभा गरेर यथास्थितिमा संविधानसभाको म्याद नथप्ने घोषणा नै गरेको छ । कांग्रेसले अगाडि सारेको १० सूत्रीय शर्त तत्कालै पूरा हुन त्यति सहज पनि देखिंदैन । उता नेपाली कांग्रेससंग सबैभन्दा कान्छो दलका रुपमा गठनभएको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) सहित १६ दलले प्रधानमन्त्रीको राजीनामा नआइकन संविधानसभाको म्याद नबढाउने पक्षमा एकमत भएका छन् । सत्तारुढ एनेकपा माओवादीले संविधानसभाको म्याद थप्न जोडदार कसरत गरिरहेको छ भने भोलि सो दलले पनि राजधानीमा विशाल जनशक्ति प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । उता संविधान संशोधन गर्न व्यवस्थापिका संसद्मा दर्ता गरेको प्रस्ताव अगाडि बढ्न सकेको छैन । उनेकपा माओवादीले शान्ति र संविधानलाई प्राथमिकतामा राखेर ‘जनविद्रोह’को नीति स्थगित गरेको, लडाकू समायोजनका लागि सरकारी सेनाले प्रस्तुत गरेको खाकालाई स्वीकार गरेको, कांग्रेसले अगाडि सारेको १० सूत्रीय शर्तप्रति पनि लचिलो धारणा बनाएको, भारतलाई नचिढ्याउन आफैंले उठाएको राष्ट्रिय स्वाधीनताको मुद्दालाई ओझेलमा पारेको देखिए पनि नेपाली कांग्रेस लगायतका विपक्षी दलहरू उधारो सहमतिमा म्याद नथप्ने हुँकार गरिरहेका छन् । हिजो नेपाली कांग्रेसको संसदीय दलमाबसेको मधेशी मोर्चासहितका विपक्षी दलहरूको बैठक पनि माओवादीप्रति शंका व्यक्त गर्नमै केन्द्रीत रहेको समाचार सूत्रको भनाइ छ ।



 
::| Latest News

 
[Page Top]