युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.07.2018, 05:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
लडाकु शिविर काण्डमा फस्दै शीर्ष नेताहरू
Tuesday, 09.27.2016, 12:04pm
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिं कार्कीको मुद्दा अघि बढाएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुको भरणपोषणमा भएको घोटालाको छानबिन गरिरहेको सार्वजनिक  गरेपछि देशको पछिल्लो राजनीतिक चर्चा चुलिएको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण प्रत्युत्पादक !
Tuesday, 09.20.2016, 02:31pm
राजनीतिक व्यवस्थापनमा चरम संकट 
धानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्केपछि देशको आन्तरिक राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । सरकारले विशेष तयारीका साथ मनाउने भनिएको पहिलो संविधान दिवस पनि उत्साहहीन औपचारिक कार्यक्रममै सीमित भएको छ । सरकारको समर्थनमा रहेका मधेशी दलहरूले संविधान दिवसको कार्यक्रम नै बहिष्कार गरेर ‘कालो दिवस’ मनाए भने सभामुख ओनसरी घर्ती मगरद्वारा संविधान दिवसको अघिल्लो दिन आयोजित जलपान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मजफो (जनतान्त्रिकका अध्यक्ष विजय गच्छेदारको उपस्थिति नै रहेन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसका दिन राजधानीको वसन्तपुरमा समानान्तर कार्यक्रम नै राख्यो । विवादास्पद भारत भ्रमण सकेर स्वदेश फर्किनासाथ सम्युक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान तम्तयार रहनुभएका प्रधानमन्त्री दाहालको सो भ्रमण अचानक रोकियो ।
पुरानै समस्या, पुरानै रटान र पुरानै प्रतिबद्धता
Tuesday, 09.20.2016, 02:30pm
नेपाली जनताका तर्फबाट भारतप्रति आभार व्यक्त गर्नेदेखि लिएर भारत भ्रमणको निम्तो दिइएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्नसमेत भ्याइएको छ । आफ्नो भ्रमण सम्बन्ध सुधार्न केन्द्रीत हुने भनिएकाले विज्ञप्तिमा दुवै सरकार दुई देशबीचको सम्बन्ध सुधार गर्नका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहमत भएको उल्लेख छ । 
राजधानीको सुरक्षा त्रिपालबाट
Tuesday, 09.20.2016, 02:27pm
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन भएका लाखौं परिवारले अहिलेसम्म घर बनाउन पाएका छैनन् । ती सर्वसाधारण मात्र हैन मुलुकको एक मात्र महानगरपालिका रहेको देशकोा राजधानी काठमाडौंको सुरक्षा प्रदान गर्ने प्रहरीका लागि समेत घर छैन । डेढ वर्षदेखि काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखा टेकुमा त्रिपालबाटै चलिरहेको छ । कार्यालय मात्र हैन प्रहरीको ब्यारेक पनि त्रिपालकै छ ।
भारत निर्भरताको गति तीब्रपार्ने काम नहोस्
Tuesday, 09.13.2016, 11:13am
प्रधानमन्त्रीको भारत भ्रमण : उत्साह कम आशंका बढी 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणका लागि पर्सी भदौ ३० गते बिहिवार मध्यान्न नयाँदिल्ली प्रस्थान गर्दैहुनुहुन्छ । नेपाल भारत सम्बन्धले सद्भावना र विश्वासको वाञ्छित गति लिननसकेको पृष्ठभूमिमा हुनलागेको यो भ्रमणले ‘दुई मुलुकको सम्बन्धमा नयाँ आयाम थप्ने’ अमूर्त विश्वास प्रधानमन्त्री दाहालले राखेको भए पनि उहाँ स्वयंले ‘रिस्क लिएर भारत भ्रमणमा जानलागेको’ बताएर असहजता र जटिलता कायमै रहेको संकेत गर्नुभएको छ । मुलुकको स्वाधीनता, सार्वभौमिकता, अखण्डता र समग्र हितमाथि आँचआउने गरी कुनै सन्धि–सम्झौता नगर्न विभिन्न तह र पक्षबाट सतर्क रहन सचेत गराइएको र उहाँ स्वयंले ‘मुलुकको हित विपरीत कुनै सम्झौता हुन्न’ र ‘नयाँ सम्झौता गर्नुभन्दा भैसकेका सम्झौताहरूलाई गतिशीलता दिने’ धारणा सार्वजनिक गर्नु पनि सामान्य अवस्थाको द्योतक होइन । 
भूकम्प पीडितलाई आठ लाखको आश्वासन
Tuesday, 09.13.2016, 11:12am
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितलाई अर्को आश्वासन दिनुभएको छ । सरकार बिहिबार संसदमा सम्बोधन गर्दै उहाँले उहाँले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि रु आठ लाखसम्म सहयोग गर्ने जानकारी दिनुभएको हो ।
नेपाल लागूऔषधको ट्रान्जिट ?
Tuesday, 09.13.2016, 11:11am
काठमाडौं । नेपालमा लागूऔषधको कारोबार दिनदिनै बढ्दैछ । यहाँ यसको प्रयोगकर्ता बढेर यस्तो भएको नभै नेपाल हुँदै बाह्य मुलुकमा समेत लागूऔषध ओसारपसार हुँदैआएका कारण वर्षमा २५ सयजना यस विषयमा पक्राउ पर्ने गरेका छन् ।
कुटनीतिक सम्बन्ध विस्तारमा अनेक सन्देह
Tuesday, 09.06.2016, 11:16am
आन्तरिक राजनीति जटिलतम समस्याले ग्रस्त  

काठमाडौं । ‘प्रचण्ड’ सरकारले एक महिनाको नेटो काटेको छ । जनताले प्रत्यक्ष अनुभूत गर्नसक्ने गरी कुनै कामको थालनी भएको छैन । संविधानको कार्यान्वयन कि संशोधनको राजनीतिक बहस सुरू भएको छ । ‘मधेश मुद्दा’को छिनोफानो भएको छैन । चैतसम्ममा स्थानीय निकायको निर्वाचन गर्ने कुरा सरकारले गरिनैरहेको छ । स्थानीय तहको पुनर्संरचनाको बहस  र विवाद टुंगिएको छैन । तराईमा दुई प्रदेशको मागलाई प्रमुख प्रतिपक्षी नेकपा एमालले कुनै हालमा स्वीकार नगर्ने प्रष्टै देखिएको छ । आन्तरिक रुपमा  राजनीतिक समस्या चर्किँदै जटिलता बढ्दैगएको छ । प्रधानमन्त्री प्रचण्डको प्राथमिकतामा रहेको भारत भ्रमण भदौ ३० गते सुरु हुँदैछ । 
सम्भव छैन १७ महिनामा तीन निर्वाचन
Tuesday, 09.06.2016, 11:15am
दोस्रो संविधानसभाकोे निर्वाचन हुँदै संविधान जारी भएदेखि अहिलेसम्म बनेका सरकारहरूले पहिलो प्राथमिकतामा राखेको स्थानीय तहको निर्वाचन कहिले हुने हो टुंगो छैन । अझ संविधानले किटानी गरेको समयभित्र निर्वाचन हुनसक्ने सम्भावना समेत छैन । २०७४ साल माघको पहिलो साताभित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गरिसक्नुपर्ने छ । तर यसको कुनै सुरसार छैन । बल्लबल्ल स्थानीय तहको पुनःसंरचनाको काम सुरु भएको छ ।
यस्तो छ डाक्टरी शिक्षाको ब्रह्मलुट
Tuesday, 09.06.2016, 11:14am
डा. के.सी.का कतिपय मागमध्ये केही माग पूरा भएपछि निजी मेडिकल कलेजहरूको निदहराम भएको छ । ओली सरकारले विदेशी विद्यार्थीहरूले पनि प्रवेश परीक्षा दिनुपर्ने नियम बनाएपछि विकृतिको एउटा पाटो समाप्तै भएको छ । यसै विषयमा खोज पत्रकारिता केन्द्रले नेपालको चिकित्सा शिक्षाका विषयमा लामो अनुसन्धान गरी विवरण सार्वजनिक गरेको छ ।
भारत नै सरकारको पहिलो प्राथमिकता
Thursday, 08.25.2016, 10:46am
प्रधानमन्त्री पुष्पकमल दाहालको दोस्रो कार्यकालको विदेश भ्रमण भारतबाट नै सुरु हुने निश्चित भएको छ । प्रधानमन्त्री दाहालले भदौ ३० गतेदेखि भारतको तीन दिने भ्रमण गर्नुहुने कार्यक्रम तय भएको छ । पूर्ववर्ती केपी शर्मा ओलीको कार्यकालमा चिस्सिएको भनिएको नेपाल भारत सम्बन्धलाई न्यानो बनाउन दुई देशका सरकार प्रमुखहरूले के कस्तो चमत्कार देखाउनुहुने हो भन्ने आम उत्सुकता अहिलेदेखि नै जागृत हुन थालेको छ । चीनका राष्ट्रपति सी जिङ्पिङको नेपाल भ्रमण  आसोजमा हुने निश्चित प्रायः भएपछि त्यो भन्दा अगाडि नै प्रधानमन्त्री दाहाललाई दिल्लीमा स्वागत गरेर बृहद सहयोगको मैत्रीभाव प्रदर्शन गर्न भारत लालायित छ ।
विद्यार्थी संगठनहरू दिशाहीन
Thursday, 08.25.2016, 10:45am
विद्यार्थीहरूको शैक्षिक समस्या समाधान नगर्ने, गुणस्तरीय र सर्वसुलभ शिक्षाको पक्षमा रहनुपर्ने विद्यार्थी संगठनहरू पार्टीका नेताको दौराको फेर समाएर अवसरको खोजीमा लाग्दा विद्यार्थी आन्दोलन अन्धकारमय बनेको छ । 
आफ्नो अनुदान आफैं लैजाने दाउ
Thursday, 08.25.2016, 10:44am
नेपालको विकासका लागि आएको अनुदान र सहयोगमध्ये आधाभन्दा बढी जसले दिएको हो उसैले लैजान्छ अनेक नाम र शीर्षकमा । २०७२ साल वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण घरबारविहीन भएका पीडितहरू अझै त्रिपालमुनी बसिरहँदा उनीहरूकै नाममा आएको मोटो रकम भने दाता आफैंले लैजाने दाउपेच चल्न थालेको छ ।
आन्तरिक समस्या नै सरकारको प्राथमिकताभन्दा बाहिर
Tuesday, 08.16.2016, 12:30pm
दाहाल सरकार आफैं बिलम्बको शिकार

प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ खाएर पदभार ग्रहण गरेको दुई हप्ता पुग्नलाग्दा पनि सरकारले पूर्ण आकार लिनसकेको छैन । यो सरकार बनेको पहिलो दिन साउन २० गते नेपाली कांग्रेसका दुईजना र माओवादी केन्द्रका तीनजना गरी ५ जनाको मन्त्रिमण्डल बनेको थियो भने बीचमा राप्रपाका दुईजना र नेकपा सम्युक्तका एक जना मन्त्री थपिएका थिए । गत आइतवार प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका ५ जना मन्त्री र ४ जना राज्यमन्त्री थपेपछि मन्त्रिमण्डल १८ सदस्यीय बनेको छ । सरकारमा सबभन्दा ठूलो भाग पाउने नेपाली कांग्रेसले ११ जना थप मन्त्रीको नाम पठाउनुपर्नेमा आन्तरिक खिचलोकै कारण अझसम्म पठाएको छैन । सत्ता साझेदार नेपाली कांग्रेसभित्रको आन्तरिक खिचलो र चरम गुटगत खेलको ज्वलन्त नमूना त भातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा प्रदर्शन भैरहेको छ । 
के संशोधन गर्ने ? मधेशी नेताबीच नै विवाद
Tuesday, 08.16.2016, 12:29pm
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारलाई आफू अनुकूलको बताएको भारत र मधेशवादीहरुले उनीहरुको माग अनुसारको संविधान संशोधन हुने आश गरेका भए पनि ती सबै हुबहु संशोधन हुने अवस्था छैन ।
गुटबन्दीको शिकार विद्यार्थी
Tuesday, 08.16.2016, 12:28pm
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको गुटबन्दीको शिकार नेपाल विद्यार्थी संघ भएको छ । विद्यार्थी नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा समेत हुन नदिने गरी पार्टी नेताहरुले टीके प्रथा जारी गर्न खोज्नु, आफ्ना पक्षलाई जिताउन फर्जी महाधिवेशन प्रतिनिधि तयार गर्नु जस्ता काण्डले ९ वर्षपछि सुरु भएको महाधिवेशन दश दिन पुग्न लाग्दा पनि सकिएको छैन । 

प्रचण्ड सरकार सुरूदेखि नै शंकाको घेरामा
Tuesday, 08.09.2016, 12:08pm
ओली सरकार गिराउन र माओवादी–कांग्रेसको सत्ता गठबन्धन गराउन घरेलु राजनीतिमात्र कारण नभै भारतको प्रत्यक्ष संलग्नता रहेको कुरा कहीं कतै छिपेको छैन । माओवादी केन्द्रसमेत संलग्न रहेको पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हैकम र हस्तक्षेपलाई निरन्तर इन्कार गरेर चीनसित बहुपक्षीय सम्बन्ध विस्तारका लागि पारवाहन सन्धिदेखि लिएर पेट्रोलियमको खरिद र रेल मार्गको विस्तारसम्मका सम्झौता गरेकाले भारत रूष्ट भएर ओली सरकारलाई विस्थापित गर्ने खेल खेलेकै परिणाम स्वरूप प्रचण्ड सरकार बन्न पुगेको विश्वास स्थापित हुनपुगेको पृष्ठभूमिमा यो सरकारका गतिविधि कुन दिशातिर निर्देशित हुने हुन् भन्ने आम जिज्ञाशा जागृत छ । देश अहिले राजनीतिक अस्थिरताबाट सिर्जित बिकराल समस्याको जालोले बेरिएको छ ।
जब सप्तरीका जनता जागे
Tuesday, 08.09.2016, 12:07pm
भारतीय नेता र नेपालका मधेशवादी नेताहरू नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको र यो सम्बन्ध संसारमा अन्त कहीं नभएको दावी गर्दै आइरहेका छन् । तर, तिनै रोटी र बेटीलाई घात गर्ने काम भारतबाट भैरहँदा मधेशवादी नेताहरूबाट मुकदर्शकको भूमिका निर्वाह भैरहेको छ । उनीहरू भारतका कारण तराईबासीे भोग्नुपरेका समस्याहरूका विषयमा अनजान बन्दैआएका छन् ।
वाहवाही पाएर निस्किए ओली
Tuesday, 08.09.2016, 12:04pm
नेपालका प्रधानमन्त्रीहरूमध्येमा जनताको मनमा बस्न सफल भएका औंलामा गन्न सकिनेको सूचीमा पर्नुभयो केपी शर्मा ओली । भारतको नाकाबन्दी र मधेशवादी दलको आन्दोलनकाबीच प्रधानमन्त्री बन्नुभएका ओली सरकारले भारतको नाकाबन्दीको डटेर सामना गरी नेपाललाई भारत निर्भरताबाट मुक्त गर्ने बाटो खोल्यो ।
अन्त्यहीन अस्थिरता र राष्ट्रको सुरक्षा सर्वाधिक ठूलो चुनौती
Tuesday, 07.26.2016, 12:12pm
अब प्रचण्ड नेतृत्वको अल्पकालीन सरकार 

ओली सरकारको बहिर्गमनसंगै आजदेखि प्रचण्ड नेतृत्वको नयाँ सरकार बनाउने कसरत सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव र सदनमा छलफलको क्रममा लगाइएको आरोप र उठेका आवाजहरूको सटिक जवाफ दिँदै मतदान प्रक्रियामा जानै नपर्ने गरी राजिनामा दिइसकेको घोषणा गरेर नयाँ सरकार बनाउने बाटो खोलिदिएपछि सत्ता राजनीतिको खेल नयाँ दिशातिर अगाडि बढेको छ । प्रधानमन्त्री ओलीले सवा दुइ घण्टा लामो जवाफी भाषणमा जुनजुन कुरा समेट्नुभयो ती विषय अहिले आमजनमानसमा बहुचर्चाका विषय बनेका छन् । उहाँको सरकार विस्थापन गर्ने चलखेलभित्रका भित्री–बाहिरी अनेक प्रकरणहरू कोट्याएर उहाँले मुलुक अन्त्यहीन अस्थिरताको चंगुलमा फस्ने आशंका प्रकट गर्नुभएको प्रसंगलाई राजनीतिक विश्लेषकहरूले गम्भिर रूपमा लिएका छन् ।

  » स्थानीय निकाय पाँच सय ६५ स्थानीय तहको
  » मुलुकलाई भयानक सङ्कटमा फँसाउने उद्देश्य
  » सत्ता परिवर्तनको निर्देशित खेल : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग
  » भारतको बन्दुक, कांग्रेस–माओवादीको काँध
  » डा. केसीको अनशनका उपलब्धि
  » आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत !
  » सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी
  » न्यायिक क्षेत्रमा नयाँ इतिहास
  » नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो
  » विस्फोटनमा परी १४ नेपालीको निधन
  » युगसम्वाद २९औं वर्षमा प्रवेश
  » सयभन्दा बढी कानुन कहिले बन्ला ?
  » नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन
  » संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी
  » आफ्नो हैन, जनताको घरको नक्सा बनाइदिने
  » धर्म प्रचारकहरूका लागि उर्बर समय
  » मुद्दाले झस्किएको माओवादी एकतातर्फ
  » मधेश आन्दोलन राजधानी भित्रियो
  » घुस नपाएपछि भूकम्प पीडितको नाम छुटाइदिए
  » २१ महिनाभित्र तीनवटा निर्वाचन गर्न सकिएला



 
::| Latest News

 
[Page Top]