युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.07.2018, 05:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
लोकतन्त्रको दशवर्षपछि मुलुक कता जाँदैछ ?
Wednesday, 04.27.2016, 12:00pm
राष्ट्रिय संकट गहिरिँदै जाने यथेष्ठ संकेत
काठमाडौं । देशको अवस्था निराशाजनक छ । राजनीतिक परिवर्तनका अनेक ऐतिहासिक फड्काहरू पारगर्दै आए पनि देश दिन प्रतिदिन कमजोर बन्दैगएको अवस्थाले राष्ट्रिय मार्गचित्र नै अलमलमा परेको अवस्था टड्कारो रूपमा इङ्गित भएको छ । मुलुकमा लोकतन्त्रको बहाली भएको पनि एक दशक पूरा भयो । तर मुलुकले यो एक दशकको अन्तरालमा पनि राजनीतिक स्थायित्व र समृद्धिको बाटो समात्न सकेको छैन । २०४६ सालको जनआन्दोलनले मुलुकमा प्रजातन्त्रको पुनःस्थापन गरेपछि राजनीतिक मुद्दा टुङ्गियो अब मुलुकलाई समृद्ध बनाउन विकास अभियानमा लाग्नुपर्छ भन्ने नारा नेताहरूले लगाए तर देश र जनताप्रति उत्तरदायी राजनीतिक संस्कारको कही कतै विकास भएनन् । 
आयोगको सक्रियताले माओवादीमा सकस
Wednesday, 04.27.2016, 11:59am
काठमाडौं । लामो समयपछि गठन भएको सत्य निरूपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगले दश वर्षे जनयुद्धका क्रममा भएका मानअधिकार हनन् तथा ज्यादतीको उजुरी लिन थालेपछि माओवादीहरू तिलमिलाउन थालेका छन् । आयोगमा एमाओवादी अध्यक्ष प्रचण्डबिरूद्ध हत्याको उजुरी परेको छ । 

कसले खान्छ करोडौं लिटर पेट्रोलियम ?
Wednesday, 04.27.2016, 11:58am
काठमाडौं । नेपाल आयल निगम चरम घाटामा छ । अहिले पनि अर्बौं रूपैयाँ ऋण बोकिरहेको छ । विश्व बजारमा अकल्पनीय रूपमा घट्दा पनि निगमले मूल्य नघटाएर नाफा बढायो । बितेको वर्ष निगमले मनग्गे नाफा कमाएको छ 
अकूत सम्पत्ति कमाएको आरोपमा दीक्षित पक्राउ
Wednesday, 04.27.2016, 11:51am
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई अकूत सम्पति जोडेको अभियोगमा शुक्रबार हिरासतमा लिएको छ । यद्यपि शनिबार भने दीक्षित वीर अस्पतालको आईसीयुमा उपचारका लागि भन्दै भर्ना भए ।

क्रिकेटले दियो नयाँ वर्षको खुसीयाली
Friday, 04.22.2016, 02:12pm
काठमाडौं । २०७२ साल सुरु हुनासाथ नेपालमा विनाशकारी भूकम्प गयो । त्यो भूकम्पले वर्षभरि पीडा र यातना मात्रै दियो । त्यही वर्ष संविधान जारी भयो अनि भारतको नाकाबन्दी पनि लाग्यो । २०७२ सालमाा सुखद सन्देश केही पनि भएन । तर, नयाँ वर्ष २०७३ को पहिलो हप्ता नै नेपाली जनताले सुखद अनुभूति गर्न पाए क्रिकेटमार्फत ।

भारतीय रणनीतिमा सरकार परिवर्तनको कसरत !
Friday, 04.22.2016, 02:12pm
काठमाडौं । ओली सरकार जेठ १५ गतेभित्र आर्थिक वर्ष २०७३।०७४ को बजेट ल्याउने तयारीमा लागेको छ । यो सरकारलाई बजेट ल्याउनै नदिने गरी त्यस अघि नै ढालिसक्ने गुरु योजनासहित भारतले चलखेल गरिरहेको र जतिसक्यो चाँडो सरकारमा पुग्न हतारिन थालेका कांग्रेसी नेताहरू पनि सरकार परिवर्तनको आभास दिँदै आफ्ना गतिविधि बढाउन थालेका छन् । कांग्रेसभित्र दरो आशन जमाउन पूर्णतः सफल देखिनुभएका पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा श्रीमती आरजु देउवाको उपचारका निम्ति आजै नयाँदिल्ली पुग्दै हुनुहुन्छ भने खुमबहादुर खड्कादेखि लिएर अमरेशकुमार सिंह पनि ओली सरकारलाई विस्थापित गरी एक महिनाभित्रै देउवाको नेतृत्वमा कांग्रेसी सरकार बनाउने कसरतका निम्ति दिल्लीमै आशन जमाएर बसेको राजनीतिक सूत्रहरूले जानकारी दिएका छन् । 
मधेशी मोर्चा अब देशभक्तिको आन्दोलनमा !
Friday, 04.22.2016, 02:11pm
काठमाडौं । भारतको साथ लागेर मुलुकमा नाकाबन्दी गर्ने र भारतीयहरु आएर नाकामा धर्ना दिएको प्रमाणा फेला परेपछि सुस्ताएको र भारतको साथ नरहेपछि शिथिल बनेको मधेश आन्दोलनको स्वरुप बदल्ने र अब देशभक्तिको आन्दोलन गर्ने घोषणा गरिएको छ । लामो समयदेखि अनिर्णयको बन्दी बनेको आन्दोलनरत सङ्घीय गठबन्धनले मुलुक बचाउने देशभक्तिपूर्ण राष्ट्रिय एकताको आन्दोलन गर्ने बताएको हो । 

साँच्चै पोल्छ जनताका पीडाले
Friday, 04.22.2016, 02:10pm
काठमाडौं । राष्ट्रियता र जनजीविकाका सवालमा रमाइला भाषण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्ने काम गर्न नसके पनि राष्ट्रियताको संरक्षणमा भने दह्रो अडान लिएको कुरा आम नेपालीका लागि रुचीकर विषय हो । तर तिनै प्रधानमन्त्री जब जनताको दैनिकी पूरा गर्ने सवालमा चुक्दै गएको देखिन्छन् अनि आलोचना सुरु हुन्छ ।

ओली सरकार भारतको घेराबन्दीमा
Tuesday, 04.12.2016, 01:31pm
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायत दर्जन बढी दल सम्मिलित वर्तमान सरकार घेराबन्दीमा पर्न थालेको छ । यो सरकार मिल्काउने ग्राण्ड डिजाइन दिल्लीमा बनिरहेको समाचार सूत्रको दावी छ । सरकारले ६ महिनाको आयु पार गरिसक्दा जनताले राहतको महसुस गर्ने गरी कुनै काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसका नेताहरु सरकार बदल्नुपर्ने धारणा प्रवाह गरिरहनुको कारण भारतको निर्देशन रहेको बुझ्न कठिन छैन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति र संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो मुखले सरकार बदल्ने कुरा नगरे पनि उहाँका कोटरीका नेताहरु सरकारको दिनगन्दी सुरु भएको भन्न थालेका छन ।
मधेशवादीको आन्दोलनमा राष्ट्रियताको प्रश्न ?
Tuesday, 04.12.2016, 01:30pm
 संविधानले मधेशी समुदायलाई भेदभाव गरेको भन्दै भारत विश्वभर लविङ गरिरहेको छ । भारतकै आशीर्वादमा मधेश आन्दोलन उचालिएको पनि घाम जत्तिकै छर्लङ्ग छ । जतिबेला भारत दाहिना भयो मधेश आन्दोलन उचालियो र भारत देब्रे हुनासाथ आन्दोलन शिथिल भयो । नाकाबन्दी र सीमा धर्नामा भारतबाटै मानिसहरु आएको पटकपटक पुष्टि भएपछि भारतले नाकाबन्दी हटाउने उपायको खोजी गरिरहँदा नेपालमा संविधान संशोधन भयो र नाकाबन्दी अघोषित रुपमै हट्यो । मधेश आन्दोलनकारी बिहारदेखि दिल्लीसम्म हारगुहार गर्न गए पनि अन्ततः उनीहरुको आन्दोलन विना निष्कर्ष शिथिल भयो ।
चीनको उदारमन खिच्न कति सक्ला नेपालले
Tuesday, 04.12.2016, 01:29pm
 चीन र नेपालबीच जे सम्झौता भयो त्योा ऐतिहासिक हो भन्नेमा कुनै शंका छैन । भलै नकारात्मक टिप्पणी गर्नेहरुको पनि कमी छैन र उनीहरु यो सम्झौताको सकारात्क पक्ष छोडेर कहाँ के समस्या छ त्यसलाई केलाइरहेका छन् ।

दर्जन नेपालीको कालोधन खोजी हुँदै
Tuesday, 04.12.2016, 01:29pm
काठमाडौं । विश्व राजनीतिलाई हल्लाउने गरी सार्वजनिक भएको पानामा पेपर्समा एक दर्जनभन्दा बढी नेपालीको समेत संलग्नता रहेको भनिएपछि सरकारले त्यसमा छानबिनको तयारी थालेको छ । 

भारतको खलनायकी भूमिका
Tuesday, 03.29.2016, 03:58pm
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता भएपछि भारतले पुनः खलनायकी भूमिका निर्वाह गर्ने संकेत गरेको छ । सम्झौता भएको भोलिपल्टै काठमाडौंस्थित भारतीय दूताबासमा मधेशवादी दलका नेताहरुलाई बोलाएर मधेश आन्दोलनका बारेमा परामर्श भारतीय राजदूतबाट हुनु शुभ संकेत पक्कै हैन ।
प्रधानमन्त्री ओलीको आगमनपछि राजनीतिक सरगर्मी
Tuesday, 03.29.2016, 03:57pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको आठ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किसक्नु भएको छ । भ्रमण अवधिमा उच्च राजनयिक तहमा भएका संवाद, दुई देशबीच भएका १० सूत्रीय सम्झौता र १५ सूत्रीय बुँदामा समेटिएका समझदारी र सहमतिका विविध पक्षले नेपाल र चीनबीच स्थापित पारस्परिक सद्भाव र विश्वासको सम्बन्धलाई नयाँ उच्चाइमा पु¥याएको र युगसापेक्ष गति लिएको आम रुपमा महसुस गरिएको छ । नेपाल र चीनबीच भएको पारवहन र यातायात सम्झौताले भारत निर्भरताको अनिवार्यता तोडेर अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि चिनीया बन्दरगाहको उपयोगलाई सहज बनाएको छ भने निकट भविष्यमा हुनसक्ने इन्धन आयात सम्झौताले पेट्रोलियमको आयातमा कायम भएको भारत निर्भरताको जञ्जिर पनि तोडेको छ । यो भ्रमणले नेपाल चीन सम्बन्धलाई नयाँ आयाम मात्र दिएको नभै भारतसितको परम्परागर सम्न्धलाई पनि नयाँ ढंगले परिभाषित गर्नुपर्ने अवस्थामा पु¥याएको छ । 
सरकार तयारी गर जनता पैसा हाल्न तयार
Tuesday, 03.29.2016, 03:56pm
नेपालको विकासको प्रमुख तीन स्रोतमा सबभन्दा महत्वपूर्ण स्रोत  हो जल । जलस्रोतको विकासबाटै नेपालको कायापलट हुने कुरामा कसैको विमति पनि छैन । तर त्यही स्रोतको विकासका नाममा विदेशी पोस्ने मेसो मात्र भैरहेको छ । हालै सार्वजनिक भएको माथिल्लो कर्णालीको ‘परियोजना विकास सम्झौता’ सार्वजनिक  भएपछि नेपालमा कस्ताकस्ता खेल हुँदारहेछन् भन्ने प्रष्ट भएको छ । यो नै त्यस्तो पहिलो सम्झौता हैन । दशकौं बितिसक्यो ठूलठूला आयोजना ओगटेर राखिएको छ । परिणाम नेपाल अन्धकारमा छ ।
पौडेललाई पन्छाउने देउवाको प्रयास
Tuesday, 03.29.2016, 03:56pm
काठमाडौं । नेपाली कांग्रेसको ३ औं महाधिवेशनअघि सभापतिका दावेदार शेरबहादुर देउवाले अर्का दावेदार रामचन्द्र पौडेललाई सभापति उम्मेदवार नबनी संसदीय दलको नेता बन्न गरेको प्रस्ताव अस्वीकार गरियो । पौडेल र देउवा दुबै सभापतिका प्रतिस्पर्धी भएर दोस्रो चरणको निर्वाचनबाट देउवा विजयी भएपछि अहिले पौडेल आफू पाखा परिने भय उत्पन्न भएको छ । पहिलो चरणको निर्वाचनमा विजयी मत (५० प्रतिशतभन्दा बढी) पाउन ११ मत नपुगेपछि देउवाले पुनः सोही प्रस्ताव गर्दा पनि पौडेलले स्वीकार नगरेपछि अहिले त्यही प्रस्ताव लिएर देउवाको दैलो चाहार्दै हुनुहुन्छ ।

नयाँ नेतृत्वको कांग्रेसले कुन बाटो लेला ?
Tuesday, 03.15.2016, 02:16pm
राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेको नेपाली कांग्रेसको १३ औं महाधिवेशन पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवालाई सभापतिमा चयन गरी  उहाँलाई केन्द्रीय समितिमा पूर्ण बहुमत समेत दिएर सम्पन्न भएको छ । केन्द्रीय समितिमा निवाचित हुनेहरु सवैजसो नै पुरानै पिँढीका परिचित अनुहार छन् भने दलित, जनजाति, महिला, मधेशी, मुस्लिम हरेक आरक्षित स्थान पनि पुरानै अनुहारले ओगटेका छन् । 
प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित चीन भ्रमण
Tuesday, 03.15.2016, 02:16pm
विश्वास र विकासको नयाँ ढोका खुल्ने अपेक्षा
काठमाडौं । काठमाडौं । चिनीया प्रधानमन्त्री लि को निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित चीन भ्रमण चैत्र ७ गते सुरू  हुँदैछ । यो भ्रमणको दूरगामी महत्वलाई लिएर राजनीतिक–गैरराजनीतिक हरेक क्षेत्रमा तीब्र उत्कण्ठा जागृत भएको छ । नेपाल र चीनबीचको सम्बन्ध नितान्त सुमधुर र संकटमुक्त छ । तर, चीनले गरेको उन्नतिको सानो झिल्को पनि नेपालमा खस्न भने पाएको छैन । भारतसंगको सम्बन्ध विशेष मानिए पनि बेलाबेलामा अत्यन्त अप्रीतिकर परिस्थितिको सिर्जना हुने गरेको पृष्ठभूमिमा पछिल्लो समय नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी ताजा पीडाको रूपमा रहेको छ । यो भ्रमणले भारत निर्भरताको जालो तोड्ने अपेक्षा गरिएको छ ।
लोकतान्त्रिकरणको नाममा सेनामाथि धावा
Tuesday, 03.15.2016, 02:15pm
काठमाडौं । नेपालको राष्ट्रिय सुरक्षाको एक अंग नेपाली सेनाको एकता र संगठनात्मक संरचनालाई भत्काउन लामो समयदेखि चलखेल हुँदैआएको छ । राजनीतिक परिवर्तनकाबीच सेनाले आफूलाई राष्ट्रिय जिम्मेवारीबोधका साथ प्रस्तुत गरिरहेका बेला बेलाबेलामा लोकतान्त्रिकरणको नाममा राजनीतिकरण गर्ने दुस्प्रयास हुँदैआएकोमा पछिल्लो समय मधेशी मोर्चाले प्रधानमन्त्री केपी समक्ष नयाँ मागका रूपमा सेनाको लोकतान्त्रिकरणको माग गरेको छ ।

कांग्रेस सभापतिमा देउवा
Wednesday, 03.09.2016, 11:33am
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व अब पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले हाँक्ने निश्चित प्रायः भएको छ । पार्टी सभापतिमा उहाँको विजय सुनिश्चित देखिएको छ । यी पङ्ति लेख्दासम्म दोस्रो चरणको मतगणना जारी रहेको भए तापनि पहिलो चरणमा देउवाले प्राप्त गरेको अग्रतालाई उछिन्न प्रतिस्पर्धी रामचन्द्र पौडेलले नसक्ने मत प्राप्तिको आँकडाले नै इङ्गित गरेको छ । नेता देउवाले पहिलो चरणको मतगणनामा प्रतिद्वन्दीद्वय पौडेल र कृष्णप्रसाद सिटौलाले पाएको भन्दा बढी मत ल्याए पनि बदर मतका कारण ५० प्रतिशत नघाउन ११ मतको कमीका कारण दोस्रो चरणको मतदानमा जानुपरेको थियो । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि छानिएका ३१  सय ६१ मतदाता मध्ये ३१ सय ४८ मत खसेकोमा पहिलो चरणमा देउवालाई १५६४ मत, पौडेललाई ११ सय ६० मत र सिटौलालाई ३ सय २४ परेको थियो भने १०० मत बदर भएका थिए । बदर मतको अधिकताले नै देउवाको पहिलो चरणको विजय अभियानलाई रोकेको थियो । सभापतिका तेस्रो प्रत्यासी सिटौलाले आफू कुनै पनि पक्षमा नलाग्ने भन्दै सोमबार नै विज्ञप्ति जारी गरी आफ्ना मतदाताहरुलाई धन्यवाद दिएर पार्टीको एकताको पक्षमा उभिन आव्हान गरेपछि देउवाको विजय अरु सुनिश्चित भएको थियो ।

  » सार्क क्षेत्रकै एकता कायम गर्नसक्ने
  » इन्धनमा भारतको एकाधिकार तोडिने
  » फागुनभित्रै पहिलो किस्ता वितरण गरिने
  » प्रधानमन्त्री ओली भीमकाय टोली लिएर दिल्ली जाने
  » संविधान जारी गर्ने दोस्रो प्रधानमन्त्री
  » सेलाएको कि नयाँ रणनीति बुन्दै
  » नबन्ने भो माथिल्लो तामाकोसी २०७३ भित्र
  » देशको असामान्य अवस्थामा वाञ्छित सुधारको अभाव
  » दश वर्षपछि राज्यको निकायबाट मनाइयो एकता दिवस
  » पुनःनिर्माणमा सत्र प्रकारका घर
  » पञ्चेश्वर पनि नदीजोडका लागि
  » नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन
  » ओली सरकार पनि असफलतातिरै अग्रसर !
  » यसरी हुँदैछ देश टुक्र्याउन ग्य्राण्ड डिजाइन
  » कहिले निस्कन्छ निष्कर्ष ?
  » पृथ्वीनारायण शाहको योगदान नभुलौँ
  » शिथिल भैसकेको मधेश आन्दोलन पुनः किन चर्किदै छ ?
  » राष्ट्रपतिलाई त यस्तो ? सामान्य महिलालाई कस्तो ??
  » पुरानो कानुनले नयाँ संविधान कार्यान्वयनमा समस्या
  » बाटो खुल्यो पुनःनिर्माणको



 
::| Latest News

 
[Page Top]