युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:03am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
अमरसिंको स्मृतिमा सम्मान कार्यक्रम
Tuesday, 08.09.2011, 11:04am (GMT+5.5)

काठमाडौं । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुहुने राष्ट्रिय विभूति अमरसिं थापाको १९५ औं स्मृति दिवस हालै मनाइयो । अमरसिं थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले नेपाली भाषा, साहित्य तथा संस्कृतिमा विशेष योगदान पु¥याउनुहुने पूर्णप्रकाश नेपाल ‘यात्री’, इतिहासविद् डा. पीताम्बरलाल यादव र सानै उमेरमा हेलिकोप्टर बनाएर आश्चर्यचकित बनाएका बाग्लुङका कुशल केसीलाई दोसल्ला ओढाएर नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

सो अवसरमा उहाँले आफूले पहिलोपटक अमरसिं थापाको बारेमा दार्जिलिङमा देखाइएको अमरसिंहको नाटकबाट जानकारी पाएको उल्लेख गर्नुहुँदै हाम्रा इतिहासकारहरूले सत्य इतिहास लेख्न नसकेको र इमान्दार र सामान्य देशभक्तहरूको इतिहास नलेखिएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष बाबुराम सिंह थापाको सभापतित्वमा आयोजित स्मृतिसभामा संस्थाका उपाध्यक्ष प्रा.डा. तुलसीराम वैद्यले सम्मानित व्यक्तित्वहरूको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्रा.डा. राजाराम सुवेदी, प्रा.डा. सरेन्द्र के.सी., प्रा.डा. जयराज आचार्य, डा. इन्दिरा जोशी र नेपाल इतिहास संघका महासचिव विमल कुमार शर्मा लगायतका वक्ताहरूले अमरसिं थापाले राष्ट्र निर्माणमा गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिष्ठानका सदस्यसचिव डा. गोविन्द नारायण झाले स्वागत मन्तव्य दिनुभएको उक्त समारोहमा प्रा.डा. राजाराम सुवेदीले अमर सिं थापाको योगदान र गोर्खालीहरूको वीरताका बारेमा उल्लेख गर्नुभएको थियो भने कवि राजेन्द्र थापाले समसामयिक विषयक मार्मिक कविता वाचन गर्नुभएको थियो ।

१७ वर्षको उमेरमै सरदार भै युद्धमा होमिएर बडाकाजी पदवी पाउनुभएका अमरसिं थापाको जन्म वि.सं. १८०८ मा तनहुँमा भएको थियो भने उहाँको देहावसान वि.सं. १८७३ साल श्रावण १६ गते गोसाइकुण्डमा भएको थियो ।

 

 

कांग्रेसको सात राज्यको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेस राज्य पुनःसंरचनाका लागि आयोग गठन गर्नुपर्ने धारणा राख्दै आएको भए पनि आइतबारको बैठकमा सात प्रदेशको प्रस्ताव गरेको छ ।

पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा राज्य पुनःसंरचना र शान्ति र संविधानका विषयमा पनि छलफल भएको थियो । यसका अतिरिक्त बैठकले हालै देशका विभिन्न क्यासिनोहरूमा देखिएका विवादको समाधानका लागि नेपाल ट्रेड युनियन काँग्रेस–स्वतन्त्रसंग आवश्यक समन्वय गरी कार्यसमितिमा यथाशीघ्र प्रतिवेदन बुझाउन केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, धनराज गुरुङ र शंकर भण्डारीलाई जिम्मेवारी दिएको छ ।

बैठकले सुनसरीको देवानगञ्जमा साउन १३ गते सुरक्षाकर्मीको गोलीबाट कांग्रेसका सक्रिय सदस्य सानु यादवको हत्या भएको घटनाको निन्दा गरेको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
चार सभासद् निलम्बित (06.20.2011)
साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका (06.06.2011)
चर्चामा नरहेको चौथो गणतन्त्र दिवस (05.30.2011)
किताब छपाइ सकियो, अभाव कायमै (05.30.2011)
प्रदेशको आधार भूगोल (05.24.2011)
फोरम फेरि फुटयो (05.24.2011)



 
::| Latest News

 
[Page Top]