युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 01:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
ऊर्जा मन्त्रीलाई एक्सलेन्स अवार्ड
Tuesday, 08.09.2011, 11:05am (GMT+5.5)

काठमाडौं । ऊर्जा मन्त्री गोकर्ण बिष्टलाई यस वर्षको ‘हाइड्रो नेपाल एक्सलेन्स एवार्ड’ प्रदान गरिने भएको छ । नेपालमा जलविद्युत विकास एवं ऊर्जा व्यवस्थापनमा मन्त्री बिष्टले देखाउनुभएको प्रतिबद्धतायुक्त प्रयासको कदर गर्दै सो पुरस्कार दिने घोषणा गरिएको हो ।

मुलुकले गम्भीर ऊर्जा सङ्कट भोगिरहेको बेला मन्त्री बिष्टले पद सम्हाल्नेवित्तिकै केही नीतिगत सुधार गरी विद्युत् क्षेत्रमा नयाँ सोच र अठोटका साथ कार्य सुरु गर्नुभएकाले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्री बिष्टले जलविद्युत् लगानी तथा विकास कम्पनीको स्थापना, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पधाबाट नियुक्ती तथा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष मन्त्री नरहने व्यवस्था गर्नुभएको छ ।

मिडिया फर इनर्जी नेपाल प्रालिले प्रत्येक वर्ष प्रदान गर्ने यस पुरस्कारको राशि रु. १५ हजार एक तथा प्रशंसापत्र रहेको छ ।

यसैबीच ऊर्जा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री झलनाथ खनालले यही साउन २८ गतेसम्म शान्तिप्रक्रिया अगाडि बढेन भने राजीनामा दिने भनिसक्नुभएकाले अब बाँकी छ दिनमा पनि आफूले ऊर्जा विकासका लागि उपलब्धिमूलक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका संसद् प्राकृतिक स्रोत तथा साधन समितिको आइतबारको बैठकमा उहाँले कयौँ वर्षदेखि थन्काएर राखिएका फाइलहरू कार्यान्वयनका लागि आफूले अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले पाँच वर्षदेखि उत्पादन शून्य रहेका एक मेघावाटभन्दा कम क्षमताका आयोजनाहरूलाई प्रतिस्पर्धाका आधारमा सञ्चालनमा ल्याउने काम मन्त्रालयले गरिरहेको बताउँदै आफ्नो कामलाई लिएर बजारमा जति नै चर्को विरोध र धम्की आए पनि मुलुकको हितका लागि सधैँ क्रियाशील रहने बताउनुभयो ।

बीस लाख रुपैयाँ खर्च गरे सजिलै पाँच मेघावाट विद्युत् उत्पादन गर्न सकिने गण्डक नहरको परियोजना र तीन करोड ९२ लाखको लगानीमा २० मेघावाटसम्म विद्युत् उत्पादन गर्न सकिने तल्लो मस्र्याङ्दी परियोजना कार्यान्वयनका लागि काम भइरहेको जानकारी दिँदै उहाँले अहिलेकै गतिमा काम हुने हो भने अर्को वर्ष सुख्खा याममा लोडसेडिङ आठ घन्टामा झार्न सकिने दृढता व्यक्त गर्नुभयो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
अमरसिंको स्मृतिमा सम्मान कार्यक्रम (08.09.2011)
चार सभासद् निलम्बित (06.20.2011)
साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका (06.06.2011)
चर्चामा नरहेको चौथो गणतन्त्र दिवस (05.30.2011)
किताब छपाइ सकियो, अभाव कायमै (05.30.2011)
प्रदेशको आधार भूगोल (05.24.2011)
फोरम फेरि फुटयो (05.24.2011)



 
::| Latest News

 
[Page Top]