युगसम्बाद साप्ताहिक

मुक्तक प्रतियोगिताका विजयीहरूको नाम सार्वजनिक
Monday, 08.15.2011, 03:01pm (GMT5.5)

काठमाडौं । अन्तरङ्ग साप्ताहिकको आयोजनामा हुने दोस्रो राष्ट्रव्यापी मुक्तक प्रतियोगिताका पुरस्कृत स्रष्टाहरूको छनोट भएको छ । भदौको पहिलो साता काठमाडौंमा सम्पन्न हुने अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको २० औं वार्षिकोत्सवको विशेष कार्यक्रममा पुरस्कार वितरण गर्ने तयारी भैरहेको आयोजकले बताएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७, ५ र ३ नगदसहित पुरस्कृत गरिन्छ भने बाँकीलाई सान्त्वना पुरस्कार विशेष उपहार र प्रमाणपत्र प्रदान गरिने छ । यसरी पुरस्कृत हुने मुक्तककर्मीहरूमा अमला अधिकारी, सिन्धुली, आर.के. अदिप्त गिरी, बाग्लुङ, इन्द्रा चताम्लिङ नयाँ दिल्ली, एस.के तमु, पोखरा, कुशल सुमन, दोलखा, डिल्लीराम शर्मा पर्वत, मिलन कुमार शर्मा पौडेल, बाग्लुङ, पवन पाख्रिन सिन्धुली, परिवर्तन स्याङजा, प्रभाकर पण्डित चितवन, प्रेम आचार्य इलाम, विष्णु प्रवा सापकोटा बाग्लुङ, महेश न्यौपाने लमजुङ, सुदेश राई धनकुटा, सन्तोष सिग्देल तनहुँ ।

यसैगरी क्षेत्रगत रुपमा सम्मानित हुनेहरू पूर्वाञ्चलबाट झापाका कृष्ण सुवेदी निराकार, मध्यमाञ्चलबाट चितवनका पुष्प अधिकारी अञ्जली पश्चिमाञ्चलबाट पर्वतका शान्ति नारायण श्रेष्ठ, मध्यपश्चिमबाट बाँकेका खगेन्द्र गिरी कोपिला र सुदूरपश्चिमबाट कैलालीका निर्दोष डेबिटको चयन गरिएको छ । त्यसै गरी मुक्तकमा विद्यावारिधि गर्ने रुपन्देहीका मुरारी पराजुली र मुक्तकमा एमए थेसिस लेख्ने रामेछापका धनेन्द्र भुजेललाई कदरपत्र प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतियोगितामा देश-विदेशका कुल २२४ सहभागी थिए ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com