युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:11pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
गुणस्तरीय शिक्षाका लागि चिन्तन
Monday, 08.22.2011, 03:13pm (GMT+5.5)

काठमाडौं । शिक्षामा गुणस्तर कायम गर्न शिक्षकहरुको भूमिका नै बढी जिम्मेवार हुने कुरामा शिक्षाविद्हरुले जोड दिएका छन् । शिक्षा पत्रकार समूहद्वारा हालै राजधानीमा आयोजित "उच्च शिक्षाको गुणस्तर" विषयक अन्तरक्रिया कार्यक्रममा सम्बन्धित विज्ञहरुले उक्त धारणा राखेका हुन् ।

कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव भीमलाल गुरुङले सम्पूर्ण शिक्षकहरु आफ्नो पेशाप्रति पूर्णरुपमा प्रतिबद्ध भए मात्रै उच्च शिक्षाको गुणस्तर कायम हुने बताउनुभयो । उहाँले सरकारी विद्यालय र उच्चमावि र क्याम्पसहरुमा तोकिएको न्यूनतम दिन बराबरको पढाइ पनि नहुने गरेको प्रसंग उल्लेख गर्दै नियमित पठनपाठनका लागि उपयुक्त वातावरण तयार पार्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँको थप भनाइ थियोगुणस्तरीय शिक्षाका लागि स्वतन्त्र, शान्त वातावरण चाहिन्छ । राजनीतिक र सामाजिक रुपमा हस्तक्षेप हुनुहुँदैन । राज्यले भौतिक पूर्वाधारको उपयुक्त वातावरण तयार गर्नुपर्छ ।

शिक्षा पत्रकार समूहका अध्यक्ष प्रकाश सिलवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने र यसका लागि दलका शीर्ष नेताहरुले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्राध्यापक संघका महासचिव रामेश्वर उपाध्याय, इक्यानका प्रतिनिधि राजेन्द्र बराल लगायतका वक्ताहरुले आआफ्नो धारणा राख्नुभएको थियो ।

सुबिसुधाका एल्बम तथा पुस्तकहरू सार्वजनिक

काठमाडौ । साहित्यकार एवं सञ्चारकर्मी सुबिसुधा आचार्यको दुई कृतिहरू रहस्यमय भोगाइ कथासङ्ग्रह (दोस्रो संस्करण) र सत्यघटनामा आधारित गीतिकथाको श्रब्यसङ्ग्रह मभित्रको म काठमाडौंमा एक समारोहबीच लोकार्पण गरियो ।

कृति बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले रहस्यमय भोगाइ कथासङग्रहका बारेमा भने– ‘यस्तो यथार्थवादी कथाहरू कि भोगेर लेख्न सकिन्छ, कि घटनाका पात्रहरूसँग महिनौं दिन लिप्त भएर मात्र लेख्न सकिन्छ । सुबिसुधाको लेखन क्षमता आकर्षक छ ।ठेट नेपाली भाषामा लेखिएको सुबिसुधाका कथाहरूले समाजमा देखिएका विकृति बिसङ्गतिलाई सुधारोन्मुख तिर लैजाने दाबी समेत घिमिरेले गरे ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक रमेश बुढाथोकीले रहस्यमय भोगाइ कथासङ्ग्रहले समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिको पर्दाफास गरेको बताउनुभयो । नेपाली सिनेमा क्षेत्रकी चर्चित नायिका ऋचा घिमिरेले सुबिसुधाको सत्यघटनामा आधारित श्रब्यसङ्ग्रहमा मानवीय ब्यवहारमा घटेका यथार्थपरक वेदना र भावहरू मार्मिक, कारुणिक रुपमा समेटिएको दाबि गरिन् । कार्यक्रममा दैनिक पत्रिका राष्टिय सञ्जालका अध्यक्ष केशव देवकोटाले सुबिसुधा आचार्य बहुमुखी प्रतिभाकी धनी संचारकर्मी भएकीले कथानक रिपोटिङ्ग गर्दै आएकी छिन् भन्ने कुरा उल्लेख गरेका थिए ।

त्यस्तै प्राध्यापक गोपिकृष्ण शर्माले नौलो परिवेश र रोचक शैलीका नेपाली समाजका यथार्थपरक कथाहरू भएको बताउँदै नयाँ शैली लिएर देखा परेकी आचार्यको कलम तिखो भएकाले उनको लेखन खुबी बढ्दै गएको बताए । डा. दुर्गाप्रसाद अर्यालले सुबिसुधाका कथाहरूले जोसुकैको मन मस्तिष्कलाई पनि बौधिक र विस्मयकारी विधुतीय चक्करमा पार्ने बताउँदै कथाहरू बहुउदेश्य भएको बताएका थिए ।

विमोचित मभित्रको म अडियो सिडिमा रुपा बिमल, अम्बिका प्रधान र रमाइलो सुवासले स्वर दिएका छन् । साथै प्रगति पुस्तक सदनबाट प्रकाशित रहस्यमय भोगाइ कथासङ्ग्रहमा मा रोचक डेढ दर्जन कथाहरू संलग्न छन् । काब्यसुधा डटकमले आयोजना गरेको सो कार्यक्रम रामचन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।

स्रष्टालाई दज्र्यानी चिह्न र सम्मान प्रदान

काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो...बोलको सैनिक गानका स्रष्टालाई नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा गत शुक्रबार आयोजित विशेष समारोहमा मानार्थ महासेनानीको दज्र्यानी चिह्न र नगद पुरस्कार प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गत असार ८ गतेको बैठकले सैनिक गानका गीतकार गोपालप्रसाद रिमाललाई मरणोपरान्त मानार्थ महासेनानीको दर्जा तथा उहाँकी धर्मपत्नीलाई नगद पुरस्कार, सङ्गीतकार एवम् गायक अम्बर गुरुङलाई मानार्थ महासेनानीको दर्जासहित नगद पुरस्कार र सहायक गायक फत्तेमान राजभण्डारीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार नेपाली सेनाको सैनिक गानका गीतकार रिमालकी धर्मपत्नी हरिदेवी रिमाललाई दोसल्ला ओढाई मानार्थ महासेनानीको दज्र्यानी चिह्नसहित सैनिक पोशाक र कदरपत्रका साथै रु दुईलाख नगदसमेत प्रदान गरियो ।

त्यसैगरी सङ्गीतकार तथा गायक गुरुङलाई महासेनानीको दज्र्यानी चिह्न, टोपी, कदरपत्रका साथै रु दुईलाख नगद प्रदान गरिएको छ । सो गीत गायनका सहगायक फत्तेमान राजभण्डारीलाई नेपाली राष्ट्रिय पोशाक, कदरपत्र र रु एकलाख नगद प्रदान गरियो ।

विसं २०१४ मा रचना गरिएको सो गीतमा कविले नेपाली राष्ट्रिय झन्डाको व्याख्या गरी उच्चतम् नेपाली राष्ट्रिय भावना अभिव्यक्त गर्नुभएको छ ।

ऐतिहासिक जनआन्दोलनपछि निर्माण गरिएको संविधानमा सो गीतलाई राष्ट्रिय गानका रूपमा समावेश गर्न वौद्धिक तथा जनस्तरबाट समेत आवाज उठेको थियो ।

समारोहमा प्रधानमन्त्री खनालले चन्द्र सूर्य अङ्कित राष्ट्रिय झन्डाको महिमा र भावनालाई समेटिएको गानलाई नेपाली सेनाले आफ्नो सैनिक गानका रूपमा छनोट विवेकपूर्ण ढङ्गले गरेको बताउनुभयो ।

उहाँले रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो...बोलको गीतले नेपालीलाई हाम्रो इतिहासप्रति गर्व गर्न वर्तमानलाई सही ढङ्गले व्यवस्थापन गर्न तथा भविष्यलाई सुन्दर र समुन्नत तुल्याउन प्रेरणा दिएको छ भन्नुभयो ।

शान्ति र संविधानका लागि हामी दृढताका साथ लागी परेका छौँ भन्दै प्रधानमन्त्री खनालले त्यसका लागि जस्तोसुकै त्याग र तपस्या गर्न पनि हामी तयार हुनु पर्छ भन्नुभयो ।

प्रधानसेनापति छत्रमानसिंह गुरुङले रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो...बोलको सैनिक गीतले नेपाल र विश्वभर बसोबास गर्ने सम्पूर्ण नेपालीको शान र गौरव बनेर पुजिने गरेको छ भन्नुभयो ।

ट्रान्सपरेन्सी स्थापना दिवस

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालको १६औँ स्थापना दिवसका अवसरमा गत शनिवार सम्पन्न भयो । कार्यक्रममा टिआईका पूर्वअध्यक्षहरू अम्बिका श्रेष्ठ, दमननाथ ढुङ्गाना, दामोदरप्रसाद गौतम र डा.देवेन्द्रराज पाण्डेलाई कदरपत्र प्रदान गरी सम्मान गरियो ।

सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले ती चार व्यक्तित्वलाई सम्मान गर्दै देशमा भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक इच्छाशक्ति र दृढता आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणमा समाजका सबै वर्गको सहकार्य अपरिहार्य रहेको औँल्याउँदै टिआईलाई आफ्नो अभियानमा लेखा समितिले सहयोग गर्ने वचन दिनुभयो ।

टिआईका पूर्वअध्यक्ष डा. पाण्डेले भ्रष्टाचार उन्मूलनका लागि समाजमा सांस्कृतिक आन्दोलन चलाउनुपर्ने धारणा राख्नुभयो ।

अर्का पूर्वअध्यक्ष एवं पूर्वसभामुख ढुङ्गानाले अख्तियार दुरूपयोगलगायत संवैधानिक निकायहरूमा पदाधिकारीहरू नियुक्त गर्न नसकेकामा सरकारको आलोचना गर्दै पारदर्शी, जवाफदेहीता र सुशासन कायम गर्न नसके लोकतन्त्रमा आँच पुग्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वअध्यक्ष दामोदरप्रसाद गौतमले संविधान नबनाई अनन्तकालसम्म संविधानसभाको म्याद थपिनु पनि भ्रष्टाचार हो भन्दै विगतका सरकारले बाँडेको २९ करोड रूपैयाँ के कस्ता व्यक्तिलाई चन्दा दिए त्यसको छानबिन गर्नुपर्ने धारणा राख्नुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष तथा पूर्वमहालेखापरीक्षक विष्णुबहादुर केसीले देशमा आउने वैदेशिक सहायता र यो कसरी, कहाँ खर्च हुन्छ भन्ने बारेमा सम्पूर्ण तथ्याङ्क र पारदर्शिता नभएको बताउँदै लुम्बिनीको दीर्घकालीन विकासका लागि आउने सहायता सरकारसँग सम्झौता भई कार्यान्वयन हुनुपर्ने विचार राख्नुभयो ।

पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले आफ्नो शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति बढेको बताउँदै यसविरुद्ध ग्रामीण क्षेत्रबाट जनतालाई जागरुक गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पारदर्शी, जवाफदेहीता, सुशासन र भ्रष्टाचार नियन्त्रणको उद्देश्यका साथै भ्रष्टाचारविरुद्ध सहकार्यको नारा दिँदै २०५३ साल भदौ ३ गते ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपाल स्थापना भएको हो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
मुक्तक प्रतियोगिताका विजयीहरूको नाम सार्वजनिक (08.15.2011)
सजिवनका बिरुवा अलपत्र (08.15.2011)
ऊर्जा मन्त्रीलाई एक्सलेन्स अवार्ड (08.09.2011)
अमरसिंको स्मृतिमा सम्मान कार्यक्रम (08.09.2011)
चार सभासद् निलम्बित (06.20.2011)
साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका (06.06.2011)
चर्चामा नरहेको चौथो गणतन्त्र दिवस (05.30.2011)
किताब छपाइ सकियो, अभाव कायमै (05.30.2011)
प्रदेशको आधार भूगोल (05.24.2011)
फोरम फेरि फुटयो (05.24.2011)



 
::| Latest News

 
[Page Top]