युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
घले गाउँमा पर्यटक बढे
Monday, 08.29.2011, 01:56pm (GMT+5.5)

लमजुङ सार्क राष्ट्रकै नमुना पर्यटकीय गाउँको रुपमा प्रख्यात लमजुङको घले गाउँमा आर्थिक वर्ष २०६७÷०६८ मा १४ हजार पर्यटकले भ्रमण गरेका छन्

घलेगाउँ ग्रामीण पर्यटनको हालै सम्पन्न पहिलो साधारणसभाका अवसरमा ग्रामीण पर्यटन विकास समिति घले गाउँका अध्यक्ष प्रेमबहादुर घलेले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो अध्यक्ष घलेका अनुसार गाउँमा भ्रमण गर्नेमध्ये अधिकांश आन्तरिक पर्यटक छन्

आर्थिक वर्ष २०६७÷०६८ मा घले गाउँमा भ्रमण गर्नेमध्ये १३ हजार ७२२ आन्तरिक ५९० विदेशी पर्यटक रहेको जानकारी दिनुभयो

पर्यटक आगमनबाट गत आर्थिक वर्षमा घले गाउँले २५ लाख रुपैयाँ आम्दानी गरेको पनि अध्यक्ष घलेले जानकारी दिनुभयो

पर्यटकको आगामन अत्यधिक भइ हाल ब्यवस्था गरिएको होमस्टेको अवधारणा नै परिवर्तन गर्नुपर्ने महशुस भएपछि यससम्बन्धी व्यवस्था गर्नका लागि ग्रामीण पर्यटनको पहिलो साधारणसभा बोलाइएको हो

साधारणसभामा घले गाउँको ग्रामीण पर्यटनलाई अझै व्यवस्थित बनाउन सके रोजगारी खोज्न गाउँ बाहिर जानु नपर्ने बताइएको थियो

वि.सं.२०५७ सालदेखि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जुटेको लमजुङको उत्तरपश्चिमको उत्तरकन्या गाविसमा पर्ने घले गाउँ प्राकृतिक, साँस्कृतिक ऐतिहासिक महत्वको स्थान हो

लमजुङ, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जर्नौ हिमश्रृङ्खलाहरूको अनुपम दृश्यावलोकन, गुरुङ संस्कृति परम्परागत हस्तकला गाउँलेहरूको न्यानो आतिथ्यका लागि घले गाउँ विश्वमै प्रसिद्ध

साधारणसभाका अवसरमा होमस्टे सञ्चालन कार्यविधि अनुरुप सञ्चालित घलोगाउँको होमस्टे ब्यवस्थालाई परिमार्जन गरिने बताइएको

घलेगाउँ ग्रामिण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले यस वर्षदेखि घले गाउँका घरहरूका कोठा, भान्साघर, शौचालयलाई होमस्टे कार्यविधिले तोकेको मापदण्डअनुसार सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो

सुविधायुक्त सफा शौचालय घर तथा कोठा नजिक गाईभँैसी अथवा भेडाबाख्रा सुङ्गुर, कुखुरा आदी बाध्न वा पाल्न नहुनेलगायत मापदण्डलाई अहिले घले गाउँले पूरा गरिसकेको

हिमालको काखमा रहेको झण्डै सय वर्ष पुरानो घले गाउँमा वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भएपछि हालको व्यवस्था अनुसारको होमस्टेले धान्न मुस्किल परेपछि ग्रामीण पर्यटनको अवधारणामा समेत परिवर्तन गर्ने सोचमा गाउँलेहरू पुगेको अध्यक्ष घलेले जानकारी दिनुभयो

आपत्कालीन स्वास्थ्य सेवा तालिम सम्पन्न

काठमाडौं आपतकालिन अवस्थामा कसरी स्वास्थ्य सेवालाई छीटो प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ भन्ने सम्बन्धमा नेपाल एपीएफ अस्पतालमा कार्यरत चिकित्सक लगायत सशस्त्र प्रहरी कर्मचारीका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संचालित आपत्कालीन अवस्थामा अस्पतालको तयारी विषयक तालिम गत शुक्रबार सम्पन्न भएको

उक्त तालिमको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले एक कार्यक्रमका बीच समापन गर्नुभयो सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले त्यसअवसरमा विपदको वेला उद्धार कार्यमा सशस्त्र प्रहरी बलले आफ्नो सम्पूर्ण शक्ति लगाएर नागरिककमाझ वास्तविक मित्रको रुपमा उद्धार कार्यमा परिचालित रहने बताउनुभयो विपद व्यवस्थापनको कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्दे जाने कार्यमा समेत संगठनले ध्यान पु¥याएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नागरिकको सेवा सुरक्षा कार्यामा सशस्त्र प्रहरी बल सधैं कटिबद्ध रहिरहने बतनाउनुभयो

एशियन डिजास्टर प्रिप्रेडनेस सेन्टर, त्रिभुवन विश्वविद्यालय इन्च्टियुट अफ मेडिसिन सशस्त्र प्रहरी बलको संयुक्त आयोजनामा संचालित चार दिन अवधिको सो तालिममा सात जना चिकित्सकसहित कुल २८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो

कार्यक्रममा प्रोफेसर अरुण सायमी, प्रोफेसर प्रदिप बैद्य तथा डा.नरेशकुमार गिरी, तालिम संयोजक एल.डी.महर्जनले आपतकालीन अवस्थामा नेपाल एपीएफ अस्पतालले गर्नसक्ने पूर्व तयारीका सम्बन्धमा प्रकाश पार्नुभएको थियो

मौरीपालनबाट विदेशमा जत्तिकै पैसा

ललितपुर विदेश जानुको साटो त्यहाँ जान खर्च हुने पैसा स्वदेशमै लगानी गर्ने हो भने त्यत्तिकै आयआर्जन गनृ सकिन्छ भन्ने जानकारी नहुँदा विदेश जानेका संख्या बढ्दो तर नेपालमा मौरीपालनबाट हुने मनग्य आम्दानीबारे भने उनीहरू बेखबर छन्

विदेशमा बसेर एक वर्षमा कमाइने पैसा भन्दा बढी यहीँ ५० गोला मौरीपालनबाट हुने मौरीविज्ञ चन्द्रप्रसाद ढकाल बताउनुहुन्छ तर मौरीपालनमा युवाको सहभागिता भने अत्यन्त न्यून घरमा अन्य व्यवसाय गर्न नसक्नेले मात्र मौरीपालन गरेर बसेको पाइन्छ

विदेशमा गएर गर्ने जति मिहिनेत यसमा गर्न पर्दैन आम्दानी हुने पनि पक्कापक्की तर पनि युवाले यसतर्फ ध्यान दिएका छैनन् - उहाँले भन्नुभयो बाहिर गएर कमाउन सकिन्छ नै भन्ने पक्का नभए पनि यसबाट भने आम्दानी हुने पक्का - मात्र आवश्यक दक्षताको त्यसका लागि मौरीपालन विकास शाखा गोदावरीले नेपालभरका जुनसुकै स्थानमा पुगेर भएपनि तालिम दिने गरेको

शाखाले प्रत्येक जिल्लाका कृषि कार्यालय, त्यहाँका कर्मचारी आवश्यक परेमा किसानलाई समेत तालिम दिँदै आएको

तर यस व्यवसायका लागि स्पष्ट नीति नभएका कारण भने केही समस्या छन् मौरीपालनको स्पष्ट नीति नभएकै कारण यस क्षेत्रमा लगानी नभएको विज्ञ ढकालको भनाइ उहाँ भन्नुहुन्छ- जाबो कीराको पनि नीति हुन्छ भन्दै मौरीपालन नीतिलाई सरकारले पारित गर्न मानेन यसकारण यसलाई नीतिगतरूपमा लैजान सकिएन

यदि सरकारले निब्र्याजी ऋण दिने हो भने युवावर्ग यसै व्यवसायमा लाग्छन् युवालाई यस व्यवसायमा आकर्षण गर्न सरकारका तर्फबाट कुनै योजना नआएकामा उहाँको गुनासो

मौरीपालनका लागि एक घार किन्न रु पाँच हजार लाग्छ एक गोलामा पाँच घार हुन्छ एक युवाले ५० गोलासम्म राख्न सक्छ निब्र्याजी ऋणको व्यवस्था भए जो कोहीलाई स्वरोजगारको अवसर प्राप्त हुन्छ

केही वर्षयता वार्षिक २० प्रतिशतले मह उत्पादनमा वृद्धि भइरहेको आर्थिक वर्ष २०६६÷६७ मा एक हजार मेट्रिक टन मह उत्पादन भएको थियो गत वर्ष ८९८ मेट्रिक टन उत्पादन भएको थियो

चितवन, दाङ, नवलपरासी, सर्लाही, झापा, मोरङ, कैलाली, अर्घाखाँची, सुर्खेत, रुकुम, रोल्पा, जाजरकोटलगायतका जिल्लामा व्यावसायिकरूपमा मह उत्पादन हुने गर्दछन्

नेपालमा एपिसे राना एपिसे मेलिफेराजातका मौरीको व्यावसायिक पालन गरिन्छ मेलिफेरालाई चरनका लागि लैजान मिल्ने भएकाले यसले बढी उत्पादन दिन्छ यसकारण मेलिफेरा किसानहरूको रोजाइमा पर्ने गरेको

यहाँ उत्पादन भएको मह संयुक्त राज्य अमेरिका, जापान, नर्वे, थाइल्यान्डजस्ता मुलुकमा निर्यात हुन्छ आजभोलि नेपालमा नै महको माग अत्यधिक रहेकाले यी मुलुकमा निर्यात गर्न नसकिएको मौरीपालन विकास शाखा गोदावरीले जनाएको

मौरीपालन गर्न १०० घारका लागि दुई रोपनी जग्गा आवश्यक पर्छ ती मौरीका लागि ३०० रोपनी जग्गा फूल उत्पादनका लागि चाहिन्छ

शाखाले दिएको जानकारीअनुसार हाल नेपालमा १० लाख गोला मौरीपालन गर्न सकिने सम्भावना भए पनि एक लाखदेखि डेढ लाख गोलामात्र मौरीपालन भइरहेको सम्भाव्यता भए पनि दक्ष जनशक्ति अभावका कारण मौरीपालन व्यवसायले सोचेअनुरूप सफलता पाउन सकेको छ्रैन

बढ्दो सहरीकरणका कारण केही मात्रामा मौरीपालनमा असर पारेको मौरीविज्ञ चन्द्रप्रसाद ढकालले बताउनुभयो

मह बिक्रीवितरण नहुने भए पनि मह लिन गोदावरी शाखा पुग्नुभएकी चाबहिलकी निसा लामा रित्तै हात फर्कनुप¥यो स्वास्थ्यका लागि निकै लाभदायक हुने थाहा भएपछि विगत एक वर्षदेखि महको प्रयोग गर्दै आउनुभएकी लामाले गोदावरी शाखाबाट मह नपाएपछि किसानकोमा जाने बताउनुभयो

बजारको समस्या नभएका कारण युवा वर्गलाई विदेश जानुको साटो मौरीपालनमा लाग्ने सुझाव दिनुहुन्छ, मौरीविज्ञ ढकाल महको महत्व बुझेर नै होला आजभोलि नेपालीले महको उपभोग अत्यधिक गर्न थालेका छन्



Rating (Votes: )   
Share     Print


Other Articles:
गुणस्तरीय शिक्षाका लागि चिन्तन (08.22.2011)
मुक्तक प्रतियोगिताका विजयीहरूको नाम सार्वजनिक (08.15.2011)
सजिवनका बिरुवा अलपत्र (08.15.2011)
ऊर्जा मन्त्रीलाई एक्सलेन्स अवार्ड (08.09.2011)
अमरसिंको स्मृतिमा सम्मान कार्यक्रम (08.09.2011)
चार सभासद् निलम्बित (06.20.2011)
साउनदेखि सूर्तिजन्य पदार्थ निर्देशिका (06.06.2011)
चर्चामा नरहेको चौथो गणतन्त्र दिवस (05.30.2011)
किताब छपाइ सकियो, अभाव कायमै (05.30.2011)
प्रदेशको आधार भूगोल (05.24.2011)
फोरम फेरि फुटयो (05.24.2011)



 
::| Latest News

 
[Page Top]