युगसम्बाद साप्ताहिक

संस्थापन पक्षबाटै जग्गा कब्जा
Monday, 11.28.2011, 03:24pm (GMT5.5)

नवलपरासी । चार राजनीतिक शक्तिहरूबीच भएको सात बुँदे सहमति अनुसार माओवादीले कब्ज िलएको सम्पत्ति फिर्ता गर्ने घोषणा र निर्देशन भए पनि त्यसको पालना हुन सकेको छैन । माओवादीको वैद्य पक्षले मात्र होइन संस्थापन पक्षले समेत जग्गा फिर्ता नगर्ने चेतावनी दिएका छन् । उनीहरूले कब्जा जग्गाको तीन भागमा एक भाग भूमिहिन तथा सुकुम्बासीलाई उपलब्ध नगराएसम्म जग्गा फिर्ता नगर्ने चेतावनी दिएका छन् । नवलपरासीको कावासोतीस्थित रतौलीमा माओवादीको कब्जामा रहेको करिब ४० विगाहा जग्गामध्ये ११ विगाहा जग्गा जग्गाधनीले विक्री गरेपछि संस्थापन पक्षले पुनः कब्जा गरे घोषाणा गरेको छ । कावासोती गाविसका एकीकृत माओवादीका सेक्रेटरी मोहन मल्लले जग्गामा बसेका सुकुम्बासी तथा भूमिहीनलाई उचित विकल्प नदिएसम्म बेचविखन गरिएका जग्गा सम्बन्धित पक्षले उपभोग गर्न नपाउने र प्रशासन लगाएर दबाउन खोजिए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

मंसिर १४ का लागि निशेधित क्षेत्र
काठमाडौं । संविधानसभाको म्याद थपिने दिन हुनसक्ने सम्भावित अराजक गतिविधिलाई रोक्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले संविधासभा भवन आसपासहितका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । संविधानसभाको म्याद थप्ने तयारीस“गै विभिन्न पक्षले आन्दोलनको घोषणा गर्न थालेपछि जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको बैठकले मंसिर ७ गतेदेखि लागू हुने गरी निशेधित क्षेत्र घोषणा गरेको हो ।
कार्यालयले नयाँ बानेश्वर चोकबाट संविधानसभा भवनको चारैतर्फको ५० मिटरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । यस्तै माइतीघर मण्डलादेखि सिंहदरबार पश्चिम द्ववारहुँदै पद्मोदय हाइस्कुल तथा माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण द्वारहुँदै हनुमानथानसम्म र सिंहदरबार पश्चिम द्वारदेखि भद्रकाली मन्दिरको पूर्व–दक्षिणी क्षेत्र नपुमर्दनी पेट्रोल पम्प क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयको कम्पाउन्ड दायाँबायाँ ५० मिटरसम्म, उपराष्ट्रपति कार्यालयको कम्पाउन्ड क्षेत्र, प्रधानमन्त्रीको निवास क्षेत्र बालुवाटारलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

फागुन २१ बाट प्रतिनिधि परिषद् बैठक
काठमाडौं । यही मंसिर २३ गतेबाट गर्ने भनिएको नेकपा एमाले प्रतिनिधि परिषद् बैठक आगामी फागुन २१, २२ र २३ मा काठमाडौंमा गर्ने निर्णय भएको छ । हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले तयारी नपुगेकाले राष्«ियय प्रतिनिधि परिषद् बैठक सारिएको बताइएको छ । बुटबलमा सम्पन्न आठौं महाधिवेशनपछि एमाले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बस्न सकेको छैन ।

महोत्सवमा वृहद साहित्य समारोह
चौतारा । सिन्धुपाल्चोक महोत्सव २०६९ को साहित्य उपसमितिले आयोजना गरेको वृहत् साहित्य समेलनले स्थानीय र देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरूलाई एउटै थलोमा भेला गराएर बृहत् साहित्य समोरोह सम्पन्न गरेको छ । समारोहमा देशभरका ७० जना कवि, कवयित्रीहरूले कविता, गीत, गजल वाचन गरेका थिए ।
वरिष्ठ समालोचक डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्य र स्रष्टा नरेन्द्रराज पौडेलको सभापतित्वमा सम्पन्न सो सम्मेलनको आरम्भ कवि जगन्नाथ आचार्यको काव्यात्मक स्वागत रचनाबाट भएको थियो ।
समारोहमा कार्यक्रमका संयोजक नरेन्द्रराज पौडेल, विशेष अतिथि एवं प्रगतिशील लेखक संघका अध्यक्ष घनश्याम ढकाल, कोषराज न्यौपाने, भुवनहरि सिग्देल, रामेश्वर राउत मातृदास, उज्ज्वल जिसी, ज्ञानेन्द्र दगाल, विमल भौकाजी, लक्ष्मण गमनाङ्गे, श्रीहरि फुयाँल, धीरजकुमार श्रेष्ठ, घिमिरे मैदली, राधेश्याम लेकाली, ब्रह्मप्रिय प्रेमस्वरुप, बलराम दाहाल, कृष्णदेव रिमाल, बुलु मुकारुङ, पीताम्बर भण्डारी, बुनु लामिछाने, शिवप्रसाद पौडेल, ठाकुर शर्मा, रमेश पौडेल, आयुषा कार्की, मधु न्यौपाने, राजेश दुलाल, यादव भट्टराई, जीवन श्रेष्ठ, डानियल श्रेष्ठ, धिताल चिरिच्याट्ट, टीका सुवेदी, यदुनाथ वसन्तपुरे, पारसनाथ आचार्य, मेदिनी कुमार केवल, हिमाल तामाङ, निरुपा ढुंगाना, नवराज गजुरेल, अमृत चालिसे, सरस्वती चिमोरिया, ईश्वरी अधिकारी लगायतका कविहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।
स्रष्टाहरूलाई देशका विभिन्न क्षेत्रमा भ्रमण गराई स्थानीय स्रष्टा एवं प्रकृति–पर्यावरण र भूगोलको अध्ययन गराउने उद्देश्यले साहित्यिक समारोहको आयोजना गरिएको आयोजक सदस्य कवि रामेश्वर रावत मातृदासले बताउनुभयो । समारोहमा वाचित कवितामाथि कार्यक्रमका विशेष अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com