युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 12:31am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
कार्बाही गर्न समितिको निर्देशन
Tuesday, 12.06.2011, 11:33am (GMT+5.5)

काठमाडौं । राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमभित्रको मनपरी र भ्रष्टाचार रोक्न व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । गत शुक्रबार पर्यटन मन्त्री लोकेन्द्र बिष्ट लगायतका अधिकारीहरूसंग छलफलपछि लेखा समितिले सामान चोरीमा संलग्नलाई कारवाही गरी समितिलाई जानकारी दिन निर्देशन दिएको हो ।

भ्रष्टाचार, कमिशन, राजनीतिकरण लगायत यावत समस्याले उठ्नै नसक्ने गरी थला परेको निगमको कराडौं मूल्यका सामान विमानभित्रैबाट हराउन थालेपछि यसप्रति सार्वजनिक लेखासमितिले चासो दिएको हो ।

समितिले नेपाल वायु सेवा निगमको सामान चोरीमा दोषी कर्मचारीलाई ७ दिनभित्र कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । निगमका कर्मचारी बाहेक अरुको प्रवेश असम्भव हुने जहाजभित्रैबाट सामान हराएको विषयमा निगम नेतृत्वले गम्भीरतापूर्वक नलिएपछि लेखा समितिले त्यस्तो निर्देशन दिएको हो । राष्ट्रिय ध्वजबाहक वायु सेवा निगमको बोइङ जहाजको जगेडा पांग्रा, ल्याण्डिङ गियर, फ्लाई एयर किट लगायतका करोडौं रुपैयाँ मूल्यका सामान हराएको थियो ।

बैठकमा मन्त्री विष्टले विगतका नेतृत्वले गरेको गल्ती आफूले भोग्नपरेको भन्दै छानविन समितिले दोषी पत्ता लगाउन नसकेकाले केन्द्रीय अपराध अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो । उहाँले त्यसलाई सार्वजनिक गर्ने पनि बताउनु भयो ।

बैठकमा सभासदहरूले भने वायुसेवा निगममा लापरवाहीको चरण अवस्था देखिएको र नेतृत्वले एक अर्कालाई दोष लगाएर पन्छन खोजेको भन्दै आलोचना गरेका छन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
संस्थापन पक्षबाटै जग्गा कब्जा (11.28.2011)
छुट्टै थारुवान राज्यको माग (11.21.2011)
किङ्गफिसरको साधारणसभा (11.21.2011)
पूर्व आईजीपीद्वयको मुद्दा उल्टियो (11.14.2011)
छैठौंपटक मन्त्रिपरिषद् विस्तार (11.14.2011)
विद्यार्थीको संख्या यकिन छैन (11.07.2011)
शरतसिंहको राजीनामा प्रकरणले खोजेको उत्तर : तारा सुवेदी (10.24.2011)
अछाममा एचआइभीको डरलाग्दो चित्र (10.24.2011)
नेपाल–चीन व्यापार मैत्री संघको स्थापना (10.24.2011)
तनावबीच लामिछाने सर्वसम्मत (10.17.2011)
बस दुर्घटनामा ४२ को मृत्यु (10.17.2011)
दक्षिण एसिया र चीनबीचको सम्बन्धबारे चर्चा (09.19.2011)
वीर अस्पताल उठ्नै नसक्ने अवस्थामा (09.12.2011)
अपराधीलाई नछाडिने प्रधानमन्त्रीको दृढता (09.05.2011)
घले गाउँमा पर्यटक बढे (08.29.2011)
गुणस्तरीय शिक्षाका लागि चिन्तन (08.22.2011)
मुक्तक प्रतियोगिताका विजयीहरूको नाम सार्वजनिक (08.15.2011)
सजिवनका बिरुवा अलपत्र (08.15.2011)
ऊर्जा मन्त्रीलाई एक्सलेन्स अवार्ड (08.09.2011)
अमरसिंको स्मृतिमा सम्मान कार्यक्रम (08.09.2011)



 
::| Latest News

 
[Page Top]