युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 02.20.2020, 11:31am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
संविधान जारी गर्नुको विकल्प छैन : राष्ट्रपति
Tuesday, 12.13.2011, 12:45pm (GMT+5.5)

काठमाडौं । राष्ट्रपति डाक्टर रामवरण यादवले सबै राजनीतिक दलहरू एक भएर संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ ।
राष्ट्रपति डा. यादवले देशमा अमन चयन तथा शान्ति स्थापन गरेर देशको मुहार फेर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर दिगो शान्ति स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउनु हुँदै संविधान जारी गर्नका लागि सबै राजनीतिक दलहरूलाई एक हुन आग्रह समेत गर्नुभयो ।
राष्ट्रपति डा. यादवले सो कुरा हिजो धनगढीमा सुदुरपश्चिम महोत्सवको एक भव्य समारोहकाबीच उद्घाटन गर्दै बताउनुभएको हो ।
सो अवसरमा उहाँले सुदुरपश्चिमको विकास लागि यस क्षेत्रमा रहेका धरोहरहरूको संरक्षण गर्नु आवश्यक रहेको भन्दै घोडाघोडी ताल, खप्तड क्षेत्र, अपिसैपाल शुक्ला फाँटा जस्ता पर्यटकीय क्षेत्रको विकास र सम्वद्र्धन गर्नसके मात्र सुदुरपश्चिमको विकास हुने धारणा राख्नुभयो ।
“दिगो शान्तिका लागि आर्र्थिक समृद्धि” नारा दिइएको महोत्वमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूको प्रस्तुत गरिएको थियो । पुस २ गतेसम्म हुने महोत्सवको पाँच लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, आपूर्ति मन्त्री लेखराज भट्ट, शिक्षा राज्य मन्त्री लीला भण्डारी, पूर्व गृहमन्त्री भीम रावल लगायतका नेताहरूले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।
 
तत्काल सरकार फेर्ने कुरा गलत
काठमाडौं । मंसिर मसान्तभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्घोष नेपाली कांग्रेसले गरिरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने वर्तमान सरकारको तत्काल राजीनामा माग गर्दा शान्ति र संविधान निर्माण कार्य प्रभावित हुनसक्ने बताउनुभएको छ ।
प्रेस चौतारी बाँकेले हालै नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक हुने भए पनि अहिले नै त्यतातिर दौडदा दलहरूको ध्यान सरकार गठनमै केन्द्रीत हुने खतरा औंल्याउनुभएको हो । नेपालको कथन थियो– “अहिले राष्ट्रिय सहमतिका लागि भन्दै सरकार हटाउँदा दलहरूको ध्यान अन्यत्र मोडिनसक्ने र राजीनामाको कुराले अघि बढिसकेको शान्ति र संविधान निर्माण कार्य रोकिनसक्छ ।”
विगतमा संविधानसभाको म्याद थप्ने बेलामा सरकार परिवर्तनको मुख्य एजेण्डा बनेको र त्यसैमा दलहरूको सम्पूर्ण शक्ति खर्च हुने गरेको सन्दर्भमा नेता नेपालको उपरोक्त धारणा सकारात्मक मानिएको छ । दलहरूलाई शान्ति र संविधानमा केन्द्रीत हुन आग्रह गर्दै उहाँले भन्नुभयो– “अब दलहरूले सरकारभन्दा पनि शान्ति र संविधान निर्माण कार्यलाई प्राथमिकता दिनुपर्छ ।”

प्राध्यापक संगठनमा मनोनयन
काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठन, केन्द्रीय समितिमा रिक्त रहेका सदस्यहरूमा विभिन्न विषयका प्राध्यापकहरूलाई मनोनयन गरिएको छ ।
सो संगठनको केन्द्रीय समितिको शनिवार बसेको पूर्ण बैठकले रिक्त सदस्य पदहरूमा प्रा. चिरञ्जीवी शर्मा, सहप्राध्यापक डिल्लीराम उप्रेती, राजीव मिश्र, ओम शर्मा, भविन्द्रबहादुर खड्का, घनश्याम ठाकुर, मनमाया राई, हिमलाल पुरी र टंक पन्तलाई मनोनयन गरेको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा. विजय बहादुर सिलवालको सभापतित्वमा भएको बैठकले महासचिव यादवप्रकाश लामिछानेद्वारा प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै विश्वविद्यालयहरूको सुधारका लागि विभिन्न सुझाव समेत प्रस्तुत गरेको समाचार छ ।

पाँच स्रष्टालाई स्मृति पुरस्कार
काठमाडौं । प्रेमदत्त गोमा त्रिपाठी स्मृति प्रतिष्ठानले यही शनिबार पाँचजना साहित्य स्रष्टालाई पुरस्कृत गरेको छ ।
राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाको विशेष आतिथ्यमा सम्पन्न सो समारोहमा कवि, समालोचक एवं स्मृति प्रतिष्ठानका संरक्षक डा. बासुदेव त्रिपाठीको काव्य–महाकाव्यको संकलन “रचनाकुञ्ज”को अतिथि र विशिष्ठ अतिथिबाट विमोचन गरिएको थियो ।
सो समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल, गीतकार एवं कवि प्रेम विनोद नन्दन, साहित्यिक समालोचना पत्रकार एवं कवि घनश्याम कँडेल, वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य तथा देवघाटस्थित महेश सन्यास आश्रमका तर्फबाट प्राचार्य गुरुप्रसाद सुवेदीलाई पुरस्कृत गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रा. ठाकुरप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न सो समारोहमा विमोचित कृतिमाथि राजेन्द्र सुवेदीले टिप्पणी गर्नुभएको थियो भने कवि भुवनहरि सिग्देल, श्रीहरि फुयाल, रमेश शुभेच्छु आदिले कवि वासुदेव त्रिपाठीका रचनाहरुको सस्वर वाचन गर्नुभएको थियो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
लुम्बिनीमा १२ लाख पर्यटक ल्याइने (12.06.2011)
कार्बाही गर्न समितिको निर्देशन (12.06.2011)
संस्थापन पक्षबाटै जग्गा कब्जा (11.28.2011)
छुट्टै थारुवान राज्यको माग (11.21.2011)
किङ्गफिसरको साधारणसभा (11.21.2011)
पूर्व आईजीपीद्वयको मुद्दा उल्टियो (11.14.2011)
छैठौंपटक मन्त्रिपरिषद् विस्तार (11.14.2011)
विद्यार्थीको संख्या यकिन छैन (11.07.2011)
शरतसिंहको राजीनामा प्रकरणले खोजेको उत्तर : तारा सुवेदी (10.24.2011)
अछाममा एचआइभीको डरलाग्दो चित्र (10.24.2011)
नेपाल–चीन व्यापार मैत्री संघको स्थापना (10.24.2011)
तनावबीच लामिछाने सर्वसम्मत (10.17.2011)
बस दुर्घटनामा ४२ को मृत्यु (10.17.2011)
दक्षिण एसिया र चीनबीचको सम्बन्धबारे चर्चा (09.19.2011)
वीर अस्पताल उठ्नै नसक्ने अवस्थामा (09.12.2011)
अपराधीलाई नछाडिने प्रधानमन्त्रीको दृढता (09.05.2011)
घले गाउँमा पर्यटक बढे (08.29.2011)
गुणस्तरीय शिक्षाका लागि चिन्तन (08.22.2011)
मुक्तक प्रतियोगिताका विजयीहरूको नाम सार्वजनिक (08.15.2011)
सजिवनका बिरुवा अलपत्र (08.15.2011)



 
::| Latest News

 
[Page Top]