युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 08:38am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं
Tuesday, 01.31.2017, 11:24am (GMT+5.5)

राष्ट्रपति विद्यादेवी भण्डारीले अव कसैले शहीद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालय र राष्ट्रिय शहीद तथा शान्तिस्मारकले आइतबार गोकर्णमा आयोजना गरेको राष्ट्रिय शहीद एवम् वर–पिपल वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ ।” 

राष्ट्रपति भण्डारीले “अब कसैले शहीद बन्नु नपर्ने वातावरण सिर्जना गरेमा मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ” भन्दै “लोकतान्त्रिक अभ्यासले नै समस्या समाधानमा सहयोग गर्नेछ, सहमति र सहकार्यका साथ अघि बढ्न सबै दललाई शहीद दिवसले प्रेरणा देओस् बताउनुभयो ।” 

सरकारले विसं २०७१ देखि २०८० सम्मलाई वन दशक घोषणा गरेकाले यसले जलवायु परिवर्तन र तापमानलाई सन्तुलनमा ल्याउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो –“पूर्खाले वर र पिपलको बिरुवा रोप्ने प्रचलन वातावरण सन्तुलन कायम राख्न चलाएको कद्मप्रति सबैको ध्यान जानुपर्दछ ।” 

शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले शहीदस्मारक निर्माण सम्पन्न भएपछि शहीदप्रति थोरै भए पनि न्याय हुने विश्वास व्यक्त गर्नुभयो । 

“विगतमा राहत नपाएका द्वन्द्वपीडितलाई राहत वितरणका लागि कार्यदल गठन भएको छ, अव पीडित सबैले राहत पाउनेछन्, शहीद स्मारक बनेपछि शान्ति स्थापनाका ठोस् आधार तयार हुनेछ, द्वन्द्वपछिको पुनःनिर्माणलाई पनि मन्त्रालयले तीव्रता दिनेछ”–उहाँले भन्नुभयो ।

मन्त्री यादवले सरकारको निर्णयअनुसार निर्माण भइरहेको स्मारक सम्पन्न गर्न विसं २०७२ वैशाखको भूकम्प र सोही वर्षको असोज पछिको अघोषित नाकाबन्दीले केही ढिलाइ भए पनि अव छिटो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, अम्बिका बस्नेत र पेम्बा लामा, मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले शान्ति, लोकतन्त्र र राष्ट्रिय एकताका लागि निर्माण भइरहेको स्मारक सम्पन्न गराउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । 

गुरुयोजना बनाएर विसं २०६८ देखि निर्माण सुरु भएको स्मारकको ७१ प्रतिशत काम सम्पन्न भएकाले बाँकी २९ प्रतिशत काम पनि विसं २०७४ चैत मसान्तसम्ममा सक्ने लक्ष्यका साथ काम भइरहेको महासचिव त्रिलोचन पौडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीदका नाममा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र (12.20.2016)
सङ्घीयता लागू हुन सक्दैन (12.20.2016)
पत्रकार थपलियाको निधन (12.20.2016)
न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले (12.20.2016)
प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ? (12.07.2016)
संशोधनले झन् जटिलता थप्ने (11.29.2016)
नमूना बस्तीपछि बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा (11.23.2016)
एक हजार चार सय ७२ पत्रकार दुर्घटना बीमामा आबद्ध (11.23.2016)
काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट सङ्ख्या (11.08.2016)
नेपालको नयाँ एजेण्डा वातावरण कूटनीति (11.08.2016)
धरहरा निर्माण गर्न सेनाको छ करोड (11.08.2016)
एमबिबिएस उत्तीर्ण गराइदिन रकम असुल्ने पक्राउ (10.05.2016)
नुवाकोटमा एकता दिवसको सम्झना (10.05.2016)
हामीलाईभन्दा बढी कसलाई थाहा छ शान्तिको मर्म (10.05.2016)
देशमा गम्भीर राजनीतिक विचलन : पौडेल (10.05.2016)



 
::| Latest News

 
[Page Top]