युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 06:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
जनआन्दोलनको उपलब्धि गुम्न नदिने
Wednesday, 02.15.2017, 12:40pm (GMT+5.5)

प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताउनुभएको छ । पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आइतबार २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उहाँले सो कुरा   बताउनुभएको हो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी प¥यो भने अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ ।”

दलका  अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै  निर्वाचन हुन नसके मुलुकमा सङ्कट आइपर्ने बताउनुभयो । 

संविधान परिमार्जन गर्न सकिने गतिशील दस्तावेज भएकाले सबैको हकअधिकार रक्षाका लागि त्यसलाई परिमार्जन गर्न सरकारले तयारी गरेको  उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले थप्नुभयो, “माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम हो । माओवादीले  नै मधेस, पहाड र  हिमाललाई मिलाउनसक्ने स्थितिमा छ, किनकि जनयुद्धमा यी सबैको बलिदानी छ ।”

उहाँले संसदमा तेस्रो पार्टी भए पनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “निर्वाचनमा पार्टीले हारे पनि देश विजयी हुनुप¥यो, तर जनयुद्धको मुद्दा र परिवर्तनलाई संस्थागत गर्न पार्टी विजयी हुनु पनि आवश्यक छ ।”

माओवादी क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिँदै जाँदा पार्टी कमजोर  बन्दै गएको उल्लेख गर्दै उहाँले अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास व्यक्त गर्नुभयो ।

तत्कालीन  माओवादीले २०५२ फागुन  १ गते जनयुद्धको घोषणा गरेको थियो । अहिले बृहत् शान्ति सम्झौता भएको १० वर्ष पुगिसक्दा पनि जनआन्दोलनका बेपत्ता परिवारको सत्यतथ्य बाहिर आउन सकेको छैन र पीडितले राहत पनि पाउन सकेका छैनन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र (12.20.2016)
पत्रकार थपलियाको निधन (12.20.2016)
सङ्घीयता लागू हुन सक्दैन (12.20.2016)
न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले (12.20.2016)
प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ? (12.07.2016)
संशोधनले झन् जटिलता थप्ने (11.29.2016)
नमूना बस्तीपछि बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा (11.23.2016)
एक हजार चार सय ७२ पत्रकार दुर्घटना बीमामा आबद्ध (11.23.2016)
काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट सङ्ख्या (11.08.2016)
नेपालको नयाँ एजेण्डा वातावरण कूटनीति (11.08.2016)
धरहरा निर्माण गर्न सेनाको छ करोड (11.08.2016)
एमबिबिएस उत्तीर्ण गराइदिन रकम असुल्ने पक्राउ (10.05.2016)
नुवाकोटमा एकता दिवसको सम्झना (10.05.2016)



 
::| Latest News

 
[Page Top]