युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 08:38am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
तिवारी हत्याका मुख्य योजनाकार मनोज
Tuesday, 02.28.2017, 11:05am (GMT+5.5)

युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार सार्वजनिक गरेको छ । 

जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार छन् भने सात जना पक्राउ परेका छन् ।

रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।  तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो । 

सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव   र  २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र  देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् । 

प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए । प्रहरीले सो घटनामा स्थानीय तथा बाहिरी मानिसको संलग्नता पनि हुन सक्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ गम्भीरतापूर्वक निगरानी भइरहेको बताएको छ । तिवारीको गत पुस ४ गते हत्या भएको थियो  । हत्यामा संलग्न मुख्य योजनाकारसहित फरार अभियुक्तलाई छिट्टै सार्वजनिक गरिने प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
जनआन्दोलनको उपलब्धि गुम्न नदिने (02.15.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र (12.20.2016)
पत्रकार थपलियाको निधन (12.20.2016)
सङ्घीयता लागू हुन सक्दैन (12.20.2016)
न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले (12.20.2016)
प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ? (12.07.2016)
संशोधनले झन् जटिलता थप्ने (11.29.2016)
नमूना बस्तीपछि बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा (11.23.2016)
एक हजार चार सय ७२ पत्रकार दुर्घटना बीमामा आबद्ध (11.23.2016)
काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट सङ्ख्या (11.08.2016)
नेपालको नयाँ एजेण्डा वातावरण कूटनीति (11.08.2016)



 
::| Latest News

 
[Page Top]