युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:42pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन
Tuesday, 02.28.2017, 11:19am (GMT+5.5)

काठमाडौं । भोलि हुने तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अझै निश्चित हुने देखिएको छैन । ८ वर्षपछि हुन लागेको निर्वाचनलाई लिएर क्याम्पसमा तालाबन्दी हुँदै गर्दा विभिन्न ठूला विद्यार्थी सङ्गठनले यही फागुन १८ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा मुख्य ठूला विद्यार्थी सङ्गठनका विद्यार्थी नेताले क्याम्पसमा लगाइएको तालाबन्दी र नक्कली विद्यार्थी भर्नाबारे आरोप÷प्रत्यारोप गर्दै फागुन १८ मा नै निर्वाचन सम्पन्न गर्नुको विकल्प नहुने धारणा राख्नुभएको छ । 

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घका महामन्त्री सरोज थापाले देशभरिका एकदुई क्याम्पसमा निर्वाचनबारे विवाद रहेपनि समग्रमा अहिलेसम्म शान्तिपूर्ण वातावरण नै रहेको दाबी गर्नुभयो । 

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफ्नो सङ्गठनले निर्वाचन हार्ने डरले नेवि सङ्घले निर्वाचन बिथोल्ने काम गरिरहेको आरोप लगाउनुभयो । 

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफैँ नियम बनाउने र आफैँले तोड्ने नेवि सङ्घ र अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठनले दोहोरो चरित्र प्रस्तुत गरेका छन्, भन्नुभयो ।

यसअघि त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव सम्पन्न गर्ने गरी तालिका मिलाउन सम्बन्धित क्याम्पसलाई निर्देशन दिएको थियो ।

आइतबार स्ववियु, निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगाबहादुर मगरले परिपत्र जारी गर्दै तालिका हेरफेर गरेर तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न क्याम्पस निर्वाचन समितिलाई निर्देशन दिइएको हो । तालिकाअनुसार सोमबार बिहान १०ः३० बजेसम्ममा सम्पन्न गरिसक्नुपर्ने छ ।

उम्मेदवारी मनोनयनका दिन काठमाडौंका अधिकांश क्याम्पसमा नेविसंघ, नेत्रविक्रम चन्द माओवादी निकट अखिल (क्रान्तिकारी), मधेशी मोर्चा सम्बद्ध दल निकट विद्यार्थी संगठनले विभिन्न क्याम्पसमा तालाबन्दी गरेका थिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महर र महासचिव कुन्दन काफ्ले समूहले अलगअलग उम्मेदवारी प्यानल खडा गर्न लागेपछि आन्तरिक विवादका कारण तालाबन्दी गरिएको थियो । नेविसंघका विद्यार्थीले प्रदर्शनीमार्ग्स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा शनिवार साँझ आगजनी गरेका थिए ।

त्रिवि पदाधिकारीसँगको बैठकमा नेविसंघ र अन्य संगठनका नेताबीच बाझाबाझ समेत भएको थियो । चुनाव हार्ने डरले क्याम्पसमा तालबान्दी गरेर देशैभर चुनाव रोक्न खोजेको भन्दै अखिल र अखिल क्रान्तिकारी प्रचण्डले आरोप लगाएपछि भनाभन भएको थियो ।

नेविसंघ अध्यक्ष महरले भने तालाबन्दीमा नेविसंघ संस्थागत रुपमा तालाबन्दीमा नरहेको बताएका थिए । छलफलमा एमालेका विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारी, अध्यक्ष नविना लामा, कांग्रेसका विद्यार्थी हेर्ने प्रदिप पौडल, अध्यक्ष नैनसिंह महर र माओवादीबाट रमेश मल्ल र अध्यक्ष नरेन्द्र न्यौपाने सहभागी थिए ।

चौथो समेस्टर परीक्षा दिइसकेका विद्यार्थीलाई नियमित मान्ने कि नमान्ने भन्ने विवादले पनि तालाबन्दी भएको विद्यार्थी नेताहरू बताउँछन् । अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाका अनुसार देशभरका ९० क्याम्पसमा मनोनयन भएको छ । ४ सय भन्दा बढि सामुदायिक क्याम्पसहरूमा चुनाव हँुदैछ ।

२ नम्बरका धेरै कलेजमा मधेसी मोर्चा आबद्ध विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् । त्यस्तै विप्लव माओवादीका विद्यार्थीले पनि कतिपय क्याम्पसमा तालाबन्दी गरेका छन् । देशभरकै सबैभन्दा बढी विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पस पोखरा लगायत केही क्याम्पसमा भने उम्मेदवारी मनोनयन भएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
जनआन्दोलनको उपलब्धि गुम्न नदिने (02.15.2017)
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र (12.20.2016)
सङ्घीयता लागू हुन सक्दैन (12.20.2016)
पत्रकार थपलियाको निधन (12.20.2016)
न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले (12.20.2016)
प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ? (12.07.2016)
संशोधनले झन् जटिलता थप्ने (11.29.2016)
नमूना बस्तीपछि बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा (11.23.2016)
एक हजार चार सय ७२ पत्रकार दुर्घटना बीमामा आबद्ध (11.23.2016)



 
::| Latest News

 
[Page Top]